Advertisement
SKIP THIS

कोरियामा आत्महत्या  गरेका संखुवासभाका युवाको  परिवारद्वारा  अन्त्येष्ठी


रोजगारीको  सिलसिलामा ईपीएस मार्फत  कोरियाआएका  संखुवासभा  जिल्लाको  सभापोखरी गाउपालिका पुर्णहाङ लिम्बूको गत आइतबार परिवार द्वारा  अन्त्येष्ठी गरिएको  छ। लगभग डेढ बर्ष  अघि  कोरिया  आएका  उनले   जनवरी २५ तारिखमा आत्महत्या गरेका थिए   ।

कोरियाको योङ्गिन स्थित एक कम्पनीमा कार्यरत  लिम्बू  आत्महत्या  गर्नुअघिका दिनहरुमा  पनि  सामान्य  अवस्थामा  रहेको  र कुनै पनि असामान्य  ब्यबहार  नदेखिएकोले किन आत्महत्या  गरे भन्ने  नखुलेको  सँगै  काम गर्ने  संखुवासभा  सम्पर्क  परिवार  दक्षिण  कोरियाका अध्यक्ष  श्याम कुमार श्रेष्ठले बताए । कोरियन प्रहरीको अनुसन्धान  र सिसिटिभी  फुटेजको आधारमा आत्महत्या  पुष्टि  भएपछि  परिवारको ईच्छा अनुसार शवलाई  नेपाली  दुतावास र समाजसेवीहरुको पहलमा  जनवरी  २९ मा  कोरियन एयरको विमान मार्फत  नेपाल  पठाईएको  थियो  । शव पठाउन आर्थिक  समस्या  भएपछि  मृतकको  दाजु डि बि  सुब्बाले बिभिन्न संघ संस्थासँग  सहयोगको लागी अपिल  गरेका थिए । लगभग  सवा करोड वन खर्च  जुटाउन समस्या भएपछि  केही  रकम  आगामी  फेब्रुअरी ८ तारिक  सम्म  भुक्तानी  गर्ने सर्त रहेकोले सबैलाई  यथासक्य  सहयोग गरिदिनु हुन उनले अनुरोध गरेका छन् ।

  • कोरिया  रोजगारीको  आकर्षक गन्तव्य  बनेपनि  बिभिन्न  समयमा  आत्महत्या  र औधोगिक  दुर्घटनामा  नेपाली  युवाहरुले ज्यान  गुमाउने क्रम रोकिएको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...