दलित खसआर्य होइनन्, खसको उत्पत्ति र अर्थ
हामीले हेर्दा खस कुनै अर्को मानव सभ्यता हुँदै होइन । आर्य बाहुन कै नस्ल हो। यो कुराको पछिल्लो वैज्ञानिक पुष्टि अमेरिकाको Salt lake City स्थित युताहा विश्वविधालय (University of Utaha’ USA) को मानव वंश विभागका वैज्ञानिक माइकल बमशाद र भारत आंध्र प्रदेशका विश्व विद्यापीठ विशाखा पट्टनमको Anthropology विभागका वैज्ञानिकले गरेका छन् ।
विश्वविद्यालय र विद्यापिठका वैज्ञानिक द्वारा सयुक्त रुपमा सन 1995 देखि 2001 सम्म लगातार 6 बर्ष सम्म दक्षिण एसियाका विविध जाति र धर्मका मानिस हरुमा गरिएको DNA परिक्षणले खसाआर्य एउटै नश्ल भएको बताउँछ । सो परिक्षणका अनुसार ब्राह्मणको DNA 99:96% र खस भनिने क्षत्रिको DNA 99.88% मध्य यूरेशिया (कालो सागर) Black Sea” का मानिस हरुसंग मिलेको थियो । पछिल्लो सोही सोध अनुसार खसआर्य (क्षत्री, ब्राह्मण) समुदाय युरेसियन नस्ल भएको पुष्टि भएको थियो ।
त्यतिबेला गरिएको DNA परिक्षणमा भारतका दलितको DNA त्याँहाका खसआर्य सँग मिलेन । त्यसकारण त्यसै समय देखि भारतका दलितले आफुलाई मुलवासी भन्ने गरेका छन्। साथै समानता र अधिकारका लागि मुलवासी संगठन बनाइ संघर्षरत छन् । तर सिमा वारी नेपालका दलित भने हालसम्म आफु को हो भन्ने अन्योलता मै छन् ।
उक्त सोध दक्षिण एसियाली मुलुकको लागी मात्रै केन्द्रित थियो। दक्षिण एसियामा सात राष्ट्र पर्दछन् । जसमा भारत पाकिस्तान, श्रीलंका, बांग्लादेश, नेपाल, मालदिप्स,र भूटान। यि सात राष्ट्रमा गरिएको नश्ल परिक्षण पछि नेपाल बाहेक ६ देशले नश्ल नजिता सार्वजनिक गरे । भारतले त्याँहा रहेका खस आर्यको नश्ल एउटै रहेको बतायो । यस् बारे भारतका इतिहासविद हरुले विभिन्न पुस्तक पनि लेखेका छन् । तर नेपाल ले भने DNA परिक्षण गरेको वा नगरेको भन्ने कुराको सुँइको समेत नागरिक लाई दिएन । अर्थात जसरी १९१० को मुलुकी ऐन सयौं बर्ष सम्म लुकाइयो, गायब बनाइयो । त्यसैगरी यो नश्ल नजिता पनि लुकाएको हुनसक्ने सहजै अनुमान लगाउन सकिन्छ । खैर यो प्रसंग लाई यहीँ थाती राखौं।
तर बिगत केहि समय यता केहि दलित अभियान्ता तथा क्षत्री समुदायका तर आफुलाई खस भन्न रुचाउने र खस पहिचान स्थापित गराउन लागि परेका समुहले दलितको रुप, रङ्ग र केहि संस्कारगत कुराहरु हेरी पहाडका सिमित दलित समुदाय लाई आर्य नश्लको खस समुह भित्रै पर्छन् भन्दै आइरहेका छन् । यो सरासर गलत हो ।
इतिहासको सहि र तर्क संगत विश्लेषण नगरी वर्ण व्यवस्थाको शिखरमा रहेर राजकाज र शासन सत्ताको भरपुर उपभोग गर्दै आएको क्षत्री समुदाय र वर्ण व्यवस्थाको सबैभन्दा पिँधमा राखेर निरिह बनाइएको दलित (शुद्र) लाई एउटै तुलोमा राख्नु एकदम हाँस्यास्पद छ। किनकि भारत वर्षमा जब आर्यको प्रवेश तथा आर्य र मुलवासी बीचको युद्ध (शास्त्रानुसार देवासुर संग्राम) भयो त्यसपछि आर्यले छल र बल पुर्वक मुलवासीको शासन सत्ता छिन्न सफल भएपश्चात् आफ्नो शासनाधिकार स्थापित गरेसँगै वैदिक अवधारणा प्रतिपादन गरे । जसमा युद्धमा हारेका मुलवासीलाई शुद्र वर्ण