जनै संस्कार र रक्षा बन्धन बारेको इतिहास
उपनयन'(जनै) संस्कार वैदिक परंपरा तथा आर्य संस्कृतिको एक महत्वपूर्ण संस्कार हो। यो संस्कार हिन्दु धर्मको सोह्र संस्कार मध्येको एक अति नै विभेदित संस्कार अन्तर्गत पर्दछ । जुन संस्कार हिन्दु धर्मको चार वर्ण मध्ये उच्च तिन वर्णको पुरुष संस्कार हो । वर्ण व्यवस्था र शास्त्रानुसार ब्राह्मण, क्षत्री र वैश्य लाई मात्र जनै संस्कार गर्न(लगाउन) पाउने अधिकार छ । जसमा ब्राह्मणले 3 डोराको ब्रह्मा, विष्णु, महेश्वरको प्रतीक मानी सात ग्रन्थिय (गांठो) भएको जनै, क्षत्रीले 6 डोराको गोत्रको प्रवर (श्रेष्ठता) अनुसार गाँठो बनाइएको जनै र वैश्यले 9 डोराको प्रवर अनुसारको जनै लगाउनु पर्ने शास्त्रीय विधान छ ।
जनैको लम्बाइ 96 औलाको हुन्छ । जसमा ब्राह्मण लाई कपासको रुवाद्वारा सधवा(पति जिवित भएको)ब्राह्मणी द्वारा बनाइएको जनै, क्षत्री लाई जुटको बोरा बनाउने सनपाटको जनै, वैश्य लाई जनावरको भुत्ला बाट बनाइएको जनै धारण गर्नुपर्ने कुरा शास्त्रले निर्देश गरेको छ । हिन्दु धर्म भित्रको जनै संस्कारको विभेद यति मात्रै होईन । यसको जनै विधान अन्तर्गत यो संस्कार ब्राह्मणले बसन्त ऋतुमा गर्नुपर्ने, क्षत्रीले ग्रीष्म ऋतुमा र वैश्यले शरद ऋतुमा गर्नुपर्ने र धागोको प्रकार फरक-फरक गर्नुपर्ने, गाँठो फरक गर्नुपर्ने, मौसम फरक पार्नुपर्ने देखि लिएर वर्ण अनुसार बालकको उमेर समेत फरक पार्नुपर्ने कुरा शास्त्रले निर्देश गरेको छ । यो संस्कार गैर जनौधारीको नजरले हेर्दा गला देखि कम्मर सम्म दोकाँधे पारेर धागो बाँधिएको देखिने, सामान्य र हाँस्यास्पद लाग्ने भएतापनी यस् भित्रको धार्मिक विश्वास र मान्यता भने झनै आश्चर्य लाग्दो छ । यस् संस्कार द्वारा यि तिन वर्णका पुरुष जाति लाई द्विज (द्विजन्मा) बनाइन्छ भनिन्छ । अर्थात जनै संस्कार गरिएपछि यि तिन वर्णका पुरुषले दोस्रो पटक जन्मलिने ( पुनःजन्म) पाउने मान्यता र विश्वास हिन्दु परम्परामा छ ।
यसैगरी जनै संस्कारको अर्को मान्यता वैदिक कालमा आर्य कुलमा जन्म लिएका बालक हरुलाई गुरुकुल शिक्षाका लागि पठाउनु पुर्व गरिने संस्कार थियो भनिन्छ । तर आज गुरुकुल शिक्षा विस्थापित भै आधुनिक शिक्षा स्थापित भएतापनी जनै संस्कार भने जस्ताको तस्तै जिवितै छ । जस् अन्तर्गत ब्राह्मण कुलमा जन्मेका बालकको 8 बर्षमा, क्षत्रीयको 11 र वैश्यको 12 बर्षमा जनै संस्कार गर्नुलाई शास्त्रले उत्तम मानेको छ । शुद्र (दलित जनजाती) र महिलाको हकमा यो संस्कार शास्त्र द्वारा वर्जित भएपनी पछिल्लो समयमा जनै पुर्णिमाका दिन मुलवासी दलित,जनजाति लगायत अनार्य समुदायको हातमा पनि ब्राह्मणले रक्षा वन्धन नामक डोरो बाँधिदिने गर्छन् । र अनार्य समुदाय लाई ब्राह्मणले रक्षा बन्धन बाँध्नुको ऐतिहासिक कारण पनि छ ।
अनार्य समुदायको हातमा रक्षा वम्धन डोरो बाध्ने बेला पन्डित द्वारा वाचन गरिने मन्त्र ।
येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।।
अर्थ – भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिलाई जुन बन्धनले बाँधेका थिए। आज म त्यही बन्धनले तिम्रो हातमा यो बन्धन बाँधी बन्धक बनाउछु । तिम्रो जय होस्।
के हो बलिराजा र रक्षा वन्धनको वास्तविकता
