Advertisement
SKIP THIS

छङ्अप समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति, रुबिन रेग्मीको नेतृत्वमा कार्यसमिति चयन


बोम्जन गुरुङ, सउल, कोरिया

०६ सेप्टेम्बर २०२०

दक्षिण कोरियामा सयभन्दा बढी संघ-संस्था र संगठनका विच छङ्अप समाज दक्षिण कोरिया नामक संस्थाको उदय भएको छ । कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत विशेषत: ख्वाङ्जु, छन्जु, इक्सान र सिन्थेइन लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै कोरियाभित्र पासाङ शेर्पाको विशेष संयोजकत्वमा सो संस्थाको १४ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

कोरियामा रहेका नेपालीहरुलाई पर्ने हरेक समस्या र दुःखको बेला बन्धुत्व र मानवीय संवेदनालाई मध्यनजर गर्दै विशुद्ध सामाजिक सेवाको अवधारणा सहित ०६ सेप्टेम्बर २०२०मा संस्थाको पहिलो कार्यसमिति गठन गरिएको नवगठित कार्यसमिति अध्यक्ष रुबिन रेग्मीले बताए । अब छिट्टै नै कार्यसमितिको पहिलो बैठक बसेर आवश्यकतानुसार, कार्यसमिति सदस्य थपघट सल्लाहकार र विभागीय संयोजकहरु चयन गरिने र हरसम्भव नेपालमा पनि संस्थाले विभिन्न समन्वयात्मक भूमिका गर्ने संस्थाले लक्ष्य लिएको तर्क अध्यक्ष रेग्मीले अघि सारे ।

कोरियास्थित सबै संघसंस्था र संगठनहरुलाई आवश्यक मार्गनिर्देशन, सुझाव, समन्वय र सहकार्यको लागि छङ्अप समाज दक्षिण कोरियाले हार्दिक आग्रह गरेको छ । छङ्अप समाज दक्षिण कोरियाको नवगठित कार्यसमितिको स्वरुप यसप्रकार रहेको छ ।

सल्लाहकार – पासाङ शेर्पा

अध्यक्ष – रुबिन रेग्मी

उपाध्यक्ष – बिजय राई

उपाध्यक्ष – तोया चौलागाईं

सचिब – मदन कुमार गौतम

सहसचिव – रबिन भुजेल

कोषाध्यक्ष -बिबेक जङ ठकुरी

सदस्य -सुबास राई

सदस्य – राजेन्द्र राई

सदस्य – आकाश नेपाली

सदस्य – मनोज रेग्मी

सदस्य – बाबुराम आचार्य

सदस्य – टीका छन्तेल

सदस्य – केशव बहादुर खड्का

सदस्य – कार्सक तामाङ

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...