बनाइदिए । र आफुसँग पछिसम्म विद्रोह जारी राखेका लाई भने अति शुद्र (अछुत) बनाउदै सामाजिक बहिष्करण गर्न लागे। र आफुलाई भने ब्राह्मण ,क्षत्री र वैश्य गरी तिन उच्च वर्णमा स्थापित गराए । जो अहिले ब्राह्मण र क्षत्री जातको रूपमा नेपाल भारतमा छदैछन् । जसलाई ककेसियन भूगोलमा अर्थवा, रथाईस्ट, र वास्तारिया जाति भनिन्थ्यो । आर्यले आफुलाई तिन वर्णमा विभाजन गर्नुको उदेश्य सबै क्षेत्रमा सदाकाल आफ्नो अधिपत्य रहोस् भन्नका लागि थियोे । जस्तो उत्पादन र व्यापार वैश्यको नाममा, शासन-सत्ता र राजकाज क्षत्रीको नाममा, शिक्षादिक्षा, पठनपाठन, पुजापाठ, दानदक्षिणा देखि लिएर अर्ती-उपदेश, स्वर्ग-नर्क पुर्याउने र भगवान सँगको कन्ट्याक्टर ब्राह्मणको भागमा । जसको नाम वर्णाश्रम व्यवस्था हो ।
आर्यले त्यो समयकाल देखि विभेदी वर्णाश्रम व्यवस्थाको अभ्यास तिब्र रुपमा गर्दै बुद्धकाल अघिसम्म आइपुग्दा निकै विकसित गरिसकेका थिए । तर बुद्धकालमा भने बुद्धको सम्यक तथा मानवतावादी शिक्षाका कारण उनको यो अभ्यास फिक्का हुँदै गयो । सँगसँगै आर्य शासन पनि कमजोर हुँदै गयो र इ.पु.३२२ मा आइपुग्दा ढल्यो र चन्द्र गुप्त मौर्यको उदय भयो।
मौर्य काल (इ.पु ३२२ देखि १८५) सम्म आइपुग्दा आर्यको वैदिक अवधारणा लगभग समाप्त हुने अवस्थामा पुगिसकेको थियो । तर आर्यले षड्यन्त्र पुर्वक मौर्य वंशका दशौं सम्राट बृहद्रथको हत्या गरी इ.पु१८५ मा पुनः शासन शक्ति आफ्नो हातमा लिन सफल भएपछि मनुस्मृति जस्ता कानुन बनाए । र पुरै भारतबर्ष भर कठोरता का साथ वर्ण व्यवस्था लाद्न सफल भए । साथै तहगत जातीय संरचना पनि निर्माण गर्ने प्रक्रिया सुरु गरे । जसको दृष्टान्त मनुस्मृतिमा देखिन्छ।
त्यतिबेलाको भारत बर्षको साम्राज्य भन्नाले मौर्य सम्राट अशोक कालिन भूगोल हो । जस् अन्तर्गत पुर्वमा बंगलादेश,पश्चिममा अफगानिस्तान र ईरान थियो भने आजको सम्पुर्ण भारत, पाकिस्तान, नेपाल, भुटान, म्यानमारका अधिकांश भुभाग पनि भारतवर्षमा पर्दथ्यो । यसको प्रत्यक्ष जिवित प्रमाण नेपालको हकमा लुम्बिनीमा भेटिएको अशोक शिलालेख हो भने भारतमा अशोक कालिन सयौं शिलालेख छन् ।
यसरी आर्यले आफ्नो सबैभन्दा शक्तिशाली कानुन मनुस्मृति द्वारा वर्ण व्यवस्था भारत वर्षभर एकैपटक लागु गरेका थिए । उनको यो कानुन अनुल्लंघनिय थियो । वर्णले तय गरेको मर्यादा र घेरा भित्र सबैले रहनु पर्थ्यो । यदि कसैले वैदिक सिद्धान्त र मनुस्मृतिको कानुन उल्लंघन गरेको खण्डमा वर्ण अनुसार थरीथरीको सजाय हुन्थ्यो । जसमा जात खसाल्न मिल्ने लाई अपराधको प्रकृति अनुसार एक तह जात खसालिन्थ्यो भने जात खसाल्ने ठाउँ नभएका शुद्रलाई नगर परिक्रमा गराइ बिच बाटोमा लगी काटिन्थ्यो। अहिलेका दलित त्यतिबेला शुद्र बनाइएका हरुको सन्तति हुन् । जसले त्यो समय कालदेखि काँटिदै, मारिदै,उत्पीडन भोग्दै आएका छन् ।
