वास्तविक राम र अयोध्या बारे भ्रम र यथार्थ
वाल्मीकि रामायणका पात्र राम, जसलाई हिन्दु धर्मावलम्बीले ईश्वरको रुपमा आस्था र श्रद्धाका साथ पुज्ने गर्दछन् । तर रामायणका पात्र राम एक काल्पनिक नाम हो । रामायणका राम मात्र होइनन् वेद, महाभारत,स्मृती, पुराण लगायत जतिपनी हिन्दु धार्मिक ग्रन्थमा उल्लेख गरिएका पात्रहरु छन् ति सबका सब कल्पनाश्रीत पात्र हुन् । ति पात्र कुनैपनि कालखण्डमा अस्तित्वमा रहेको र कुनै स्थानमा राजकाज गरेको ऐतिहासिक र पुरातात्त्विक तथ्य वा प्रमाण अहिलेसम्म फेला परेको छैन । तथापि यि शास्त्रीय पात्र हरुलाई विभिन्न कालखण्डका हिन्दु साशक हरुले लामो समयसम्म बलजफ्ती भगवान मान्नुपर्ने बाध्यकारी व्यवस्था बनाइएकोले वर्तमानमा अनार्य समुदायले समेत अंधभक्ति र आस्थाको रुपमा पुज्ने चलन स्थापित भएको छ ।
अझ हामीले धार्मिक इतिहासका सत्य र वास्तविक घटनालाई सहि ढंगले अध्यन गर्न नपाँउदा र इतिहासविद हरु द्वारा वास्तविक इतिहासको यथार्थता लुकाइदा सिंगो समाज एकप्रकारले अन्योलतामा परेको दृष्टान्त हामी माझ छ । त्यसैको उपज हो रामायणका पात्र रामको जन्मभूमि अयोध्या बारे प्रधानमन्त्री केपी ओलिले दिएको पछिल्लो अभिव्यक्ति ।
आज यसै सेरोफेरोमा विभिन्न तथ्य र ऐतिहासिक कुराहरु संग रहेर हिन्दु धर्मको वास्तविकता, रामायण, महाभारत, मनुस्मृती, दशै पर्व लगायतको जन्म कुण्डलीका साथै गौतम बुद्धको जन्मभूमि नेपाल र बुद्धले बुद्वत्व प्राप्त गरेको देश भारतमा,बौद्ध धर्मावलम्बीहरु किन अल्पसंख्यक छन त ? यसै बारे साक्षात्कार गराउने कोशिस यस् लेखमा गरिएको छ ।
यो लेख कसैको आस्था र श्रद्धामा आघात पुर्याउने किसिमले पुर्वाग्रही भएर लेखिएको होइन । यस् लेखले अंधभक्त, अंधविश्वासी, अंधश्रद्धा भएका अतार्किक व्यक्ति र विवेकहीन मानिसलाई कुनै फाइदा पुर्याउदैन। कृपया त्यस्ता व्यक्तिले यो लेख नपढ्नु होला ।
हामीले रामायण,महाभारत,मनुस्मृती जस्ता काल्पनिक साहित्यिक रचना लाई बुझ्नका निमित्त इसा पुर्व अघिको मौर्य वंशको इतिहास अध्यन गर्नुपर्ने हुन्छ । जुन पढिसकेपछि हामी यस् दुबिधा बाट पार हुन्छौं ।
