Advertisement
SKIP THIS

दुर्घटनामा मेरुदण्ड र खुट्टा भाँचिएर पोखरामा उपचाररत भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा असी हजार रुपैंया सहयोग ।


भलिबल खेल मार्फत नेपाल र नेपालीलाई विश्व सामु चिनाउने लक्ष्य सहित आफ्नो जीवन समर्पण गर्दै नेपाल प्रहरीमा समेत आबद्ध रहेका एक कुशल भलिबल खेलाडी तथा राष्ट्र सेवक ओम प्रकाश परियारलाई मेरुदण्डमा जटिल समस्या देखिएपछि उपचारका लागी नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको नेतृत्वमा संकलित असी हजार दुई सय पचास रुपैंया हस्तान्तरण गरिएको छ ।
पर्वत जिल्लाको एउटा विकट गाउँमा जन्मिएर भलिबल खेलमा निकै अब्बल रहेका एक ईमान्दार, अनुशासित भलिबल खेलाडी ओम प्रकाशको सानो परिवार अर्थात् हजुरआमा, बुबा, आमा, एक भाई , श्रीमती र दुई छोरी पर्वतकै गाउँमा उनकै भरमा साधारण अवस्थामा चलिरहेको थियो । अकस्मात् २०७६ माघ १ गते उनको जीवनमा अत्यन्तै दर्दनाक र कहालीलाग्दो घटना घट्यो । तनहुँ जिल्लाको देवघाट मेलामा खटिएका उनी ड्यूटी सकेपश्चात् साँझ फर्कने क्रममा उनी सवार प्रहरीको गाडी दुर्घटना हुँदा एक जनाले ज्यान समेत गुमाउन पर्यो भने उनको खुट्टा अनि शरीरको मेरुदण्ड भाँचिएको थियो । सरकारी तवरबाट उहाँको उपचार त भयो तर प्रभावकारी भने भएन । झन् दिन प्रतिदिन अन्य समस्याहरु थपिदै गईरहेको अवस्था रहेको छ ।
विगत ८ महिनादेखि उपचाररत ओम प्रकाशको शारीरिक अवस्था अझ जटिल हुन आई अर्थात् ढाडमा चार ठाउंमा घाउ हुन आई जटिल अप्रेशनको तयारीमा पोखरा स्थित Green Pastures Hospital Pokhara मा उपचाररत छन् । सरकारी तवरबाट पर्याप्त उपचारको व्यवस्था उपलब्ध नहुँदा, बिरामीको पारिवारिक आर्थिक अवस्था कमजोर र उपचार खर्च महङ्गो भएको कारण Nepal National Volleyball Team Fan Club ले सञ्चालन गरिरहेको सहयोग संकलन अभियानकै क्रममा नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाले पनि उक्त सहयोग रकम जुटाएको हो ।
सो सहयोग हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट सदस्य तथा राष्ट्रिय रेफ्री डिल्लु बिरकट्टा मगरले प्रतिनिधित्व गरेका थिए । दक्षिण कोरियाबाट प्राप्त सहयोग रकम असी हजार रुपैंया सहित अन्य मुलुकहरु अमेरिका, दुबई लगायतका देश र नेपाल भित्रबाटै गरेर कूल छ लाख पचास हजार एक सय त्रिसठ्ठी रुपैंया सहयोग जुटेको थियो । बिरामी परियारलाई आज मंगलबार नेपाल भलिबल संघ (केन्द्रीय/क्षेत्रीय) र नेपाल राष्ट्रिय भलिबल टीम फ्यान क्लबका पदाधिकारीहरुको रहोबरमा सो संकलित रकम एकमुष्ट रुपमा हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरीमा आबद्ध रहेका उनी राष्ट्रसेवक मात्र नभएर एउटा कुशल भलिबल खेलाडी भएकोले उनको दु:खमा संकलित सहयोगले केही राहत मिल्नेमा संघका सचिव लेसन गुरुङले विश्वास व्यक्त गरे । राष्ट्रिय गौरव र शानसँग प्रत्यक्ष जोडिएका भलिबल खेलाडीका हौसला, समस्या र अप्ठ्यारो परिस्थितिमा सहयोगको निमित्त संघ हमेशा तत्पर रहेको प्रष्ट्याउँदै यस अघि नेपाली राष्ट्रिय भलिबल खेलाडी पल्सर पिपल्स चोईस अवार्ड २०१८ मा मनोनित मानबहादुर श्रेष्ठको लागि नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाले सहयोग जुटाएको जानकारी संघका संयोजक भजिन्द्र क्षेत्रीले दिए । संघको हरेक गतिविधि र यो दुःखद घडीमा साथ दिदै बिरामीको स्वास्थ्य लाभको कामना सहित यस अभियानमा जोडिनुहुने समस्त भलिबल खेलप्रेमी, शुभचिन्तक तथा सहयोगीहरुमा नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...