किरात याक्थुङ चुम्लुङ दक्षिण कोरीयाद्वारा बिरामीलाई आर्थिक सहयोग
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले क्यान्सर रोगबाट पीडित विरामीलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। ताप्लेजुङ सिदिङ्ग्वा गाउपालिका वार्ड न ४ साब्लाखु मिश्रटारका डिल्ली प्रसाद तुम्बापोलाई उक्त रकम सहयोग गरिएको चुम्लुङ अध्यक्ष मिराक लिम्बूले जानकारी गराएका छन्।
लामो समयदेखि त्रिवेणि गुफा माङहिमको रेखदेख गर्दै आएका पूजारी तथा मुन्धुम साबा तुम्बापोलाई भाद्र ५ शुक्रबारका दिन किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष भक्तबहादुर लिम्बूबाट सहयोग रकम हस्तान्तरण गरिएको चुम्लुङ महासचिव सागर माङ्मूले जानकारी गराएका छन्।
चुम्लुङ कोरियाद्वारा केही दिन अघि सहयोग अभियान सञ्चालन गरिएको थियो।