सबभन्दा पहिला हामीले बुझ्नुपर्ने कुरा के छ भने, कुनैपनि कथा, कविता, गित, संगीत, फिल्म वा जुनसुकै साहित्यिक रचना किन नहोस् त्यो कुनै न कुनै चिज, वस्तु,भूगोल या कुनै पात्र संग सम्बन्धित हुन्छ नै । तर ति वस्तु,भूगोल वा पात्र हरुलाई साहित्यमा कसरी प्रस्तुत गर्ने, गराउने भन्ने कुरा लेखकमा निहित हुन्छ। त्यसकारण कुनै पनि वस्तु वा पात्र बिना रचना सम्भब छैन । अर्थात कल्पनाको उडान कुनै वस्तु भन्दा माथि उडान गर्न सक्दैनन। तथापि कुनै वस्तु वा पात्रलाई लाई आधारशिला बनाएर विभिन्न काल्पनिक पात्रहरु खडा गर्दै वास्तविकता माथि तोडमोड गरी त्यसैको सेरोफेरोमा फरक रचना भने रच्न सकिन्छ भन्ने कुराको यथेष्ट प्रमाण मध्य रामायण पनि एक हो ।
रामायण आदिकवि वाल्मीकिले भारत वर्षका ब्राह्मण राजा पुष्यमित्र शुंग (१८५ – १४९ ई॰पू॰) को पालामा लेखेका हुन्।राजा पुष्यमित्र शुंगले मौर्य सम्राट बृहद्रथको हत्या गरी आफु राजगद्दीमा बसेपछि आफ्ना राजकवी वाल्मीकि लाई रामायण लेख्न लगाएका थिए ।
भारतवर्षमा मौर्य वंशले इसा पुर्व (३२२-१८५) १३७ बर्ष दसौं पुस्ता सम्म प्रत्यक्ष शासन गरेको थियोे । यो शासन चन्द्र गुप्त मौर्य बाट सुरु भएर सम्राट बृहद्रथ मौर्य सम्म आइपुग्दा अन्त्य भएको थियो । यो कुरा भारतीय इतिहास लगायत भारतका इतिहासविद हरुका विभिन्न पुस्तक, पुरातात्त्विक तथ्य र प्रमाण हरुले बताउछन् । मौर्य वंशका चक्रवर्ती बौद्ध सम्राट,अशोक का वंशज राजा बृहद्रथ मौर्य यस् शासनकाल का अन्तिम सम्राट हुन् । जसलाई आफ्नै सेनापति ब्राह्मण पुष्यमित्र- शुंगले सुनियोजित रुपमा हत्या गरेका थिए । कारण धार्मिक प्रतिशोध थियोे ।
पुस्यमित्र शुंगको मौर्य वंश सँग धार्मिक प्रतिसोध र दुश्मनी के थियो त? यस् विषयमा स्पष्टताका लागि मौर्य सम्राट अशोकको बारे थोरै चर्चा गर्नुपर्ने हुन्छ ।
मौर्य वंशको तेस्रो चक्रवर्ती सम्राट अशोकले आफ्नो शासनकालमा युद्ध द्वारा उत्तरमा हिन्दुकुश, दक्षिणमा गोदावरी नदी र पुर्वमा बंगलादेश अनि पश्चिममा अफगानिस्तान, ईरान सम्म आफ्नो साम्राज्य फैलाएका थिए । आजको सम्पुर्ण भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बंगलादेश, भुटान, म्यानमारका अधिकांश भुभागमा पनि सम्राट अशोक कै साम्राज्य थियो । त्यसको प्रत्यक्ष प्रमाणका रुपमा भारतमा अशोक कालका सयौं शिलालेख र अशोक स्तम्भ छन् । तर नेपालको हकमा भने त्यसको जिवित प्रमाण लुम्बिनीमा भेटिएको अशोक शिलालेख हो।
