राष्ट्रिय झण्डा सँग जोडिएको विरक्तताको अर्को पाटो


राष्ट्रिय झण्डा जलाउन पाइदैन । किनकि यस् सँग राष्ट्रियता जोडिएको हुन्छ । राष्ट्रिय एकता र स्वाभिमान जोडिएको छ । सार्वभौमसत्ताको प्रतीक हो राष्ट्रिय झण्डा । राष्ट्रिय झण्डाले नै नागरिकलाई एकताको सुत्रमा एकबद्व गरेको हुन्छ । साथै राष्ट्र र राष्ट्रका नागरिकको पहिचान झल्काउने प्रमुख आधार नै राष्ट्रको झण्डा हो ।

तर, राष्ट्रिय झण्डा कुनै एक धर्म र सम्प्रदायको मात्रै पहिचान झल्किने खालको हुनु भएन। सबै नेपालीले खुशीका साथ अपनत्व गर्ने खालको सर्वप्रीय हुनुपर्छ । जनताको त्याग, तपस्या र बलिदान बाट प्राप्त लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्ष राष्ट्रको सम्मान हुने खालको हुनुपर्छ । तर यहाँ त्यसो भएको छैन।हाम्रो राष्ट्रिय झण्डाले कुनै एक जाति र सम्प्रदायको पहिचान र धर्मलाई प्रतिनिधित्व तथा सम्बोधन गरेको छ । यो धर्म निरपेक्ष राष्ट्र र सिद्धान्तको बिपरित हो । त्यसैले सबै वर्ग समुदायको प्रतिनिधित्व हुने गरी नागरिकको जनचाहना अनुरुप व्यापक बहस तथा छलफल द्वारा झण्डा परिमार्जन गर्नु आजको आवश्यकता हो भन्ने लाग्छ । यद्यपि झण्डा जलाउनु लाई भने बुद्धिमता मान्न सकिदैन ।
र कुरा झण्डाको मात्रै होइन यहाँ आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्रीले समेत सिंगो राष्ट्रको नक्सा लाई केक बनाई काटेर खाएका छन् । पुर्व राजाले झण्डा लाई केकमा चित्रण गरेर काटेका छन् । कसैले आर्यघाटमा लास माथि झण्डा ओढाएर जलाएका छन् ।

यि र यस्ता कुकृत्य कार्यलाई कदापि उचित मान्न सकिदैन । यस्ता हर्कत गर्ने जोसुकैलाई पनि कारबाही हुनुपदर्छ । तर पद, पैसा र पावरमा रहेका लाई छुट दिने र आम सर्वसाधारण नागरिक जसको राजनीतिक, प्रशासनिक तथा न्यायीक पहुँच छैन उसलाई दण्ड जरिवाना गर्नु अत्यन्तै निन्दनीय छ । राज्यको यो खाले द्वेध चरित्रले द्वन्द्वलाई आह्वान गर्ने निश्चित देखिन्छ।

झण्डा सँग जोडिएको विरक्तताको अर्को पाटो

ग्याल्जेन दोर्जे लामाले आफ्नो म्युजिक भिडियोमा झण्डा जलाएका कारण अहिले ऊनी माथी विभिन्न खाले गालीगलौज र टिका-टिप्पणी भैरहेका छन् । उनलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको समेत खबर छ । अब कानुन बमोजिम कारबाही पनि होला । तर यहाँ कानुनी पाटोको कुरा नगरौं ।

