Advertisement
SKIP THIS

आदिवासी जनजाती महासंघ बुसान शाखाद्वारा सहयोग रकम हस्तान्तरण


आदिवासी जनजाती महासंघ बुसान शाखा दक्षिण कोरियाद्वारा मुटु रोगबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गरेको छ । महासंघले आर्थिक संकलन गर्दैगरेको अबस्थामा रुपन्देहीका पुरन बहादुर गुरङका १ वर्षिय छोरी मरिन गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो । आर्थिक अवस्था कम्जोर भएकोले संकलन भएको नेपाली १ लाख ५० हजार सहयोग रकम मृतकका बुबालाई हस्तान्तरण गरिएको हो ।

मुटुमा दुई वटा प्वाल देखिए पछि गंगालाल हृदय केन्द्रमा उपचार्थ रहेको छ । डाक्टरको सल्लाह बमोजिम तत्काल उपचार गर्नु पर्ने
तर आर्थिक अवस्था कम्जोर भकोले उपचारमा समस्या परेको थियो ।

“आर्थिक अवस्था दयानिय र नाजुक रहेको हुनाले उपचार गर्न सकिरहेको थिएन त्यही अनुरुप हामीले सहयोग अभियान चलाएको थियो । तर बिरामीको मृत्यु भएपनि आर्थिक अवस्था नाजुक रहेकोले परिवारलाई राहत पुगोस् भनेर संकलित रकम हस्तान्तरण गरेका हौं ।” अभियान संयोजक तथा आदिवासी जनजाती महासंघ बुसान शाखाका वरिष्ठ उपाध्यक्ष परि गुरुङले बताए ।

गुरुङको नेतृत्वमा केही महिना अगाडि सहयोग रकम संकलन गरिएको थियो त्यस मध्ये बाँकी नेपाली ५० हजार संस्थाको कोषमा रहेको र उक्त बाँकी रकम विपन्न वर्ग र औषाधी सेवन गर्न कठिन बिरामीलाई केही समय पछि हस्तान्तरण गरिने जानकारी गराएको छ ।

दुर्भाग्य बस आर्थिक संकलन गर्दै गर्दा उक्त बिरामी नानीको दु:खद निधान भएको कारणले गर्दा संकलित रकमको केही बाकी संस्थाको कोषमा रहेको जानकारी गराएको छ ।

त्पछि विश्व नै आंतकित हुने COVID-19 कोरोनाका कहरले गर्दा उक्त संकलित रकम समयमा नै हस्तान्तरण गर्न नसकेकोमा संघले जनाएको छ । ढिलै भए पनि नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया केन्द्र तथा नेपाल आदिवासी जनजाती संघीय परिषद विदेशी विभाग प्रमुख गोविन्द छन्त्यालको समन्वयमा, नेपाल आदिवासी जनजाती महासंघ प्रदेश नं ५ को व्यवस्थापनमा तथा महासचिव मनोज मगरको उपास्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...