सम्राट अशोक विस्तारवादी व्यक्ति थिए।उनि विश्वलाई आफ्नो अधिनस्त बनाउन चाहन्थे, उनको एकमात्र लक्ष्य नै त्यही थियो र उनि सोहि मनोकांक्षा प्राप्तिका निमित्त दृढताका साथ निरन्तर लागिपरेका पनि थिए तर उनको त्यो विशाल साम्राज्य निर्माण गर्ने चाहना कलिङ युद्ध ई पू . युद्ध २६२-२६१ ( पुर्वी भारत ) सम्म आइपुग्दा रोकोएको थियो। कलिंग युद्धमा अशोकको युद्धकालको सबैभन्दा बढी क्षति र नरसंहार भएकोले गर्दा उनि अति चिन्तित र अशान्त भइ युद्ध रोकेका थिए ।
इतिहासकार का अनुसार सम्राट अशोक कलिङ युद्ध हुनुभन्दा करिब २ बर्ष पहिले बाट शान्तिका अग्रदुत गौतम बुद्धको मानवतावादी शिक्षाबाट प्रभावित थिए भनिन्छ । तर उनको बिशाल साम्राज्य निर्माण गर्ने चाहाना पुरा गर्न अन्य विकल्प नभएकाले युद्ध बाट पर रहन भने सकेका थिएनन् तर कलिङ युद्ध विजय पश्चात् अन्ततःउनले सत्य,अहिंसा, शान्ति, प्रेम,दान र परोपकारको बाटो अंगाले । पराक्रमी सम्राट अशोकले आफ्नो विशाल साम्राज्य बनाउने महत्वाकांक्षा सहित मानिसले आफ्नो जीवनकालमा चाहने भौतिक ऐस आराम र सुख सयलका हरेक वस्तु प्राप्त गरेका थिए। तथापी आफ्नो युद्धकालमा भएको विनाश र नरसंहारले गर्दा मनको शान्ति भने प्राप्त गर्न सकेका थिएनन् । उनको यही बेचैनीले गर्दा शान्ति प्राप्तिका लागि अन्ततः उनि पुर्ण बौद्ध अनुयायी बनेका थिए । वर्तमानमा त्यो कुराको जिवित प्रमाण मध्ये विजयादशमी (दशै) पर्व एक हो ।
दशै पर्वलाई हिन्दु धर्म अनुसार फरक-फरक व्याख्या गरिन्छ तर खासमा सम्राट अशोकले हत्या,हिंसा र युद्धको बाटोलाई परित्याग गरी अहिंसाको मार्ग अवलम्बन गरेको यसै दिनलाई अशोक विजयदशमी पर्व (दशै)को रुपमा सम्राट अशोकको पाला देखी मनाउदै आइएको हो ।
तर हिन्दु धार्मिक कथन अनुसार दशै (विजयादशमी) पर्वको बारेमा प्रचलित ३/४ वटा कथित मान्यता बनाइएको छ ।
१.पहिलो मान्यता: राम रावणयुद्धमा रामले रावणलाई बध गरेको दिन ,,
२.दोस्रो मान्यता: दश वटा शिर (टाउको) भएको रावणलाई रामले हराएको दिन जसलाई भारतमा दश+हरा=दशहरा, दश लाइ हराएको दिन भनिन्छ र नेपालमा दश +ऐन=दशै, दश माथीको ऐन । विजय + दशमी =विजयादशमी, दश माथी विजय गरेको दिन । ख्याल गर्नुपर्ने कुरा यहाँ हरेक शब्दमा दश जोडिएको छ ।
३. तेस्रो मान्यता: बागवाहन गरेकी माता दुर्गा देवीले भैसी वाहन गर्ने महिषासुर लाई बध गरेको दिन भनिन्छ । यि सबै कुराको सत्य के हो त ?