झण्डा जलेसँगै सामाजिक संजाल तथा विभिन्न संचार माध्यममा दुई खाले समुह आक्रोशित छन् । एउटा स्वतस्फूर्त रुपमा राष्ट्रप्रेमी नागरिक हरु आफ्नो स्वविवेकले आक्रोशित भएका छन् र सोहिखाले भाव व्यक्त गरेका छन् भने अर्को समुह आक्रोशित हुनुमा झण्डा जल्नुमा मात्रै आधारित छैन। ति समुह झण्डा जलेकोमा भन्दापनि बढी आक्रोशित ग्याल्जेनको उक्त गितमा प्रयोग भएको शब्द सँग भएका हुन् । उक्त भिडियोको गीतको सुरुवात मै डा. गोपाल गुरुङको केहि अभिव्यक्ति सम्प्रेषण गरिएको छ । जसमा क्षत्री बाहुन मगन्ते हुन्, लुटेरा हुन्, यिनलाई यस् देश बाट बिस्तारै बिस्तारै लखेट्नु पर्छ, किनकि यिनले हामीलाई कहिल्यै दयामाया गर्न जानेन” भनिएको छ । यसका अलवा सो गीतको शब्दमा क्षत्री बाहुन शरणार्थी हुन् भन्ने कुरालाई विषेश जोड दिइएको छ । सो गीत क्षत्री बाहुनको चरित्र उपर बनाइएको छ। सो गीत द्वारा अनार्य मुलवासी समुदायलाई एकतामा बाँध्ने कोशिस भएको छ र क्षत्री बाहुन लाई घृणाका पात्रको रूपमा प्रस्तुत गरिएको छ । साथै आम मुलवासी समुदायले क्षत्री,बाहुन समुदाय माथि घृणित व्यवहार गर्नुपर्ने खालको सन्देश उक्त गीतले दिएको छ र मुलवासीको उत्पीडनको कारक क्षत्री, बाहुन लाई बताइएको छ । त्यसैले सामाजिकमा वा मिडियामा ग्याल्जेन प्रति क्षत्री बाहुन समुदाय बढी नै आक्रोशित भएका हुन् ।

आक्रोशित नहुन् पनि कसरी इतिहासमा उनका पिता, पू्र्खाले लाखौं मानिसको बली चढाएर, कयौं कुटिल षड्यन्त्र अपनाएर स्थापित गरिएको आफ्नो पहिचान एकैपटक माटोमा मिल्ने अवस्था आइपुग्दा उनीहरु आक्रोशित हुनु स्वभाविक हो । उनीहरुको लागि त यो भन्दा दु:खद क्षण अरु के हुनसक्छ र ? उनको लागि त आकाश खसे झैँ, जमिन भासिए झैँ भएको छ । आफ्ना पिता पू्र्खाले बनाइदिएको सम्मानित पहिचान गुम्ने र सरणार्थी, मगन्ते, लुटेरा जस्ता अपमानित शब्द स्थापित हुने खतरा जो बढेको छ । आफ्नो सम्मानित पहिचान लाई जोगाउन सकिदैन कि भन्ने मनमा भय र त्रास उत्पन्न भएको छ। कतै दलित समुदायको अछुतको पहिचान जस्तै आफ्नो पनि अपहेलित पहिचान स्थापित हुने त हैन भन्ने कुराले मन भयभीत भएको छ । आज एकजनाले गीत मार्फत सरणार्थी भन्यो, भोलि अर्कोले भन्छ, पर्सी अर्कोले भन्छ । यसैगरी सरणार्थी भन्ने हरुको संख्या दैनान्दिन बढ्दै जाला । बच्चा देखी बुढा सम्म हरेक मुलवासीले यसै शब्दले प्रहार गर्लान् । सानोतिनो विवादमा यसै शब्दले गाली गर्लान् , अपमान गर्लान् ।

आफ्ना पुर्खाले दलित उपर घृणित उखान टुक्का बनाइदिए झैँ आफु उपर पनि त्यस्तै उखान टुक्का बन्दै जाला, इतिहासका सत्य घटना लेखिएला, कविता लेखिएला, चलचित्र बनाइएला । नयाँ इतिहास कोरिएला । यस्तो हुँदाहुँदै समयको अन्तराल सँगै सरणार्थी,मगन्ते र लुटेराको पहिचान स्थापित होला । त्यसपछि आफ्ना भावी सन्तति लाई अनन्त कालसम्म जन्मजात उच्च कहलाउने अभिलाषा समाप्त होला ।

