Advertisement
SKIP THIS

नुवाकोट समाज दक्षिण कोरियाको सातौं अधिबेशन सम्पन्न, अध्यक्षमा सुन्दर प्रसाद अधिकारी


नुवाकोट समाज दक्षिण कोरियाको सातौं अधिबेशन तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । साथै सभा बाट सुन्दर प्रसाद अधिकारी निर्विरोध अध्यक्षमा निर्वाचित भएको छ ।

आइतबार भर्जुअल माध्यम जूम मार्फत सम्पन्न उक्त कार्यक्रमको पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्षता राज दोङ तामाङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री श्रेष्ठको उपस्थिति रहेका थिए । त्यस्तै विशेष अतिथि बागमती प्रदेश एकता समाज दक्षिण कोरियाका अध्यक्ष किशोर ब्लोन नियोग र संघ संस्थाका अध्यक्षहरु अतिथिका रुपमा उपस्थित रहेका थिए ।

संस्थाको सह-सचिव जय राम ढुंगानाले संचालन गरेको पहिलो सत्रमा बोल्दै प्रमुख अतिथि श्री श्रेष्ठले सातौं अधिवेशन सफलताको कामना गरेका थिए । त्यस्तै बिशेष अतिथि किशोर ब्लोनले पनि सफलताको शुभकामना दिदै सबै जना मिलेर सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । कार्यक्रममा रामेछाप सम्पर्क समिति र काभ्रे सम्पर्क समितिका अध्यक्ष रबि प्रताप घिसिङ र सानू लामाले शुभकामना मन्तव्य राखेका थिए ।

पहिलो सत्रको अन्त्य तथा पुरानो कार्य समिति भंग भएको घोषण गर्दै दोङले आफ्नो कार्यकालमा सम्पन्न हुन नसकेको कार्यहरु नयाँ समितिले सम्पन्न गर्न सफल रहोस् बन्दै शुभकामना ब्यक्त गरेका थिए । बिशेष गरि समाजको आर्थिक सहयोगमा नेपालमा संचालन गर्न लागेको एम्बुलेन्स संचालनको कार्य अन्तिम चरणमा पुगेको र यसलाई पुर्ण दिन नयाँ समितिलाई अनुरोध गर्न दोङले अनुरोध गरे ।

कार्यक्रमको दोश्रो सत्रमा पत्रकार महासंघ दक्षिण कोरियाको अध्यक्ष तथा नुवाकोट समाजको संस्थापक अध्यक्ष रंजन राज कुवरको संयोजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमितिको निर्वाचन गरेका थिए । यसबाट अध्यक्ष -सुन्दर प्रसाद अधिकारी सहित ब.उपाध्यक्षमा रामकुमार गोतामे तथा उपाध्यक्षमा टंक राना र मिलन तामाङ निर्वाचित भएको हो । सचिबमा जयराम ढुङ्गाना, सह सचिबमा रबिना श्रेष्ठ कोषाध्यक्षम्क अभिनाश तामाङ र सहकोसाध्यक्षमा शिव राम भट्टराई निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्य हरुमा सुरेश भट्ट, बाबुराम रिमाल, जुना गुरुङ, अर्जुन तामाङ निर्वाचित भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...