नेपाल कोरिया भलिबल संघद्वारा नेपाली राष्ट्रीय भलिबल टिम क्याप्टेन अरुणा शाहीलाई सहयोग प्रदान


नेपालको काेरिया भलिबल संघ दक्षिण कोरिया द्वारा पल्सर स्पोर्ट्स अवार्ड २०७६ अन्तर्गत पिपुल्स च्वाईस विधामा मनोनित नेपाली राष्ट्रीय महिला भलिबल टिम क्याप्टेन अरुणा शाही जिताऔं अभियानमा संकलित सहयोग रकम हस्तान्तरण गरेकाे छ । शनिवार एक कार्यक्रमकाे अायाेजना गरि ५५ हजार हजार रुपैया प्रदान गरिएकाे हाे ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यहि पौष २८ गते सम्पन्न हुन गईरहेको १७औं संस्करणको लागि राष्ट्रिय टिम क्याप्टेन अरुणा शाही पिपुल्स च्वाईस् अवार्डको लागि मनोनयनमा परेकी हुन्। उनीसंगै यस विधामा अन्य चार खेलाडी पनि मनोनयनमा परेका छन्। शाहीको कप्तानीमा १३ औं साग प्रतियोगितामा सागकै ईतिहासमा पहिलो पटक नेपाली टिमलाई फाईनलसम्म पुर्याएर रजत पदक दिलाउन सफल हुनुका साथै बंगलादेशमा भएको पहिलो एसियन सेन्ट्रल जोन वुमन च्याम्पियन्समा पहिलो अन्तराष्ट्रीय स्वर्ण पदक दिलाएर ईतिहास रचेकी थिइन । शाही यस बर्ष मनोनित हुंदा उनलाई जिताउन कोरियामा संघको संयोजकत्वमा संघको रेफ्रि विभाय संयोजक राष्ट्रिय रेफ्रि तथा खेलाडी अमित राना र राष्ट्रिय रेफ्रि तथा खेलाडी श्रवण श्रेष्ठको बिशेष पहलमा आर्थिक सहयोग संकलन अभियान गत जनवरी १ देखि ८ सम्म सञ्चालन गरिएको थियो। उक्त संकलित रकम हिजो पोखरा रंगशालामा भईरहेको एक भलिबल प्रतियोगिताको बीचमा मञ्चका सभापति छ्याम थापा, मञ्चका पदाधिकारीहरु, खेलाडी अरुणा शाहीको उपस्थितिमा कोरियाबाट प्रतिनिधिहरु राष्ट्रीय रेफ्रि डिलु विरकट्टा मगर र राष्ट्रीय खेलाडी कुमार गुरुङले प्रदान गरेका हुन।

संघको संयोजक भजिन्द्र क्षेत्रीले नेपालको राष्ट्रीय खेल भलिबल खेलमार्फत राष्ट्रलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्याउने राष्ट्रका गहनाहरुलाई यसरी सहयोग गर्न पाउंदा खुसी व्यक्त गरेका छन् । साथै यस अभियानमा बिशेष पहल गर्नुहुने रेफ्रि अमित राना र रेफ्रि श्रवण श्रेष्ठलगायत सहयोग गर्नुहुने संघका सल्लाहकार, पदाधिकारी, रेफ्रिहरु,खेलाडीहरु साथै सम्पूर्ण भलिबल खेलप्रेमी अग्रज तथा महानुभावहरुमा धन्यवाद व्यक्त गरेका छन्।
यससंगै संघकै पहलमा बर्ष २०७४को पिपुल्स च्वाईस अवार्डमा मनोनित र उपविजेता बन्न सफल राष्ट्रीय भलिबल खेलाडी मान बहादुर श्रेष्ठ लाई पनि एकलाख पाचं हजार रुपैया सहयोग प्रदान गरेको थियो भने गत सेप्टेम्बर २०२०मा दुर्घटना पश्चात मेरुदण्ड भाँचिएर उपचाररत राष्ट्रीय भलिबल खेलाडीको ओम प्रकाश परियारको उपचारमा सहयोगार्थ असी हजार दुई सय पचास सहयोग प्रदान गरिसकेको छ।
कोरियामा प्रत्येक बर्ष संघको मातहतमा रहेर भलिबल प्रतियोगिता हरु सञ्चालन हुंदै आईरहेकोमा कोभिड १९ को महामारीले गर्दा सन् २०२० मा सौलमा कुनै पनि प्रतियोगिता हरु सञ्चालन गर्न असमर्थ रहेको पनि जानकारी संघका सचिव लेसन गुरुङले जानकारी दिएका छन।

सहयाेगीकाे नामावली

1. Amit Rana (Syangja) : 20,000
2. Narendra Gurung(Syangja): 15,000
3. Suzan Gurung(Syangja) : 10,000
4. Minu Gurung(Parbat) : 15,000
5. Hom Gurung (Kaski): 10,000
6. Dev Narayan Gurung(Kaski) : 10,000
7. Lila Devi Gurung(Kaski) : 10,000
8. Chitra Kumari Gurung(Kaski) : 10,000
9. Rajendra Hamal(Syangja) 10,000
10. Devendra Rana(Syangja) : 10,000
11. Kumar Thapa Magar (Syangja) : 10,000 won
12. Yaku Thapa magar (Syangja) : 10,000
13. Basanta Ale Magar(Syangja) : 10,000
14. Yubraj Gurung(Syangja) : 20,000
15. Pranish Hiski Magar (Syangja) : 10,000
16. Krishna Neupane (Syangja) : 10,000
17. Sangam Adhikari (Syangja) : 10,000
18. Sandesh Gurung (Syangja) : 10,000
19. Bhajindra Chhetri( Rupandehi) : 30,000
20. Leshan Gurung(Syangja) : 20,000
21. Amar Chhantyal(Myagdi) : 20,000
22. Chandra Rana( Gulmi) : 20,000
23. Shrawan shrestha ( Parbat) : 20,000
24. Lalit Gurung (Kaski) : 20,000
25. Amar Sunam (Kaski) : 20,000
26. Prakash Pandey ( Parbat) : 10,000
27. Vivhan chhantyal ( Baglung) : 15,000
28. Dipak Rimal( Parbat) : 20,000
29. Binesh Babu( Pokhara) : 30,000
30. Gyanendra karki- (Baglung) : 10000
31. Amrit paudel(Baglung) : 20000
32.Bimal Chhetri (Parbat) : 10,000
33. Kumar Gurung(Syangja) : 60,000

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...