सउल नेपाल गुम्बाले चौथो वार्षिकोत्सब मनायो
दक्षिण कोरिया । थेग्छेन छ्योइलिङ (सउल नेपाल गुम्बा) दक्षिण कोरियाले आफ्नो चौथो वार्षिकोत्वस आज आइतबार विशेष धार्मिक पूजापाठ गरि मनाएको छ ।
दक्षिण कोरियाको प्रसिध्द शहर गाङनाममा अवस्थित गुम्बा मै पूजा कार्यक्रम गरि वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरिएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले फोनिज कोरियालाइ बताउनुभयो ।
सन् २०१७ जनवरी ८ तारिखका दिन दक्षिण कोरियाका लागि नेपाली राजदुतवास निवर्तमान उपनियोग प्रमुख किरण शाक्यले उद्घाटन गरेका थिए । उक्त दिनको अवसर पारेर गुम्बाले प्रत्येक वर्ष विविध साँस्कृतिक कार्यक्रमहरू आयोजना गरेर वार्षिकोत्सब मनाउथ्यो ।
यो वर्षभने विश्वव्यपी संक्रमण कोभिड १९ को असरले ४ जनाभन्दा बढी मानिस भेला हुन नदिने कोरियन सरकारको कडा प्रतिबन्धले सामान्य पूजापाठ गरेर मनाएको समेत गुम्बाका प्रमुख लामाले बताउनुभयो ।
साथै गुम्बाले पूजामार्फत कोरियाली तथा नेपाली विभिन्न संघ संस्था, प्रतिनिधि, नेपाली व्यापारी, बिध्यार्थी, दाजू–भाई तथा दिदीबहिनीहरूमा अंग्रेजी नयाँ वर्ष २०२१ को शुभकामना व्यक्त गरेका छन् ।