अनेसासको केन्द्रीय निर्वाचनमा कोरियाबाट कवि सारंगको उम्मेदवारी

सउल । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)को अधिवेशनमा कवि तथा गीतकार प्रमोद सारंगले उम्मेदवारी दिएका छन। विगत दुई दशकदेखि नेपाली भाषा साहित्य र सङ्गीतको उन्नयनमा उल्लेखनीय योगदान दिएका उम्मेदवार सारंगले विभिन्न संघ संस्थामा रहेर काम गरिसकेका छन । अनेसास केन्द्रीय कार्यसमितिको चुनाव नजिकिदै गर्दा सदस्य पदका उम्मेदवार प्रमोद सारंगको जीत निश्चितप्राय: देखिएको अनेसास कोरियाले जनाएको छ । उनको उम्मेदवारीको पक्षमा तीब्र पारिएको प्रचारप्रसार र उनको छविलाई आ’कलन गर्दा जीत निश्चित जस्तै देखिएको हो । विश्वभर छरिएरका नेपाली साहित्यकारहरूको छाता सङ्गठन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चुनावकालागि दक्षिण कोरियाबाट च्याप्टर अध्यक्ष सारंगले केन्द्रीय सदस्य पदको लागि आफ्नो उम्मेदवारी पेश गरेका थिए ।
विगत दुई दशकदेखि नेपाली भाषा साहित्य र सङ्गीतको उन्नयनमा उल्लेखनीय योगदान दिएका उम्मेदवार सारंगले विभिन्न संघ संस्थामा रहेर काम गरिसकेका छन!उर्जाशील कर्मठ र ईमान्दार उम्मेदवार सारंङ्ले विभिन्न पुस्तक प्रकाशन ,सम्पादनलगायत अनुवाद साहित्यमा पनि योगदान दिएका छन्। कविता लेखनमार्फत नेपाली साहित्यमा प्रवेश गरेका सारंगले हालसम्म आइपुग्दा कवि, हाइकुकार, गीतकार र सङ्गीतकारको समेत छवि स्थापित गरिसकेका छन् । वि. सं. २०६९ सालमा कोरिया च्याप्टरको स्थापना गर्ने क्रममा संस्थापकको रूपमा अहम् भूमिका खेलेका उनी वि. स. २०७२ मा उपाध्यक्ष, २०७३ मा महासचिव र २०७५ सालमा अध्यक्ष पदमा निर्वाचित भई साहित्यमा निरन्तर सक्रिय छन् । “अप्रिल फुल बाँचिरहेछ देश” (कविता संग्रह,२०६९), “आवाज र आवाजहरू” (मुक्तक संग्रह, २०७४) , कोरियन र नेपाली कविहरूका कविता कन्सर्ट , स्मारिका(अनुवाद, २०७४), काफिया (गजल एल्बम, २०७५) कोरियामा अनेक डायस्पोरा (सम्पादन, २०७६), अनूदित आँखाहरू (हाइकु संग्रह,२०७६), अन्तरदृष्टि (सम्पादन ,२०७५-२०७७) जस्ता महत्त्वपूर्ण कृति र कामहरूद्वारा नेपाली साहित्यको सेवा गरिरहेका सारंग विभिन्न पुरस्कार र सम्मानहरूबाट सम्मानित भइसकेका छन् ।
वि. सं. २०५६ सालमा बारा जिल्ला स्तरीय खुला कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त उनले लगतै २०५७ मा अन्चल स्तरीय कविता प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरे । साथै उनले स्थितिगद्ध्यात्मक खुला कविता प्रथम पुरस्कार, काठमाण्डौँ (२०६२) र अनेसास कोरिया कविता पुरस्कार, सौल, कोरिया (२०७४) प्राप्त गरेका छन् । नेपाल सरकारबाट वि. सं. २०७२ सालमा भानु जयन्ती द्विशतवार्षिकी सम्मानले विभूषित सारंग नेसास कोरिया साहित्य सम्मान, कोरिया (२०७५) गोर्खाली रेडियो सम्मान, कोरिया (२०७६) लगायतका सम्मानले सम्मानित भइसकेका छन् । नेपाली साहित्यको एक निष्ठावान् साधक, कुशल सङ्गठनकर्ता, निर्विवादित व्यक्तित्व र अनेसासलाई नेपाली साहित्यको विश्वव्यापीकरणको निम्ति सबैभन्दा भरपर्दो सेतुको रूपमा स्थापित गराउने दृढ इच्छाशक्तिको लागि विश्वभरका मतदाताले आफुलाई मत दिई निर्वाचित गराउने सदस्य पदका उम्मेदवार सारंगको विश्वास छ । अबको अनेसास साझा अनेसासको रुपमा स्थापित गर्न आफू कटिबद्ध रहेको जानकारी दिए। यही जुलाई १७देखि २९ तारिखसम्म अनलाईन मतदान गरिने सो निर्वाचनमा विश्वभर रहेका २ हजार २ सय आजीवन सदस्यहरूले मतदान गर्ने छन्।