यो दृश्यले उनको मन काँपेको छ । शरीरका
रौँ रौँ खडा भएका छन् । आफुले जन्मजात पाएको त्यो ओहदा र साख गिर्नेपो होकी भन्ने सन्त्रासा छाएको छ । छट्पटी भएको छ ।
त्यो जन्मजात पाउने सम्मान, इज्जत र प्रतिष्ठा गिराउन लागी पर्ने, वा त्यस्तो शब्द संगीत रचना गर्ने व्यक्तिलाई जिँउदै चपाउने रिस उनलाई जागेको छ । त्यति मात्रै होईन उनका सामाजिक संजालका अभिव्यक्ति अनुसार ग्याल्जेन लाई गोली र बमले उडाउने इच्छा जागृत भएको समेत बताएको देखिन्छ। अहिले उनीहरु वर्षायाममा बादल मडारिए झैँ, बिजुली चम्किए झैँ, गुन्जिनु र चम्किनु लाई नौलो मान्नुपर्छ जस्तो लाग्दैन ।

उनको स्थानमा जोसुकै भएपनि त्यो आक्रोश, आवेग र हर्कत अभिव्यक्त गर्छन् नै । अब उनले आफ्नो बचाउ र वर्चस्वका लागि आफ्नो पद, पावर, बुद्धि तथा क्षमताले भ्याएसम्मको प्रदर्सन अवश्य पनि गर्छन् नै । जो इतिहास देखी वर्तमान सम्म गर्दै आएका थिए । यदि फाँसीको कानुन हुन्थ्यो भने ग्याल्जेन लाई उनले फाँसी मै चढाउथे भन्ने अनुमान संजाल हेरेर जोकोहीले पनि लगाउन सकिन्छ । यदि त्यसो नहुँदो हो र उनीहरु साँच्चिकै राष्ट्रप्रेमले ओतप्रोत भएर नै झण्डा जलाउने विरुद्ध आक्रामक भएका हुन्थे भने देशको नक्सा लाई केक बनाएर चिरा चिरा पारी काटेर खाने विरुद्ध पनि जाइ लाग्थे । राष्ट्रिय झन्डा केकमा चित्रण गरी काट्ने विरुद्ध पनि खनिन्थे।

जातको नाममा विभेद गर्ने, भेदभाव गर्ने, छुवाछूत गर्ने, जातैका कारण मान्छे मार्ने बिरुद्व पनि यसैगरी आक्रोश पोख्थे ।उनीहरुलाई पनि कारबाहीको माग गर्थे । सडक देखी संजाल र विभिन्न मिडिया तताउथे । ति अपराधी लाई पनि विभिन्न गाली, गलौजका भाषा प्रयोग गर्थे। प्रहरी प्रशासनले पनि उनलाई पनि पक्राउ गर्थ्यो। जाहेरी लिन्थ्यो । अदालतले दण्ड र जरिवाना तोक्थ्यो, जेल पठाउथ्यो । न्याय दिन्थ्यो । आखिर त्यस्तो किन भैरहेको छैन ? यस्ता विषयमा उनीहरु किन मौन बस्छन् ?झण्डा जल्दा छट्पटी हुने त्यो मन मान्छे मारिदा किन हुँदैन ? झण्डा जल्नु र जातको नाममा मान्छे मारिनु कुन ठुलो अपराध हो ?

झण्डा त विद्रोहीले जलाउछ नै । विद्रोह वा क्रान्ति भनेको कानुनको परिपालना गरेर गर्ने वा हुने कुरा होइन । कानुनको परिपालना गरेर क्रान्ति पनि हुँदैन र क्रान्ति गर्नेले कानुन अवश्य तोड्छ र मिच्छ नै। नेपालमा विगतमा पनि क्रान्ति भएकै हो । त्यतिबेलाका क्रान्तिकारीले पनि कानुन मिचेकै थिए । यदि उनले तात्कालिन कानुन नमिचेको भए राजतन्त्रको अन्त्य भइ आज लोकतान्त्रिक गणतन्त्र व्यवस्था आउने नै थिएन । अझ गणतन्त्रका धुरन्धर मसिहा भन्नेहरुले त मान्छे मार्ने,गाइ काटेर मन्दीरमा आन्द्रा झुन्डाउने,बैंक लुट्ने, बिधालय तोडफोड गर्ने, शिक्षक मार्ने देखी लिएर मन्दिर भत्काउने, पुल भत्काउने लगायत संविधान र कानुनले वर्जित गरेका हजारौं अपराध गरेका थिए। तिनले त्यसो गर्नु पनि कानुन सम्मत थिएन । तिनले पनि कानुन हातमा लिएर मानवीय मुल्य र मान्यता लाई समेत ख्याल नगरी जोचाहे त्यहि गरेका थिए । झण्डा त्यतिबेला पनि जलाइएको थियो ।

