Advertisement
SKIP THIS

नेफिन कोरियाले विश्व आदिवासी दिवस तथा वार्षिक साधारण सभा अगस्ट १६ मा गर्ने


नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) दक्षिण कोरियाले विश्व आदिवासी दिवस तथा महासंघको वार्षिक साधारण सभा आगामी अगस्ट १६ मा गर्ने भएको छ । साथै सोही साधारण सभाबाट संघको रिक्त रहेको पदमा पदपूर्ति समेत गर्ने संघको प्रवक्ता तथा सचिव राजु राइले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

आइतबार भएको महासंघको कार्यसमितिको जुम मिटिङबाट उक्त निर्णय भएको हो । कोरोना महामारीको कारण विगतको जस्तो बृहत हुन नसकेपनि कोरियन सरकारले तोकिएको मापदण्डलाई पालान गर्दै कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा जातीय तथा क्षेत्रीय संघसंस्थाको १ देखि २ जना मात्र प्रतिनिधिलाई आमन्त्रण गर्ने अध्यक्ष युगेल तेन्डुपले जानकारी दिएको छ । ‘विगतमा हामीले ठुलै माहोलमा कार्यक्रम गरेकै हो अहिले कोरोना महामारीको कारण त्यस्तो बृहत रुपमा गर्न नपाइने भएकोले यसरी गर्न लागेको हो ।’ अध्यक्ष शेर्पाले बताए । त्यस्तै बिश्व आदिवासी दिवस कार्यक्रमको संयोजक महासंघको अध्यक्ष सोम तामाङले गर्ने निर्णय गरेको छ ।

कार्यसमितिको उक्त बैठकले संघको साधारण सभाको अवसरमा महासचिव लगायत विविध कारणले खाली रहेको अन्य पदहरुमा पदपूर्ति पनि गर्ने जनाएको छ ।

साथै संघको अपुरो तथा अति आवस्यक बुँदाहरु संशोधन गर्न संरक्षक लोचन राईको संयोजकत्वमा बिधान संशोधन समिति पनि गठन गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...