NRNA ख्यङ्सानकाे शाखा कार्यलय उद्घाटन


NRNA ख्याङसाङले अाइतबार एक कार्यक्रमकाे अायाेजना गरि शाखा कार्यालयको उदघाटन सम्पन्न गरेको छ। कोरियाको खिम्हे शहरमा ‘खिम्हे माइग्रेन्ट हाउस’को सभाकक्षमा भएकाे साे कार्यक्रममा परिचयात्मक तथा अन्तरक्रिया पनि भएकाे थियाे ।
NRNA ख्याङसाङका अध्यक्ष भेषराज दाहालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख आतिथ्य NRNA कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले गरेका हुन् ।
विशिष्ट अतिथीमा NRNA कोरियाका उपाध्यक्ष संजीव राई तथा ख्यङ्साङनाम्दो क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्ष,प्रतिनिधि,मजदुर व्यवसायी तथा अतिथिहरूले NRNA कोरियाका सम्बन्धमा आफ्ना विचार, सल्लाह तथा जिज्ञासाहरू राखेका थिए ।
अन्त्यमा NRNA का अध्यक्ष यज्ञराज सुवेदीले COVID -19 को महामारीमा चार्टड विमानका विषयमा उठेका विभिन्न सवाल र टिका टिप्पणीलाई पनि उदृत गर्दै आफ्ना भनाईहरू राखेका थिए । अन्तरक्रिया कार्यक्रमपछि प्रमुख अतिथी लगायत सबै अतिथीहरूको हातबाट संयुक्त रूपमा रिबन काटी शाखा कार्यलयको उदघाटन गरेका थिए । कार्यक्रम संचालन यस NRNA क्षेत्रिय शाखाका महासचिव शिव भट्टले गरेका थिए भने स्वागत मनतब्य उपाध्यक्ष सुजाता बस्नेतले दिइन ।

सोही कार्यक्रममा यस NRNA शाखाले विगत २-३ वर्षदेखि गर्दै आईरहेको यस क्षेत्रमा निकै आकर्षण रहेको ‘पुल प्रतियोगिता’ लाई निरन्तरता दिँदै यसपटक पनि आयोजना गर्ने घोषणा भयो । सो प्रतियोगितामा एक-एक प्रतिनिधि खेलाडी सहभागी गराईदिनका लागि यस संगठनका सचिव दिपक रिमालले सबै संघसंस्थालाई अनुरोध पनि गरेका छन् । यस पुल प्रतियोगिता आउँदो अगष्ट महिनाको 16 तारिखमा खिम्हेस्थित न्यू लिटिल इन्डिया रेष्टुरेन्टमा आयोजना गरिने भएकाे छ । उक्त पुल प्रतियोगिता को दर्ता शुल्क पचास हज़ार वन रहेको र दर्ता गर्ने चाहनेले क निम्न नम्बर हरूमा सम्पर्क गरि नाम दर्ता गर्न अायाेजकले अनुराेध गरेका छन् ।
भेषराज दाहाल-01030464478, सुजाता वस्नेत-010-8095-4760, शिव भट्ट-010-6754-6090, दिपक रिमाल-010-7267-4509, खिमकाउचा मगर-010-4867-8607, सुकराज तामाङ-010190617488, योगिता गौतम-010-5475-8410, सानुराज मगर-010-5723-1048
गोकुल पौड्यल-010-5948-0332
पुरस्कार र खेलको नियमहरूको बारेमा फेरि पुनः जानकारि गराउने बताईएको छ ।
तस्विरहरू

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...