मस्तिष्क पक्षघात बिरामी गुरुङको स्वास्थ्यमा क्रमिक सुधार, थाना गुम्बा सउलबाट बीस लाख कोरियन वोन थप सहयोग


बोम्जन गुरुङ, सउल कोरिया

१२ फेब्रुअरी २०२१

मस्तिष्क पक्षघात जस्तो जटिल रोगको कारण दक्षिण कोरियाको थाङ्जिन छोङ्हाप अस्पतालमा उपचारार्थ निर्मल गुरुङलाई थाना गुम्बाबाट बीस लाख कोरियन वोन थप आर्थिक सहयोग जुटेको छ । नेपाली सेकुवा कर्नरका सञ्चालिका एवं वोमन फर वोमनका कोषाध्यक्ष पार्वती मोक्तानको विशेष सहकार्यमा जुटेको उक्त रकम तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष जीत गुरुङ, सहकोषाध्यक्ष नरेन्द्र गुरुङ र स्वयं पार्वती मोक्तान गुम्बामा उपस्थित भई सो सहयोग रकम गुम्बाका लामा प्रमुख (다나 단경 스님) को हातबाट बुझेका हुन् ।

कास्की परिवार दक्षिण कोरिया र तमू धीं दक्षिण कोरियाको संयुक्त पहलमा एनआरएनए कोरिया र एमटियूको कानुनी सहयोगमा कास्की परिवार दक्षिण कोरियाका संरक्षक तथा तमू धीं दक्षिण कोरियाका केन्द्रीय सल्लाहकार खोम प्रसाद गुरुङको संयोजकत्वमा बनेको “निर्मल गुरूङ बचाऔं अभियान” मा हालसम्म कूल २,४०,११,९८१ (अक्षरुपी दुई करोड, चालीस लाख, एघार हजार, नौ सय एकासी वोन) संकलन भएको छ । गत आइतबार सउलमा बसेको अभियान समितिको बैठकले संकलित रकम रुजु गर्दै सहयोगीहरुको सम्पूर्ण विवरण सार्वजनिक गरेको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २७ स्थायी घर भई रोजगारीको शिलशिलामा कोरिया आएका गुरुङ अवैधानिक कामदार रहेकोले बीमा रकमबाट बञ्चित भएको कारण उपचार खर्च महँगो पर्ने भएको हो । अस्पताल श्रोतको पछिल्लो जानकारी अनुसार बिरामीको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको जनाएको छ । बिरामी निर्मल गुरुङको जीवन बचाउन आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग सहकार्य गर्नुहुने विभिन्न संघसंस्था, सामाजिक अभियान्ताहरु र अन्य सबैमा कास्की परिवार दक्षिण कोरिया र तमू धीं दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...