कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा मृगौला पिडित प्रेम बहादुर थापालाई सहयोग


२४ जनवरी २०२१

सउल, दक्षिण कोरिया

साविकको कृष्ण गण्डकी गाविस स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत यूवाहरुको संगठन कृष्ण गण्डकी समाज दक्षिण कोरियाले स्याड्जा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं.५ बलाम नयाँमिल निवासी मृगौला पिडीत प्रेम बहादुर थापालाई शीघ्र स्वास्थ्य लाभको कामना सहित दुई लाख पैसठ्ठी हजार सात सय तीस रुपैंया हस्तान्तरण गरेको छ ।

संस्थाका सदस्य कृष्ण प्रसाद न्यौपानेको संयोजकत्वमा दक्षिण कोरियामा रहनुभएका नेपालीहरुबाट स्वेच्छिक रुपमा गरिएको उक्त सहयोग संस्थाका सल्लाहकार श्री हरि प्रसाद न्यौपाने, सदस्यहरु बिपिन श्रेष्ठ, शिव न्यौपाने साथै समता मञ्च नेपालका अध्यक्ष ईन्जिनियर राम प्रसाद न्यौपानेको उपस्थितिमा स्वयं बिरामीको हातमा सहयोग हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष ह्यारी बोण्डले जानकारी दिएका छन् ।

कृष्णगण्डकी समाज दक्षिण कोरियामा आफ्नो गाउँठाउँमा विविध सहयोग कार्यक्रम गर्दै आइरहेको सन्दर्भमा कृष्णगण्डकीका पक्की सडकका अप्ठ्यारो घुम्तीहरुमा कन्केभ मिरर (घुम्ती ऐना) लगायत अग्निपिडित, बाढी पिडित तथा थुप्रै बिरामीहरुलाई सहयोग गर्दै आईरहेको संस्थाका पूर्वाध्यक्ष तथा वर्तमान सल्लाहकार विजय थापाले प्रष्ट पारे । मृगौला पिडित प्रेम बहादुर थापालाई सहयोगको रुपमा आर्थिक रकम जुटाउन सहयोग गर्नुहुने तमाम मनकारी व्यक्तित्वहरुलाई संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ साथै सहयोगीहरुको नामावली कृष्ण गण्डकी समाज दक्षिण कोरियाको पेजमा अपडेट गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...