Advertisement
SKIP THIS

किरात राष्ट्रिय सम्पर्क समिती कोरियाको “राष्ट्रिय झण्डा जल्यो’’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


जनता समाजवादी पार्टी नेपाल सम्बद्ध किरात राष्ट्रिय सम्पर्क समिति प्रवास संगठन दक्षिण काेरियाद्वारा “राष्ट्रिय झण्डा जल्यो” विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

किरात राष्ट्रिय सम्पर्क समितिको अनलाईन कार्यक्रम दाेस्राे शृंखला अन्तरगत अगस्ट २९ तारिख शनिबार सम्पन्न कार्यक्रममा प्रशिक्षक तथा प्रमुख अतिथिको रुपमा जनता समाजवादी पार्टि, नेपालका केन्द्रीय सदस्य तथा प्रवास संगठन इञ्चार्ज आङ्काजी शेर्पाकाे उपस्थिति रहेको थियो।

प्रमुख अतिथिद्वारा कार्यक्रमलाई सम्बोधन गर्दै एकात्मक हिन्दु राष्ट्रवादि पहिचानमा आधारित राष्ट्रिय झण्डाले सबै जातजाति, वर्ग र समुदायकाे प्रतिनिधित्व नगर्ने बताएका थिए र झण्डा जल्नु भनेको सबै समुदायलाई समेट्ने राष्ट्रिय झण्डाकाे खाेजीकाे प्रतिक्रिया भएको र यदि सबैको भावनालाई नसमेटिने हालको झण्डा नफेरिए इतिहासमा पटकपटक जलेको झण्डा फेरिपनी जल्नसक्ने बताएका थिए। यसैगरी विवादित राष्ट्रिय जनावर गाईको पनि विकल्प खोजिनुपर्ने बताएका थिए।

आफू कुनैपनि जातजाति धर्म संस्कृतिकाे विराेधि नभएको स्पष्ट पार्दै निशाना छापको संस्कृत भाषामा रहेको “जननी जन्मभूमि स्वर्गादपी गरीयसी” पनि फेरिनुपर्ने धारणा राखेका थिए। याे देश सबै जातिकाे साझा फूलबारि रहेको र सबैले आफ्नाे अधिकार पहिचान पाउनुपर्ने, सबै भाषाकाे सम्मान हुनुपर्ने राज्य समावेशि हुनुपर्ने विचार व्यक्त गरेका थिए।

नेपालि समाज दक्षिण काेरियाका वर्तमान अध्यक्ष दर्पण गुरूङ, सह अध्यक्ष जीवन सशांकर, लिम्वुवानं राष्ट्रिय प्रवास संगठनका संयोजक युगल किशाेर शेर्मा, नेपालि समाज दक्षिण काेरियाकाे क्षेत्रिय अध्यक्ष हर्क फागो, नेपाली समाज दक्षिण काेरियाका निवर्तमान अध्यक्ष महेन्द्र राई लगयात संरक्षक सल्लाहकार र काेरियाभन्दा बाहिरबाट अन्तरक्रिया कार्यक्रममा सहभागिता रहेको थियाे।

नेपाली समाज दक्षिण काेरियाका सल्लाहकार तथा किरात राष्ट्रिय सम्पर्क समिति दक्षिण काेरियाका संरक्षक मधुकर राईले स्वागत मन्तब्य राखेका थिए। समितिका मुख्य सचिव विसन राईले कार्यक्रम संचालन गरेका थिए भने संयाेजक सन्ताेष थुलुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...