मृगौला पीडित जुना गुरुङलाई तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाद्धारा आर्थिक सहयोग


बोम्जन गुरुङ, सउल कोरिया

११ सेप्टेम्बर २०२०

लमजुङ जिल्लाको राइनस नगरपालिका वडा नम्बर १ भंगारी निवासी दुवै मृगौलाको रोगले थलिएका उपचारार्थ जुना गुरुङलाई तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको नेतृत्वमा संकलित चौरहत्तर हजार रुपैंया आर्थिक सहयोग गरेको छ । कोरिया स्थित आफ्नो जातीय संस्कार, संस्कृति र परम्परा जगेर्ना गर्दै सक्रिय रुपमा समाजसेवाको पाटोमा शानदार उपस्थिति जनाउँदै आइरहेको यस जातीय संस्थाले बीस दिनको अवधी राखेर “जुना गुरुङ बचाउ अभियान” सञ्चालन गरेको थियो । सो अभियानबाट संकलित रकम आर्थिक राष्ट्रिय दैनिकको सहजीकरणसँगै समाजसेवी व्यक्तित्वहरु श्याम सुन्दर पाठक र बिजन गुरुङले बिरामीलाई छाउनी अस्पताल नजिकै रहेको उनकै कोठामा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

कोरोनाको कहर र नेपालमा जारी लकडाउनका कारण संकलित रकम बिरामीलाई समयमा उपलब्ध गराउन असमर्थ रहेको जानकारी तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका सचिव समेत रहेका अभियन्ता गीतासिंह गुरुङले बताए । फेसबुकमा सानो ग्रुप निर्माण गरी यस अभियानको थालनी गरिएको र संकलित रकमले मृगौला पीडितको उपचारमा थोरै भएपनि राहत र सान्तवना मिल्नेमा सोही संस्थाका अध्यक्ष अनिस गुरुङले विश्वास व्यक्त गरे ।

“जुना गुरुङ बचाउ अभियान” मा जोडिएर ३१ जना सहयोगीहरुले स्वेच्छिक रुपमा आर्थिक सहयोग गरेका थिए । उक्त अभियानमा ७ लाख २३ हजार ५ सय कोरियन वोन अर्थात चौरहत्तर हजार रुपैंया संकलन भएको थियो । सहयोगीहरुको नामावली र रकमको विवरण संस्थाको पेजबाट अपडेट गरिएको छ । बिरामीको स्वास्थ लाभको कामना सहित अभियानमा जोडिनुहुने सबै सहयोगीहरुमा तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...