आजभन्दा ४५०० वर्षअघि आर्यहरु ककेसिया बाट भारत वर्षमा प्रवेश गर्दा सुरुमा दक्षिण भारतमा प्रवेश गरेका थिए । जहाँ द्रविड सभ्यता थियो र द्रविडका राजा बली थिए ।
आर्यहरु द्रविड राज्यमा घुसेपछी सर्वप्रथम सानातिना झुपडी हरु बनाएर बसे र चोरी, डकैती द्वारा आफ्नो जिवन निर्वाह गर्न लागे। द्रविड राज्यना आर्य हरुको रोजाना यो खाले हर्कत, चोरी, डकैती र लुटपाटका कारण द्रविड हरु आजित भए । र द्रविड हरुले यो कुरा राजा बली समक्ष पुर्याए । यो कुरा थाहा पाइसकेपछी राजा बलीले आर्यलाई तत्काल पक्रेर चोरी गर्नुको कारण सोधपुछ गरे । राजाको सवालमा आर्यले आफुहरु अन्यत्र बाट आएको र खानका लागि अत्यन्तै समस्या भएकाले चोरी, डकैती गर्नुपरेको बाध्यता सुनाए । आर्यका यो कुरा सुनेपछि मुलवासी दयालु राजा बलीले उनलाई खाने, बस्ने प्रबन्ध मिलाइदिए । र चोरी नगर्न सल्लाह दिए ।
राजा बलीले गरिदिएको यो बन्दोबस्त पछि आर्यहरु आनन्द संग बसे । र केहि समयको अन्तराल पछि जब द्रविड राजा बली र उनका प्रजाको सामाजिक गतिविधि, चालचलन र व्यवहार बारे पुर्ण रुपमा जानेपछी एक योजना बनाए । त्यस् योजनामा मुख्य योजनाकार बामन नामका आर्य थिए, जो सबै आर्य मध्ये अत्यन्तै चलाख र बुद्धिमान थियोे । जसलाई आज विष्णुको बामन अवतारको नाम दिइन्छ । ति विष्णु भनिएका व्यक्ति तिनै आर्य बामन हुन् । जसलाई हिन्दु धर्मावलम्बीले श्रद्धा पुर्वक पुज्ने गर्छन् । साथै नेपालमा बाहुन भन्ने जातको नाम पनि तिनै बामन व्यक्तिको नामको शब्द अपभ्रंश हुन गइ बामन बाट = बावन भयो, त्यसपछि बाउन र अन्तमा बाहुन हुन पुग्यो।
यसरी आफ्नो योजना अनुरुप सम्पुर्ण आर्यहरु राजा बली कहाँ पुगे । र राजाले उनीहरु आफु कहाँ आँउनुको कारण सोधेपछी आर्यका नाइके बामनले भने: राजा बली साहब हामी हजुरको राज्यमा हजुरको कृपाले अत्यन्तै शुखी र खुशी छौं । हजुर दयालु र प्रजा प्रेमी हुनुहुन्छ । त्यसकारण महाराजले कृपा गरेर अब हामी हरुलाई अरु तिनवटा अधिकार दिनु पर्यो । यदि हजुरले यि तिन अधिकार दिनुभयो भने हामी हजुर प्रती अझ आभारी र धन्य हुने थियौं ! आर्य समुहका नाइके बामन को यो कुरा सुनेपछि राजा बलीले उनीहरुको माग पुरा गर्ने वचन वद्वतासहित प्रस्ताव राख्न अनुरोध गरे । त्यसपछि चलाख बामनले त्रीवाचा गर्न अनुरोध गरे । त्रीवाचा भनेको सन्धि, सम्झौता नतोडियोस भन्नका लागि गरिने एक किसिमको कसम, प्रतिबद्धता वा कुनैपनि कागजात अथवा सन्धिपत्रमा गरिने हस्ताक्षर जस्तै हो । जसबाट मुख मोड्न पाइदैन । त्यतिबेला पनि त्रीवाचाको चलन थियोे । यो कुरा बलीले सहर्ष स्विकारी आफुले दिएको वचन नतोड्ने वाचा संकल्प गरे । त्यसपछि आर्य समुह र सो समुहका नाइके बामन खुसीले गदगद हुँदै निम्न प्रस्ताव राखे। जुन यस् प्रकार थियो ।
१. महाराज हामीलाई यस्तो खालको शिक्षाको अधिकार दिनुस् कि हामीले चाहेको व्यक्तिले मात्रै शिक्षा ग्रहण गर्न सकोस् ।
३. महाराज हामीलाई यस्तो खाले सम्पत्ति(धन) को अधिकारी दिनुस् कि हामीले चाहेको व्यक्तिले मात्रै धन सन्चय गर्न सकोस् ।
३. महाराज हामीलाई यस्तो खाले राजकाज गर्ने अधिकार दिनुस् कि हामीले जसलाई चाह्यो उसलाई मात्रै राज्यधिकारी बनाउन सकौं ।