वैदिक तथा मनुस्मृति कालदेखि चल्दै आएको यो प्रथा बि.स.१९१० मा मुलुकी ऐन जारी गरी जंग बहादुर राणाले अझ व्यवस्थित गरे । त्यसपछि यसले बि.स २०२० साल सम्म निरन्तरता पायो । वैदिक कालदेखि बनेका यस्ता ऐनले गर्दा ब्राह्मणले जस्तोसुकै अपराध गरेपनि उसलाई मृत्युु दण्डको सजाय हुदैनथ्यो । अर्थात बाहुन र गाइ अवध्य थियो । त्यसकारण हत्यारा नै भएपनि बाहुनले मृत्यु दण्डको सजाय कहिल्यै भोग्नु पर्थेन । बरु अपराधको प्रकृति हेरेर उसको धार्मिक, सांस्कृतिक अधिकार छिनिन्थ्यो । टुपी काटिन्थ्यो र जनै खोसीन्थ्यो । त्यसपछि एक तह जात खसालेर पश्चिमका लाई पुर्व र पुर्वका लाई पश्चिम तिर लखेटिन्थ्यो ।
अहिले समाजमा देखिने तिन तरहको बाहुन र क्षत्रीहरु जात खसाल्ने कानुन अनुसार विभिन्न अपराध गर्दा बनेको तह हो। जसमा सबैभन्दा उच्च बाहुन मध्ये उपाध्याय बाहुन> त्यसपछि जैसी बाहुन अनि >कुमाइ बाहुन । र क्षत्री मध्येको उच्च झररा क्षत्री, खत्री क्षत्री र घर्ती क्षत्री। अब यि तिन तिन तहका बाहुन क्षत्रीबाट ठुला अपराध गरेका व्यक्ति जसलाई विभिन्न समयमा धर्म च्युत र जाति च्युत गरिएको थियो त्यहि जाति र धर्म च्युत गरी जात खसेका हरुको पुर्व र पश्चिममा ठुलो समुह बन्न पुग्यो । र तिनिहरु लाई नै खस भनिन थलियो । र ति खस समुह नै पछि समुदाय बन्न पुग्यो ।
जात र धर्म च्युत भइसकेका ति खसहरु हिन्दुत्व भित्र थिएनन्। तत्काल उनको आफ्नो छुट्टै धर्म र संस्कार पनि भएन । त्यस्पछि विस्तारै त्यहि झुन्डले पुर्व र पश्चिममा आफ्नो छुट्टै खस संस्कार र संस्कृति निर्माण गर्न पुग्यो र विस्तारित पनि भयो । उनैलाई त्यतिबेला देखी खस भनिएको हो। र खस भनेको जात खसेका समुहको पुरुष संज्ञा शब्द पनि हो । खसका महिला लाई भने खसिनि भनिन्छ । जुन शब्द गाउँमा यदाकदा आजभोलि पनि सुन्न सकिन्छ । तर नेपाली इतिहासकार, राजनीतिज्ञ तथा बुद्धिजीवी हरुले भने जस्तो ककेसिया बाट ककेसस र ककेसस बाट ककस हुँदै शब्द अपभ्रंश भइ खस भएको भने होइन । एकै स्थानबाट हिडेको समुह एउटा आर्य र अर्को खस हुनै सक्तैन । यदि त्यसरी मान्ने हो भने बाहुन लाई पनि खस मान्नुपर्ने हुन्छ । किनकि दुवैको थातथलो र नश्ल एउटै हो। तसर्थ खस शव्दको वास्तविक र सहि अर्थ जात खसेको मानिसको समुहलाई भनिएको हो । छोटो अर्थमा भन्नुपर्दा आर्यको आफ्नै वैदिक निति नियमका कारण एउटै नश्ल बाट खसेपछि खस हुन पुगेको हो भनेर बुझ्दा उपयुक्त हुन्छ।
अब शुद्र (दलित) हरु किन खस होइनन् भन्ने बारे चर्चा
गरौं। पहिलो कुरा दलितलाई वैदिक कालदेखि नै धार्मिक, सांस्कृतिक, शैक्षिक लगायत कुनैपनि अधिकार दिइएको थिएन । माथिल्लो तिन वर्णको बिना पारिश्रमिक निस्वार्थ सेवा गर्नु नै शुद्रको धर्म,कर्म र कर्तव्य बनाइएको थियोे । त्यसैले दलितको न त अधिकार नै खोस्ने ठाउँ थियो न त धर्म च्युत गराउने ठाउँ नै थियो । फेरि धार्मिक अधिकार नभएको दलितले जनै लाउने र टुपी पाल्ने कुरै भएन । तसर्थ नलगाएको जनै र नपालेको टुपी छिन्ने, काट्ने कुरै आएन । जात खसाल्नका लागि सबैभन्दा पिँधमा भएकोले त्यस् भन्दा तल खसाल्ने ठाउँ नै थिएन । त्यसैले जात खस्ने ठाउँ नै नभएका दलित लाई खस भन्नु अत्यन्तै हाँस्यास्पद कुरा हो । बरु विभिन्न कालखण्डका आर्य शासक हरुले जनजाति लाई भने शुद्र दलित बनाएको इतिहास छ। यहि कारण वैदिक कालदेखि राजा महेन्द्रले जारी गरेको बि.स २०२० को मुलुकी ऐन ताकासम्म दलितले बाहुनको मुखमा थुकेपनि, पाधेपनि, जुठो वा चोखो खानेकुरा जानेर वा नजानेर खुवाएपनि काटिनु पर्थ्यो। धारा, पधेरा, छुँदा, पस्दा, प्रेम गर्दा मारिनु पर्ने बाध्यता हालसम्म यथावत छदैछ । त्यसैले बताउनै परेन ।
