नेपालका विपन्न परिवारको लागि ‘न्यानो कम्बल’ अभियान


कोरियन १० हजार वन अर्थात झन्डै एक हजार रुपैया । यहाँ बस्ने नेपालीहरुले ६ बर्ष देखि जाडोको समयमा पैसा उठाएर नेपालका गाउँहरुमा न्यानो कम्बल बितरण गरिरहेका छन् । यस पटक पनि यो अभियान सुरु भएको छ ।
रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया आएका युवाहरुले सुरू गरेकाे यो अभियानमा काेरियामा रहेका नेपाली सहभागी हुन्छन् ।
‘हामी यो अभियान विगतझै सेम्टेम्बर र अक्टोबर महिना भरि संचालन गर्छौ । गत बर्ष तीन सय भन्दा बढि साथीभाइले सहयोग गर्नु भएको थियो । यस पटक पनि त्यो भन्दा बढि हुन्छ भन्ने आशा लिएका छौं ।’ तीन बर्ष देखि मान वन अभियानको संयोजन गर्दै आएका सरोज केसीले भने । ‘हामीले बिपन्न परिवारका लागि एउटा ‘कम्बल’ मात्रै दिन सक्यो भने त्यो पनि ठूलै कुरा हो । पाँच बर्षमा पन्ध्र सय भन्दा बढि परिवारलाई कम्बल किनेर दिन सकेका छौं । यसैमा हामी खुशी छौं ।’ उनले थपे ।
मान–वन संकलन सेम्टेम्बर पहिलो हप्ता सुरु हुन्छ । कम्पनी कामले ब्यस्त समय भए पनि थोरै समय सामाजिक संजालमा खर्चिएर गरेर सहयोग उठाउने गरेको अभियानका अगुवा गुरुदत्त न्यौपाने भन्छन ‘बिभिन्न फेसबुक गु्रपमा मान–वन अभियानको पोस्टर राखेका छौं । एक दिनको खाजा खर्च कटाएर साथीहरुले सहयोग गरि रहनु भएको छ । सकारात्मक काम भएकोले होला शायद ।’ उनले भने ।
अभियान सुरु भएदेखि अहिलेसम्म १५ सय परिवारलाई कम्बल बितरण गरिसकेको छ । यो अभियानबाट सिन्धुपाल्चोक, सर्लाही, सप्तरी, धादिङ, दोलखा, मोरङ, सुनसरी, चितवन र कालिकोट जिल्लाका भित्री गाउँमा सहयोग प्रदान गरिएको छ ।
पुसको सुरुमा बितरण गरिदै आएको कम्बल वितरण यो पटक कहाँ गर्ने भन्ने अहिले निर्णय नभएको केसी बताउँछन् । ‘अभियानमा सहाभागी सबै जनाले निर्णय गर्छौ । अति आवश्यक परेकालाई सकेसम्म सहयोग गर्ने प्रयास हुन्छ ।’ उनले थपे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...