अशोक राजाको पालादेखी मनाउदै आएको अशोक विजयादशमी पर्वलाई फरक इतिहास फरक धार्मिक लेखन बनाएर फरक तरिकाले मनाउन बाध्य पारिएको यो चाड ब्राह्मण राजा पुश्यमित्र शुंग र रामायण संगै सम्बन्धित छ । सम्राट बृहद्रथकी पत्नी पुश्यमित्र शुंगकि दिदीले आफ्नो भाइ संग मिलेर,भाइको सल्लाह बमोजिम षड्यन्त्र पुर्वक आफ्नै पति राजा बृहद्रथ मौर्यको हत्या गर्न लगाइन् । तर हत्या पश्चात् उनिमा पति प्रतिको एकखाले माया,प्रेम र स्नेह जाग्यो। पतिको हत्याले उनि निकै पछुताइन, आफुले आफैलाइ घृणा गर्न थालीन् । पति बियोगमा उनि अत्यन्तै दुखि भइन् र शोकमा डुबि अर्ध पागल झैँ बर्बराउन र छट्पटाउन लागीन्।
त्यसकारण पुश्य मित्रले आफ्नो दिदीको शान्त्वनाका लागि भिनाजु मौर्य सम्राट बृहद्रथ लाई (महिषासुर) राक्षसको नाम दिदै सम्झाउन लागे । आफ्नी दिदीको नाम इतिहासमा युगौं युगसम्म जिवित रहने आश्वासन दिएर दुर्गादेवीको नामले सम्मान गरे । सोहि दिनलाई हिन्दु आर्य ब्राह्मण हरुले खुशीको दिनको रुपमा जनावर लाई बली दिएर रगतको रातो टिका लगाइ मनाउने चलन बनाएका हुन्।जसलाई आजकल दशैको रुपमा रातो अक्षताको टिका लगाइ मानाइन्छ । रातो टीका लगाउनुको अर्थ हो,बौद्ध सम्राटको हत्या गरी बौद्ध धर्म माथी विजय प्राप्ति गरेको प्रतिक र सोहि खुसीमा दुश्मनको रगत सम्झेर लगाइने रातो टिका हो। त्यतिबेला जनावरको रगतमा चामल मुछेर लगाइन्थ्यो भने आजकल रातो रंगमा चामल मुछेर त्यसैको प्रतिक स्वरुप लगाइन्छ ।
रावणको दश वटा शिर
पुश्यमित्र शुंगका पुस्तेनी धार्मिक दुश्मन मौर्य वंशको दशौं पुस्ता (दस पुस्ताको शासन)लाई सिध्याइएको, अन्त्य गरेको अर्थ स्वरुप रामायणमा रावणको दश वटा टाउकोको चर्चा गरिएको हो। नकी रावण नामक दश शिरधारी व्यक्ति भएकोले त्यस्तो लेखिएको होइन रामायणमा चर्चा गरिएको दश शिरधारी रावण भनेको मौर्य वंशका यि दश सम्राट हुन् ।
चन्द्रगुप्त मौर्य
बिन्दुसार ”
अशोक ”
कुणाल ”
दशरथ ”
सम्प्रति ”
शालिसुक ”
देववर्मन ”
शतधन्वन् ”
बृहद्रथ ”
यिनै मौर्यको दशौं पुस्ताको शासन छल पुर्वक छिन्न सफल भएको खुसीमा ब्राह्मण राजा पुश्यमित्र शुंगले अशोक विजयादशमी लाई नै फरक तरिकाले मनाउन बाध्य पारेको हो।दशै वा विजयादशमी भनेर हामीले मनाउने यो पर्व अशोककाल पुर्व थिएन । यसकारण हाल मनाउने दशै कुनै हिन्दुपर्व नभएर राजा अशोकले शान्तिको बाटो अबलम्बन गरेको खुशियालीमा बिशुद्व बौद्ध धर्मावलम्बीले मनाउने चाड थियोे। र बौद्ध धर्मावलम्बीले त्यतिबेला रातो टीका लगाएर मनाउदैनथे । दिप प्रज्वलन गरी पुरै साम्राज्य भर झिलिमिली बनाइ “बुद्वम शरणम गच्छामी”भनी मनाउदथे ।
पुश्यमित्र शुंगको मौर्य वंश संगको दुश्मनी
