Advertisement
SKIP THIS

चुम्लुङ कोरिया बुसानद्वारा वनभोज एवम भेटघाट कार्यक्रम सम्पन्न


किरात याक्थुङ चुम्लुङ बुसान दक्षिण कोरियाले गर्मी बिदाको अवसर पारेर वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। अगष्ट ०२ तारिख आईतबारका दिन गजेदो स्थित ओप्पो डाडामा कार्यक्रम आयोजना गरिएको थियो।

गैर आवासीय नेपाली संघ कोरियाका अध्यक्ष यज्ञ राज सुवेदीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा
कोरियामा छरिएर रहेका याक्थुङ तथा गैर याक्थुङ समुदाय बिच मैत्रीपूण भेटघाट गरिएको थियो। यो वनभोज एवम भेटघाट कार्यक्रमले याक्थुङ एवम गैर याक्थुङबीच एक आपसमा आत्मियता जोड्नका लागि पुलको काम गर्ने आयोजकले जनाएको छ।

वनभोज कार्यक्रममा मनोरञ्जनात्मक प्रतियोगिताहरु गरिएका थिए। लठ्ठा तान्ने प्रतियोगितामा गजेद, हाडी फुटाईमा सनम बाबु यसैगरी छेलो हान्नेमा प्रथम रोसन लिम्बु, दितिय चिरन्जीबी भटराई र रेसमान लिम्बु तृतीय भएका थिए। म्यूजिकल चियर प्रतिस्पर्धामा प्रथप परी गुरूङ्गर द्वितियमा दोस्तीहाङ्ग राई भएका थिए। भाग्य चिठ्ठामा प्रथप टिकाराज लिम्बु, दितिय १२०६ (टिकट नम्बर) , तृतिय संजय राई र सान्तवना चन्द्र लिम्बुले जितेका थिए। विजेताहरुलाई नगत सहित आकर्षक पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका याक्थुङ एव गैर याक्थुङहरुको बाक्लो सहभागीता रहेको थियो।बिशेष अथितिको रुपमा आदिबासी जनजाती ख्यङ्साङ्नाम्दो बुसान साखाका कार्यबाहक अध्यक्ष रण तामाङ्ग कि.या.चु बुसानका निवर्तमान अध्यक्ष किरण कन्दङ्वा उपस्थित थिए यसैगरी बरिष्ठ सल्लाहकारहरु पराजित पोमु, बिङकल चेम्जोङ,कल्पना कन्दङवा, शुरेससिङ सम्बाहाम्फे किरात राई यायोक्खा बुसानका अध्यक्ष दोस्तिहाङ्ग राईको पनि उपस्थिति रहेको थियो।

कियाचु बुसानका उपाध्यक्ष नाफिसा लावतीले शुभकामना मन्तव्य राखेकी थिइन् भने अध्यक्ष दिवा वारूमहाङ्गको सभापतित्वमा कार्यक्रम समापन भएको थियो। औपचारिक कार्यक्रमलाई संन्जोग कन्दङ्वाले र मनोरञ्जनात्मक कार्यक्रम अल्बर्ट सम्बाहाम्फेले सञ्चालन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...