नेफिन कोरियाको अगस्ट १६ मा हुने भनिएको कार्यक्रम स्थगित
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले आज अर्थात अगस्ट १६ मा गर्ने भनिएको सम्पुर्ण कार्यक्रम स्थकित भएको छ ।
कोरियामा अचानक केही दिन देखि पुनः वृद्धि भएको कोभिड-१९ महामारी र कोरियन सरकारले थप सतर्कताको लागि जारी गरेको सूचनालाई मध्यनजर गर्दै तत्काल महासंघ कार्यसमितिको बैठक बसि महासंघले अगस्ट १६ आइतबारको दिन तय गरिएको बिश्व आदिवासी दिवस तथा वार्षिकसाधारणसभा लगायत सम्पुर्ण कार्यक्रम स्थगित गरिएको एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो ।
प्रतिकुल परिस्थितिका कारण कार्यक्रम स्थगित गर्नु परेकाले सरोकारवाला सबैमा महासंघले क्षमा समेत मागिएको छ ।