“आमाको तासफोटो” र “छकालै” दुई कृतिको संयुक्त लोकार्पण सम्पन्न


इतर अभियान्ता कवि सुष्मा रानाहँमाको कविता संग्रह “आमाको तासफोटो” र कवि एवम् कथाकार दिपा मेवाहाङ राई सम्मिलित “छकालै” (२० श्रष्टाका संयुक्त कथा संग्रह) कोरियामा लोकार्पण सम्पन्न भएको छ।
कोरोना महामारीको समयमा सामाजिक दूरी कायम गर्दै जनवरी २४ का दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा कार्यक्रम गरिएको थियो।

लोकार्पण समारोहमा कवि सेसेफुङ सेर्मा र कवि शकुन “आँशु” वक्ताको रुपमा उपस्थित भएका थिए। पुस्तकमाथी विचार राख्दै कवि सेर्माले आमाको तासफोटोभित्र माया प्रेमका कविता,जातिय, लैङ्गिक विभेदविरुद्धका कविता साथै आफ्ना जातिय पहिचान उनिएको जीवन्त कविताहरु रहेको बताएका थिए र कविले नेपाली साहित्यमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएकोपनि बताएका थिए। कविले संस्मरणलाई कवितामा नयाँ प्रयोग गरेकोप्रती लेखकको प्रशंसा समेत गरेका थिए। कवि सेर्माले “छकालै” कथा संग्रहमा पठनिय कथाहरु रहेको र आफूले एकै बसाइमा केही कथाहरु पढेर सकेको बताउँदै यी दुई कृति नेपाली साहित्यमा अमूल्य कृति रहेको बताएका थिए।

अर्का वक्ता कवि शकुन आँशुले “आमाको तासफोटो”मा कविले व्यतीत गरेको समय र घटनालाई टपक्क टिप्न सक्ने कला रहेको बताएका थिए साथै संग्रहभित्र आम प्रवासीहरुको जीवन भोगाईहरुलाई समेत उतारिएको पाइने बताउँदै लेखकले आफ्नो जातिय पहिचानलाई यस पुस्तक मार्फत व्यक्त गर्न सफल भएको दावी गरेकि थिइन्। “छकालै” को बारेमा बोल्दै कविले संग्रह भित्रका कथाहरु पढ्दा आफू स्वयं त्यसमा विलय भएको बताइन् र एउटा राम्रो कथा संग्रह आएकोले पाठहरुलाई पढ्नका निम्ति अनुरोधपनि गरेकी थिइन्।

इतर अभियानका शिर्षविन्दु कवि पराजित पोमूले कृतिमाथि रचनात्मक टिप्पणी राख्दै आमाको तासफोटोले आउँदो लेखन यात्रामा अझ जिवन्त, कालजयी, अमर कविताहरु लेख्नका लागि कविको बाटो खुलेको बताएका थिए। ’छकालै’कथा संग्रह भित्रका कथा राम्रो हुँदा हुँदै पनि अपेक्षा गरे अनुरूप कथाहरू नपाएको र साथमा साहित्य लेखनलाई सरल र सहज रूपमा लिन नहुने सुझाव समेत दिएका थिए।

कवि एवम कथाकार दिपा मेवाहाङ राईले सल्लाह सुझावको अपेक्षा गर्दै कविताबाट आफूले पहिलोपटक कथा विधामा कलम चलाएको र छकालैमा कथा आएपछी लेखनमा थप जिम्मेवारी वोध भएको बताएकि थिइन्। यसैगरी “आमाको तासफोटोकी” श्रष्टा कवि सुष्मा रानाहँमाले संग्रहको प्रतिनिधि कविता “आमाको तासफोटो” वाचन गरेर सुनाएकि थिइन्। संग्रह प्रकाशित गर्नमा प्रेरणादायी भूमिका निर्वाह गर्नुहुने इतर टिम र अग्रज सर्जकहरुप्रती आभार प्रकट गर्दै “आमाको तासफोटो” पढिदिनुहुन र पढेर प्रतिक्रिया गरिदिनपनी अनुरोध गरेकि थिइन्।

लोकार्पण समारोहमा कवि डम्बर सुब्बाले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने कवि कृष्ण किरातले “आमाको तासफोटो”बाट “उभौली र उधौली” कविता वाचन गरेका थिए। सोही कार्यक्रममा नै कोरिया बसाइको अवधी सकेर नेपाल फर्किन लागेका इतर अभियान्ता कवि कृष्ण किरातलाई कदर पत्र सहित विदाइ गरिएको थियो।

समारोहमा पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाका अध्यक्ष अमृत राई ,किरात राई यायोक्खाका कोरियाका कार्यबाहक अध्यक्ष जीवन पुमा राई, खोटाङ सेवा समाजका अध्यक्ष चित्र घले, समाजसेवी एवम अग्रज व्यक्तित्वहरु सेसहाङ राई, समसेर पंधाक, ध्यान राई, लोचन राई, मानध्वज राई, वालकृष्ण वान्तावा, निला राई लगायत साहित्यप्रेमिहरुको उपस्थिति रहेको थियो।

इतर आवाज साहित्य समाज कोरियाका शिर्षविन्दु कवि पराजित पोमूको सभापतित्वका कार्यक्रम समापन भएको थियो भने कार्यक्रमलाई इतर अभियान्ता उत्तम खजुमले सञ्चालन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...