पुश्यमित्र शुंगको मौर्य वंश संग के दुश्मनी थियो त भन्दा राजा अशोकले जब अहिंसाको मार्ग अंगाले तब विश्वव्यापी रुपमा बौद्ध धर्मको प्रचारप्रसारमा लागे र आफ्नो पुरै साम्राज्य भर हजारौं बौद्ध स्तुप, गुम्बा र विहार हरु निर्माण गर्न लागे (आज विश्वमा सयौं बौद्ध देश र अरबौं बौद्ध धर्मावलम्बी छन् त्यसो हुनुको श्रेय पनि सम्राट अशोक लाई नै जान्छ ) सँगसँगै उनले श्रुती परम्पराको रुपमा चल्दै आएको तर लिखित ग्रन्थ,शास्त्र नभएको, देवी देवतामा विश्वास राख्ने, ढुंगा पुज्ने, मानवबली र पशुबली दिने, दान दक्षिणा लिने, मानव बिरोधि र सामाजिक बिकृती तर्फ उन्मुख, विभेद, अन्याय, अत्याचार , दमन र शोषणकारी ब्राह्मण धर्म (आजको हिन्दु धर्म ) को तिरस्कार गरेका थिए । उनले आफ्नो साम्राज्यमा मानव बली,पशुबली र पशु बधलाई पुर्ण निषेध गरेका थिए ।
साथै स्वर्ग नर्कको अन्धविश्वास फैलाउने ब्राह्मण पुजारीहरु करिब ६ हजार जनालाई आफ्नो दरबार बाट निस्कासित गरेका थिए । राजा अशोकले गरेको ब्राह्मण धर्म र ब्राह्मण विरुद्धको तर शान्ति र लोक कल्याणकारी सोही कदमका कारण कालान्तरमा पुस्तेनी प्रतिशोध पुरा गर्न सम्राट बृहद्रथ संग ब्राह्मण पुश्यमित्र शुंगले आफ्नै दिदीको विवाह गराएका थिए । दिदीको विवाह पछि आफु सेनापती बन्न सफल भए र आफु सेनापती बनेपछि पुश्य मित्रले आफ्ना र ब्राह्मण समुदायको ठुलो जत्था लाई सेनामा भर्ती गराउन सफल भए । तत्पश्चात सेना र हात-हतियार निरीक्षणका क्रममा सेना कै सामु बृहद्रथको हत्या गरिदिए र आफूलाई मगधको राजा घोषित गरेका थिए ।
शुंग राजा बनेपछि उनले पाटलिपुत्र (वर्तमान बिहार पट्ना शहर ) देखि श्यालकोट ( हाल पाकिस्तान पंजाबको श्यालकोट जिल्ला ) सम्मका सबै बौद्ध विहारहरू ध्वस्त पार्दै आफ्नो पुस्तेनी प्रतिसोध पुरागर्न बौद्ध भिक्षु हरूलाई मार्न सुरु गरे । तर त्यतिबेला उत्तर पश्चिम क्षेत्र ग्रीसमा बौद्ध धर्मका अनुयायी मिलिंद भन्ने राजा भएकाले यो कुरा थाहा पाउने बित्तिकै उनले तत्काल पाटलीपुत्र (हाल भारतको पटना) पुश्यमित्र शुंग माथि आक्रमण गरे । फेरि त्यतिनै बेला पाटलीपुत्रमा शुंगको अमानवीय हर्कत बाट रुष्ट भएका आम मानिसहरूले पनि शुंग बिरूद्ध विद्रोह खडा गरे। सो पश्चात् पुष्यमित्र-शुंग आफ्नो ज्यान बचाएर भागे । र जैन धर्मका अनुयायीहरू बीच उज्जैनी ( हाल भारतको मध्य प्रदेश) मा गएर शरण लिए ।
