Advertisement
SKIP THIS

उल्सान अन्यांङ नेपाली समाजद्वारा “भेटघाट, बिदाई तथा बनभोज कार्यक्रम” सम्पन्न


उल्सान अन्यांङ नेपाली समाज दक्षिण कोरियाद्वारा यसपालिको गर्मी बिदामा “भेटघाट, बिदाई तथा बनभोज कार्यक्रम” सम्पन्न गरेकोछ ।

समाजले गर्मी बिदाको अवसर पारेर अगष्ट-२-२०२० आइताबारका दिन अन्यांड. बाट नजिकै रहेको एकान्त, रमणीय र मनमोहक दृश्य रहेको पिकनिक स्थल ( 호반 가든 ) मा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उल्सान र अन्यांड़का करिब ५० भन्दा बढी नेपाली दाजुभाई तथा दिदीबहिनीहरू भेला भई गर्मी बिदा भेटघाट बिदाई तथा बनभोज कार्यक्रम बिशेष र सम्झनालायक बनाउँदै सभ्य र भव्य रूपमा कार्यक्रम भएको संस्थाको संस्थापक तथा बर्तमान अध्यक्ष गितासिंह गुरूड़ले फ़ोनिज कोरिया लाई जानाकारी गरेका हुन् ।

गुरूङका अनुसार कार्यक्रमलाई औपचारिक, स्वागत तथा बिदाई सांस्कृतिक, खेलकूद, मनोरन्जनात्मक गरी ५ बिधामा बिभाजन गरिएको थियो । बिहानको नास्ता सँगै सुरू भएको औपचारिक कार्यक्रम संस्थाका महासचिव यदुनाथ नेपालले सन्चालन (होस्ट) गरेका थिए । संस्थाको संरक्ष्यक तथा सल्लाहाकार कृष्ण महर्जनको स्वागत मन्तव्य सँगै सुरू भएको उत्त कार्यक्रममा नयाँ साथिहरूलाई स्वागत र नेपाल जाने बेला भएका अग्रज साथिहरूलाई बिदाइ गरेका थिए । नेपाल जाने साथिहरूलाई संस्थाका बरिष्ठ सल्लाहाकार झलक बरालले सल्लाहा सुझाव सहित बिदाई मन्तव्य दिएका थिए ।

प्रमुख अतिथी नरेन्द्र राइले आफ्नो बिचार प्रस्तुत गर्दै आयोजक संस्था र उपस्थित सबैलाई धन्यवाद साथै शुभकामना ज्ञापन गरेका थिए । अध्यक्ष गुरूड़ले कार्यक्रमको महत्व, उधेश्य र कार्यक्रमको बारेमा प्रष्ट पार्दै कार्यक्रमको माध्यमबाट नेपाली दाजुभाई दिबहिनीहरू बिच आत्मियता, मित्रता प्रगाढ बन्नेमा आफु बिश्वस्त रहेको बताएर औपचारिक कार्यक्रमलाई समापन भएको घोषणा गरेका थिए ।

दिउँसोको खानपिन सँगै सुरूभएको सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रममा नेपाली चर्चित गित संगितमा सबै जना भरपुर मनोरन्जनका साथ झुमेका थिए । त्यस्तै कलाकार (Dancer) बहिनी कबिता गुरूड़को डान्स कलाले सुनमा सुगन्ध थपेको थिए र कबिताको डान्स आकर्षणको केन्द्र बनेका थिए । कार्यक्रममा भलिबल, पौडी, छेलो लगायत बिभिन्न खेल प्रतियोगिता समपन्न भएका थिए, भने समय अभावका कारण डोरी तान्ने, बेलुन फुटाई जस्ता अन्य कार्यक्रम छुटेका थिए ।

उल्सान अन्यांङ नेपाली समाज द. कोरियाले आयोजना गरेको Summer Vacation भेटघाट बिदाई तथा बनभोज कार्यक्रम २०२० सोंचे भन्दा बिशेष, सम्झनालायक भएको र भरपुर मनोरन्जन लिएको उपस्थित सबैले प्रतिक्रिया दिएको कुरा अध्यक्ष गुरूङले जानकारी गराएका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...