Advertisement
SKIP THIS

नेपाली राजदूतावास कोरियाद्वारा प्रत्येक हप्ता अनलाइन परामर्श गर्ने


सउल । नेपाली राजदूतावास दक्षिण कोरियाद्वारा कोरियामा रहेका प्रवासी मजदुरहरुलाई लक्षित गरेर अनलाइन परामर्श कार्यक्रम संचालन गर्ने भएको छ ।

यहाँ रहेका नेपाली श्रमिकको मानसिक, शारीरिक स्वास्थ्य र सामाजिक तथा आर्थिक समस्या लाई सम्बोधन गर्ने उद्देश्यले डिजिटल माध्यम जूम मार्फत उक्त कार्यक्रम गर्न लागेको जनाएको छ । कार्यक्रममा अनलाइन मार्फ नेपाल तथा विभिन्न ठाउँमा बसोबास गर्दै आएका विज्ञहरुद्वारा अभिमुखीकरण तथा मनोसामाजिक परामर्श दिने दूतावासले जानकारी दिएको हो ।

एनआरएन कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति, आदिवासी जनजाति महासंघ दक्षिण कोरिया र महिलाको लागि महिला लगायत अन्य सामाजिक संस्थाको सहकार्यमा यो कक्षा सञ्चालन हुन लागेको हो ।

साप्ताहिक रुपमा संचालन हुन लागेको कार्यक्रममा यही आइतबार अक्टोबर ११ देखि सुरु हुनेछ ।

प्रत्येक हप्ता हुने कार्यक्रमको पुर्ण विवरण

पहिलो हप्ता मानव जीवनमा योग र दैनिक प्रयोग विधि बारे परामर्श ।

दोस्रो हप्ता महामारीको बिगबिगी र यसबाट बच्न खानपान र जीवनशैली बारे ।

तेस्रो पूर्वीय दर्शन, आध्यात्मिक आचरण र सफलता बारे ।

चौथो हप्ता मानसिक स्वास्थ्य सम्बन्धी चेतना बारे हुने छ ।

पाँचौ हप्ता तनाव व्यवस्थापन सम्बन्धमा परामर्श

छैटौं हप्ता हासिखुसि, जिउने कला बारे ।

सातौं हप्ता स्वास्थ्य र साधना सम्बन्धि ।

आठौं हप्ता वित्तीय साक्षरता र यसको महत्व बारे ।

नवौं हप्तामा वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई लक्षित गरेर उद्यमशिलताका लागि सरकारी नीति बारे परामर्श गरिनेछ ।

दसौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएर उद्यमी बनेकाहरुको सफलताका कथाहरुको बारेमा जानकारी तथा छलफल ।

एघारौं हप्तामा हुन्डी र यसको नकारात्मक प्रभाव ।

र अन्त्यमा(बाह्रौं हप्ता) घर फिर्ती तयारी बारे परामर्श ।

यसरी डिसेम्बरको २७ तारिक सम्म यो कक्षा सञ्चालन हुने श्रम सहचारी रमा भट्टराईले जानकारी दिएकी हुन ।

यस कार्यक्रमको बारेमा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली माझ पुर्याउन नेपाली राजदूतावास दक्षिण कोरियाले अनुरोध गरेको छ । साथै सबैलाई कार्यक्रममा सहभागीताकाे लागि अनुरोध समेत गरेको छ ।

प्रत्येक कार्यक्रमका लागि zoom वेभ लिन्क तथा पासवर्ड प्रदान गरि कार्यक्रम मा सहभागीता सुनिश्चित गरिनेछ। जुम मार्फत १०० जना प्रत्यक्ष रुपमा जोडिन सकिन्छ र सो भन्दा बढी अन्य सहभागीका हकमा फेसबुक मार्फत हेर्न र प्रश्न राख्न मिल्ने गरि व्यवस्थापन गरिएको नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अध्यक्ष रञ्जन कुँवरले जानकाारी दिएका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...