कोरियामा विदेशीहरुलाई थप तीन महिना भिषा अवधि थपिने
दक्षिण कोरियामा हालै कोरोना संक्रमितको संख्या वृद्धी भएसंगै कोरोना थप फैलिन नदिनको लागि कोरियामा रहेका विदेशीहरुलाई थप तीन महिनाको भिषा अवधि थपिदिने भएका छन् । विभिन्न भिषामा कोरिया रहदै आएका ३० हजार विदेशीहरुको प्रवास अवधि बढाउने कोरियाको कानुन तथा न्याय मन्त्रालयले निर्णय गरेको छ ।
मन्त्रालयको सो निर्णय अनुसार डिसेम्बर १ तारिखदेखि भिषा अवधि सकिनेहरुलाई आगामी २०२१ फेब्रवरी महिनाको अन्तसम्म भिषा थपिदिने भएका छन् । यसरी थप भिषा पाउनेहरुमा E-9 र E-10 ,H-2, G-1 र F 1-5 प्रकारका भिषाधारीहरुलाई यो नियम लागु नहुने जनाएको छ । साथै गैरकानुनीरुपमा रहदै आएका, स्वास्थ्य विमा र कर नतिरेकाहरुलाई पनि यो नियम लागु नहुने मन्त्रालयले जनाएको छ । कोरियाले यसरी विदेशीहरुलाई भिषा थपिदिएको यो तेस्रो पटक हो ।