त्यसैले यस् पटक झण्डा जलाउनु लाई पनि नौलो मान्नु पर्दैन । राज्यले आफुप्रति गरेको व्यवहार, गतिविधि र क्रियाकलाप बाट जनताले आफु अपमानित भएको महसुस गरे भने आफ्नो असन्तुष्टि व्यक्त गर्न पाउछन् र राज्य प्रति आफ्नो आक्रोश पोख्छन् नै । आफ्नो हक, अधिकार समेत अर्कोले छिनेर रँजाई गरेको देख्दा एउटा सचेत नागरिकले क्रोध देखाउछ नै । यसैले उनले पनि आफ्नो क्रोध उग्र तरिकाले अभिव्यक्त गरेका होलान्। राज्यले आफुमाथि गरेको अन्याय,अत्याचार, दमन र शोषण विरुद्ध उनको यो एक प्रदर्सन होला। आफ्नो हक, अधिकार, समानता र स्वतन्त्रताका लागि राज्यलाई ध्यानाकर्षण गराइएको होला भन्ने सबैले बुझ्न जरुरी छ।

अत: नागरिकले राज्य सम्मुख आफ्नो पिडा अभिव्यक्त गर्ने तरिका र शैली फरक-फरक हुन्छ। ग्याल्जेनको प्रस्तुत हुने शैली पनि फरक भएको होला । आफ्नो असन्तुष्टि प्रकट गर्ने तरिका फरक भएको होला। फेरि सबै पीडितले आफ्नो पिडा राज्य सँग एकै तरिकाले पोख्छन् भन्ने छैन । कसैले सडक आन्दोलन गर्छन्, कसैले आमरण अनशन बस्छन्, कसैले हतियार धारण गर्छन् भने कसैले साहित्य, गित, संगीत, कविता तथा रचना द्वारा बताउँछन् । त्यसैले नागरिकले झण्डा जलाउनु लाई राज्यले सकारात्मक रुपमै लिएर जनताको पिडा र असन्तुष्टि लाई सम्बोधन गरे आगामी दिनमा यस्तो कार्य नदोहोरिएला ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियास्थित नेपाली जनसम्पर्क समितिद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
  • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ११ औ बार्षिक साधारणसभा सम्पन्न
  • कोरियामा सवारी चालक लाइसेन्स लिन चाहनालेहरुलाई अवसर, जूम मार्फत तयारी कक्षा संचालन हुने
  • कोरियामा फेरि एक नेपालीले गरे आत्महत्या
  • ताजा अपडेट

    ईपिएस

    नेपालका विपन्न परिवारको लागि ‘न्यानो कम्बल’ अभियान

    कोरियन १० हजार वन अर्थात झन्डै एक हजार रुपैया । यहाँ बस्ने नेपालीहरुले ६ बर्ष देखि जाडोको समयमा पैसा उठाएर नेपालका गाउँहरुमा न्यानो कम्बल बितरण गरिरहेका छन् । यस पटक पनि यो अभियान सुरु भएको छ । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया आएका युवाहरुले सुरू गरेकाे ...

    सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

    दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० ...

    उडानको पर्खाइमा ईपीएस कामदार

    रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० को पहिलो लटमै कोरिया आउन पाउनेको सूचीमा थिए, कपिलवस्तुका दिपेन भुसाल । कोरोना महामारी नभएको भए उनी यतिबेला कोरियाको दक्षिणी भागमा पर्ने नाजु क्षेत्रमा काम गर्दै हुन्थे । उनले कोरिया आउन भिसा प्रोसेसिङ गरेको झन्डै ४ ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...