पाटलिपुत्रमा भने राजा मिलिंदले अधिकार जमाए । तर फेरि कलिंगका राजा खरवेलले यो घटना थाहा पाएपछी । उनले पनि तत्काल आफ्नो स्वतन्त्रताको घोषणा गरी पाटलिपुत्र मिलिंद माथि आक्रमण गरे र पाटलिपुत्रबाट राजा मिलिंदलाई उत्तर पश्चिम तिर धकेल्दिए । यसपछि, ब्राह्मण पुष्यमित्र-शुंग फेरि उज्जैन बाट आफ्ना समर्थकहरू लिएर पाटलिपुत्र र शिलाकोटको बीच क्षेत्रमा आएर आफ्नो अधिकार जमाए । र साकेत (हाल भारत उत्तर प्रदेश ) लाई आफ्नो राजधानी बनाए । पुष्यमित्र-शुंगले साकेत लाई राजधानी बनाएपछि यसको नाम परिवर्तन गरि अयोध्या राखेका हुन् । अयोध्याको अर्थ (अ+युद्ध = अयुद्ध ) युद्ध बिना प्राप्त गरी बनाइएको राजधानी भन्ने हुन्छ । पुश्य मित्र शुंगको शासन अघि अयोध्याको नाम साकेत थियोे ।
अयोध्या लाई राजधानी बनाएर शासन सुरु गरेपछि पुष्यमित्र-शुंगले फेरि बौद्ध भिक्षु हरुको हत्या गर्ने अभियान सुरु गरे । जुन कुरा उनको पुस्तेनी प्रतिसोध थियो (सम्राट अशोकले आफ्नो दरबार बाट ६ हजार ब्राह्मण लाई निस्कासित गरी बौद्ध धर्मको प्रचारप्रसार जो गरेका थिए) त्यसैको बदला निर्दोष भिक्षु हरुले चुकाउनु पर्यो । राजा शुंगको बौद्ध धर्म र बौद्ध भिक्षुलाई समाप्त पार्ने यो दोस्रो अभियान अन्तर्गत राजधानी अयोध्या बाट घोषणा गरे कि, बौद्ध भिक्षुको टाउको काटेर ल्याउने प्रत्येक व्यक्तिलाई १०० वटा स्वर्ण मुद्रा दिइनेछ भनेर। शुंगले यो कुरा घोषणा गरे लगत्तै सुनको सिक्काको लोभमा देशभरका मानीसहरुले भिक्षुहरूलाई खोजी खोजी काट्न थाले । र भिक्षुको टाउको राजधानी अयोध्या लगी राजा पुस्यमित्र शुंग लाई देखाएर १०० वटा सुनको सिक्का लैजान थाले ।
यसरी बौद्ध भिक्षुहरुको कत्लेआम हत्या हुँदै गर्दा केही चलाख मानिसहरूले काटिएर राजालाई बुझाइसकेको भिक्षुको टाउको चोरेर फेरि देखाउथे र एउटै टाउको दोहोर्याएर देखाउदै पटक-पटक सुनका सिक्का लैजान्थे । जब यो कुरा शुंगले थाहा पाए तब उनले अयोध्याको घाघरा नदिको किनारमा एउटा ठूलो ढुंगा राख्न लगाए । त्यसपछि जब मानिसहरूले भिक्षुको टाउको ल्याउथे तब उनले भिक्षुको टाउकोलाई त्यसै ढुंगामा फोरेर अनुहार नचिन्ने गरी बिगारिदिन्थे (ता कि दोहोर्याएर एउटै टाउको दुइ पटक नआओस् ) अनि घाघरा नदीमा फ्याकिदिन्थे । यस् कुराको प्रमाण,हिन्दु परम्परा अन्तर्गत अहिले पनि पुजा गर्ने क्रममा ढुंगामा नरिवल फोड्ने चलन जीवितै छ । उक्त चलन पुस्यमित्र शुंगले बौद्ध भिक्षुको टाउको ढुंगामा फोडेको प्रतीक हो । जुन आज पनि यथावत छ ।
यसरी राजा शुङले भिक्षुको एउटा टाउको बराबर एक सय वटा सुनको सिक्का निरन्तर दिदै गएपछि आम मानिसको रोजना काम नै भिक्षु खोज्ने र टाउको काटेर राजा कँहा लैजाने भयो । यसपछि राजधानी अयोध्यामा, बौद्ध भिक्षुका यति धेरै टाउकोहरू आए कि अयोध्याको घाघरा नदि भिक्षुको टुक्रिएको टाउकोले भरिन थाल्यो र नदीको नाम नै घाघरा बाट परिवर्तन भइ सरयु नदी हुन पुग्यो।अर्थात शर+युक्त=शरयुक्त नदी, (शिरले भरिएको नदी) ”सरयू” नदी भयो ।