केहि विद्वानका भनाइ अनुसार दलितको अनुहार, आकृति क्षत्री बाहुन सँग मिल्छ त्यसैले उनीहरु उनकै नश्ल हुन् भन्ने गरेको देखिन्छ । उनले बुझ्नुपर्ने कुरा के हो भने अनुहारको रंग र आकृति भनेको भूगोल,प्रकृति, मौसम अनि वातावरण सँग सम्बन्धित हुन्छ । एउटा भूगोलमा जन्मेको मान्छे पनि अर्को फरक प्रकृति र फरक भूगोलमा गएर हजारौं साल बसोबास गरिसकेपछि उसको र उसको वंशको रुप रंग बद्लिदै जान्छ । यो कुराको वैज्ञानिक पुष्टि भैसकेको छ । हामी आफैले पनि फरक प्रकृति, फरक परिवेश र फरक वातावरणमा बसोबास गर्ने एकै जातका मानिसलाई हेर्दा थाहा लाग्छ । जस्तो एउटै नश्ल भएपनि तराईका बाहुन, क्षत्री र पहाडकामा फरक रुप रंग देखिन्छ । दक्षिण भारतका बाहुन, क्षत्री र कस्मिर,हिमाचल, पन्जाब लगायत चिसो वातावरणमा रहने बाहुन क्षत्री लगायत सबै सम्प्रदायमा फरक रुपरंग देखिएकै छ । तसर्थ आकृति वातावरण सँग सम्बन्धित हुन्छ भनेर सहजै बुझ्न सकिन्छ।
त्यसकारण बिना DNA प्रमाण अरुसँग आफुलाई दाँज्नु र तँ मेरै नश्लको होस् भनेर कसैले ठोकुवा गर्नु अनुचित हुन्छ। आकृति सँग नस्लको सम्बन्ध हुँदैन ।
अत:भारतवर्षको हरेक ऐतिहासिक दास्तावेज केलाएर हेर्दा भारतीय दलित र नेपाली दलित एकै सभ्यता र नश्लका हुनसक्ने प्रसस्त आधारहरु छन् । त्यसैले आफुलाई खस भनाउने वा मुलवासी भनाउने भन्ने कुरा दलित मै निहित छ। बालिघरे बन्नु उचित देखिदैन ।
अन्तमा: यदि खस अभियान्ता हरुको भनाइ तिर जाने हो भने सबै क्षत्रीहरु खस हुन् भनेर बुझ्नु पर्यो । क्षत्री जति सबै खस हुन् भने पृथ्वीनारायण र उनका सन्तान पनि सबै क्षत्री नै थिए, बाहुन थिएनन् । पृथ्वीनारायण कै सन्तान पुर्व राजा ज्ञानेन्द्र पनि क्षत्री नै हुन् । मल्ल र राणा पनि क्षत्री नै हुन् । अब क्षत्री जति सबैलाई खस मानिसकेपछि ति शासक हरुलाई खस मान्ने कि नमान्ने ? यदि खस हुन् भने उनलाई पनि आर्य बाहुनको हिन्दु वर्ण व्यवस्थाले प्रताडित गरेको भनेर मान्ने कि नमान्ने ? अर्थात उनीहरु उत्पीडित हुन् कि होइनन् ? यदि मल्ल, शाह, राणा उत्पीडित हुन् भने कुन आधारले हुन् ? यति लामो सताब्दी देखी राजकाज गरेका लाई कसरी उत्पीडित मान्ने ? यदि उनलाई उत्पीडित मान्ने हो भने उनलाई राज्यले विशेषाधिकार दिने कि नदिने ? दिने हो भने कसरी दिने ? फेरि ति क्षत्री शासक र उनका वंशले यतिका वर्ष सम्म शासन गरेको कुरालाई सत्य मान्ने कि झुठो ? कि त खस भनेर हिन्दु धर्मलाई बहिष्कार गरेका क्षत्रीलाई मात्रै खस मान्ने हो ? खसको श्रेणी छुट्याउने कसरी हो? यदि पुर्व राजा र उनका खान्दानले हिन्दुत्व त्यागे भने उनलाई खस मान्ने कि आर्य ? किनकि उनीहरु क्षत्री हुन् ।