आर्यको यि तिन प्रस्तावलाई राजा बलीले अस्विकार गर्न सकेनन् । किनकि उनी त्रीवाचामा बाधिएका थिए । फलस्वरूप आर्यले मुलवासी राजा बलीको साम्राज्य षड्यन्त्र पुर्वक यसरी हत्याउन सफल भए । र राजा बलीलाई बन्धक बनाइ द्रविड सभ्यता माथी आफ्नो अधिकार जमाए । आर्यको यिनै तिन कुटिल त्रीवाचिय माग(शिक्षा,धन,राज) द्वारा द्रविड सभ्यताको शासन अधिकार हडपेको कुरालाई शास्त्रमा विष्णुको अवतारुपी बामनले दान स्वरूप राजा बली संग आफ्नो खुट्टाले तिन पद (पाइला) जमिन नापेर मागेको भनी उल्लेख गरेको पाइन्छ । त्यस् संगै ति बामनले तिन पाइला जमिन नाप्ने क्रममा एक पाइलाले पुरै पृथ्वी लोक नापेको, दोस्रो पाइलाले स्वर्ग लोक र तेस्रो पाइला राख्ने ठाउँ नभएकोले स्वयं राजा बलीले आफ्नो शिरमा राख्न अनुरोध गरेको कुरा शास्त्रीय मान्यता छ। तर सो कुरा मिथक हो । वास्तविक इतिहास लाई फरक इश्वरिय मान्यतामा परिवर्तित गरि मान्छेलाई पंगु बनाइएको हो ।
इतिहासको त्यो कालखण्ड देखी आर्यले मुलवासीको शैक्षिक अधिकार, सम्पत्तिको अधिकार र राजकाजको अधिकार छिनेका हुन् जुन कुरा आज नेपाल भारतको सामाजिक स्वरूप हेर्दा छर्लङै देखिन्छ । यद्यपि आज यो कुरा अधिकांशले बुझ्दैनन् र मिथ्या कथन लाई वास्तविक मानेर भ्रममा जिउदछन् । र यो पनि सोच्दैनन् कि यदि ति विष्णुका अवताररुपी बामनले एकै पाइलामा पुरै पृथ्वी नापेका हुन्थे भने आज विश्वका अरु मानिसले ति बामन वा विष्णुलाई किन चिन्दैनन् । किन उनको पुजा गर्दैनन् त ?
त्यसकारण सत्य कुरा त राजा बली संग आर्यले षडयन्त्र पुर्वक शिक्षा, सम्पत्ति र राजकाजको अधिकार छिनेको कुरालाई शास्त्रले फरक ढंगले व्याख्या गरेको हो । साथै आर्यले त्रीवाचिय माग द्वारा राजा बलीको राज्य मात्रै छिनेका थिएनन् उनले त राजा बली लाइ त्रीवाचा द्वारा बन्धी बनाइ हत्या गरी जमिनमा गाडिदिए । जुन कुरालाइ शास्त्रले पाताल लोकको राजा बनाइ दिएको भनेको छ।
अत: वर्तमानमा अनार्य समुदायको हातमा ब्राह्मण द्वारा बाँधिदिने रक्षा बन्धन नामक डोरो मुलवासी समुदाय लाई बन्धक, दास तथा गुलाम बनाउन सफल भएको खुशीयालीमा पन्डित हरुले सोहि प्रतिकको रुपमा आज पनि बाँधी दिन्छन् । र मुलवासी समुदाय लाई भने आफ्नो वास्तविक इतिहास थाहा नभएकोले आफ्नै पुर्खाको विनाशक घटनाको उपलक्ष्यमा आर्य संगै खुशी मनाउछन् । र आर्य ब्राह्मण बाट गुलामीको डोरो हातमा बाध्छन् । जुन कुरा गलत हो।
अन्तमा : शास्त्रीय कथन र मान्यता अनुसार जनै लगाउँदा आयु बढ्ने, तेज र बल प्राप्त हुने मान्यता छ । साथै जनै धारण गर्दा नकारात्मक विचार र भावना समेत नआउने र आएपनि त्यस्ता गलत सोच विचारलाई जनैले निस्तेज बनाउनुका साथै मन, बुद्धि, चित्त स्वस्थ रहने विश्वास गरिन्छ । तथापि जनै धारण गर्ने समुदायको सामाजिक चालचलन, गतिविधि र चरित्र हेर्ने हो भने यो मान्यता लाई न त इतिहासले पुष्टि गर्छ न त वर्तमानले । किनकि अधिकांश भ्रष्टाचार गर्ने जनैधारी नै छन्, घुषखोरी गर्ने जनैधारी छन्। दलाली गर्ने देखी लिएर नेपाली समाजको हरेक अनियमितता र असमानताका जननी यिनै जनैधारी(धागाधारी) देखिएकाले शास्त्रका ति मान्यता कहिँकतै मेल खाँदैन । जुन कुरा आज हामीले नेपाली समाजमा यत्रतत्र र छताछुल्ल देख्न सक्छौं ।