यसै ‘सरयू’ नदीको किनारमा पुष्यमित्र-शुंगले आफ्ना राजकवि वाल्मीकि लाई ‘रामायण’ लेख्न लगाएका थिए । जसमा पुष्यमित्र- शुंगलाई भगवान राम र मौर्य सम्राट बृहद्रथलाई रावण भनेर कुख्यात अपराधीको रूपमा वर्णन गरे । रामायणमा वाल्मीकिले शुङको राजधानी अयोध्याको पनि निकै चर्चा,परिचर्चा र गुणगान गरेको पाइन्छ । वाल्मीकिले रामायण लेखे बापत शुंग राजा बाट अनगिन्ती मान, सम्मान, प्रशंसा र पुरस्कारहरू प्राप्त गरेका थिए ।
यति मात्र नभएर पुष्यमित्र-शुंग कै शासन कालमा रामायण पछि महाभारत,मनुस्मृती र विभिन्न हिन्दु ग्रन्थ,शास्त्रको रचना भएको हो । यस् कारण हिन्दु धर्मका हरेक ग्रन्थ र शास्त्रका श्लोक एक आपसमा मिल्दोजुल्दा र मिश्रित हुन्छन् ।
यसरी शुंग द्वारा बौद्ध भिक्षु र बौद्ध ग्रन्थहरु सखाप पारिसकेपछी सबै बौद्ध विहारहरू खाली भए । जुन बौद्ध कालदेखि सम्राट अशोकको पाला र बृहद्रथको समय सम्म बनेको थिथो । अब ति तमाम खाली बौद्ध स्तुपा,गुम्बा र बिहार हरु के गर्ने भन्ने विषयमा आर्य ब्राह्मणहरू र ब्राह्मण राजा शुंग विच घनिभूत छलफल भयो किनकि उनीहरुलाई जसरी पनि बौद्ध धर्मको अवषेश नरहने गरी मेटाउनु थियो।
यसपछि उनीहरूले ति सबै बौद्ध विहारहरूलाई मन्दिरमा रूपान्तरण गर्ने निर्णय गरे र आफ्ना पुर्खाहरूलाई काल्पनिक ईश्वरको रूपमा कयौं कल्पित नाम दिए । मौर्य वंश र जसले शुंग संग बिद्रोह गरेका थिए तिनलाई असुर, राक्षस, रावण, दानव जस्ता कयौं नाम दिदै बौद्ध प्रतिमा, बिहार, गुम्बा र स्तुपा लाई मन्दिरको रुपमा परिमार्जन गरी त्यसमा हिन्दु देवी, देवता स्थापित गरे । र पूजाको नाममा आम नागरिकलाई शुंग र उनका पुर्वज वंशलाई पुज्न लगाए । भारत बर्षमा जबर्जस्ति गरिएको यो पहिलो धर्मान्तरण थियो । नेपाल भारतमा बौद्ध धर्म लोप हुनुको एकमात्र कारण यही पनि हो ।
ज्ञात रहोस् बृहद्रथ मौर्यको हत्या हुनु अघि सिंगो भारत बर्षमा न त कुनै मन्दिर थिए न त अहिलेको जस्तो संस्कृति नै थियो । बरु सयौं बौद्ध विश्वविद्यालय थिए । जहाँ अध्यन गर्नका लागि विश्वभर बाट मानिस आँउथे ।त्यसकारण बिगत केहि सय बर्षयता भारतको पुरातात्त्विक विभागले जतिपनी उत्खनन गरेको छ त्यसमा बौद्ध मुर्ति र बौद्ध संस्कृति झल्किने अवशेष हरुमात्रै भेटिने गर्दछ । साथै नेपाल भारतको जतिपनी ठुला मन्दिर छन् तिनमा बौद्ध प्रतिमा भेटिने कारणले गर्दा, ति र त्यस्ता मन्दिरको मुख्य भागमा सम्बन्धित पुजारी बाहेक आम सर्वसाधारण मानिसलाई प्रवेशमा रोक लगान्छ।र बुद्ध लाई विष्णुको अवतार भनिनुको कारण पनि यहि हो ।