सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाद्वारा जिल्लाका अस्पतालहरुमा स्वास्थ्य सामाग्री सहयोग
सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले जिल्लाको विभिन्न अस्पतालहरुमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ।
उक्त संस्थाले नेचा सामुदायिक हस्पिटललाई रु ८५,२०० मूल्य बराबरको अक्सिजन मेसन १ थान, माहाकुलुङ सामुदायिक हस्पिटल लाई रु ९२,००० मूल्य बराबरको E.C.G मेसिन १ थान यसैगरी, सल्यान सामुदायिक हस्पिटललाई रु २,५८० मूल्य बराबरको नेबुलाईजर मेसिन १ थान र रु २५,३१२ मूल्य बराबरको प्रीन्टर कलरपनि सहयोग गरेको छ। थुलुङ दुधकोशि हस्पिटललाई १ लाख १ सय रुपैयाँ र सोताङका मृगौला पीडित मनकुमारी राईलाइ १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष विसन राईले जानकारी दिएका छन्।
सोलुखुम्बु सेवा समाज कोरियाका पूर्व अध्यक्ष टिआर खालिङ समाजसेवी भुपेन कट्टेल लगायतको उपस्तिथिमा माननीय हेमकुमार राई (सुरबिर्) र थुलुङ दूधकोशी गाउपालिका अध्यक्ष असिम राई मार्फत उक्त सामाग्री एवं रकम हस्तान्तरण गरिएको थियो।
यसअघि पनि सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले कोरोना भाइरस रोकथामका आधारभूत एवं आवश्यक स्वास्थ सामाग्री सोलुखुम्बु जिल्लाको १ नगरपालिका र ७ वटै गाउपालिकाहरुलाई उपलब्ध गराइसकेको छ। संस्थाले यस अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुप्रती धन्यवाद ज्ञापन गरेको छ।