स्याङ्जा परिवार दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन सम्पन्न, अध्यक्षमा विजय थापा चयन


बोम्जन गुरुङ, सउल कोरिया

१२ फेब्रुअरी २०२१

कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । कोरोना कहरको विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल जूम मार्फत विजय थापा अध्यक्ष रहने गरि १७ सदस्यीय पदाधिकारी र सदस्यको कार्यसमिति गठन भएको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष युवराज गुरुङको सभापतित्व र नेपाली सम्पर्क समिति (NCC) का अध्यक्ष श्री प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, विशेष अतिथिमा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (ICC) का अध्यक्ष जीवन न्यौपाने, अतिथिहरुमा केन्द्रीय सल्लाहकारहरु, दुवै शाखा संस्थाका अध्यक्ष एवं सल्लाहकारहरु तथा संस्थाका अग्रज व्यक्तित्वहरु रहनुभएको थियो । संस्थाका बरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उद्घाटन सत्रको कार्यक्रममा संस्थाको प्रगति विवरण सहित दशौं कार्यसमितिको सम्पूर्ण गतिविधिहरु बूँदागत रुपमा माधव अर्यालले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष विजय थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि श्री प्रसाद श्रेष्ठले स्याङ्जा परिवारको हरेक कार्य र क्रियाशिलताको प्रशंसा गर्दै कोरियामा अभिभावकत्व प्रदान गरिरहेको पुरानो छाता संस्था नेपाली सम्पर्क समिति (NCC) सँगको सहकार्य र समन्वय हमेशा रहनुपर्ने अपेक्षा सहित अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । किम्हे/बुसान शाखाका अध्यक्ष कमल अर्याल, थेगु शाखाका अध्यक्ष विष्णु वाग्ले, संस्थाका किम्हे/बुसान शाखाका सल्लाहकार राजकुमार आले, थेगु शाखाका सल्लाहकार रमेश मस्राङ्गी मगर, केन्द्रीय सल्लाहकारद्धय शिव बस्याल क्षेत्री र वाईबी मगर, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (ICC) का अध्यक्ष जीवन न्यौपाने लगायतले परदेशी भूमिमा अपनत्व महसूस हुने गरि स्याङ्जा परिवारले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भमा खुशी व्यक्त गर्दै विभिन्न कालखण्डमा भएको हरेक गतिविधिको खुलेर प्रशंसा गरेका थिए ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत कुमार थापाको संयोजकत्वमा बनेको वाईबी मगर, नरेन्द्र गुरुङ, शिव वस्याल क्षेत्री, मित्रबन्धु काफ्ले, भावना गुरुङ र डा. ज्ञानराज कोईराला लगायतको निर्वाचन मण्डलले १७ सदस्यीय (दुई पदपूर्ति बाँकी) कार्यसमिति गठन गरेको छ । जस अन्तर्गत अध्यक्षमा विजय थापा, वरिष्ठ उपाध्यक्ष बिपना गुरुङ, उपाध्यक्ष भक्त थापा, सचिव माधव अर्याल, सहसचिव सुशील अर्याल, कोषाध्यक्ष मञ्जु गुरुङ, सहकोषाध्यक्ष कमल रेग्मी “धनु” र सदस्यहरुमा अर्जुन अर्याल, टिका पाण्डेय, सीता मची, रामप्रसाद न्यौपाने, टोजी गुरुङ, कृष्ण गुरुङ, मीना गुरुङ, सुजिता विश्वकर्मा आदि रहेका छन् । उद्घाटन सत्रमा संस्थाका केन्द्रीय सचिव भक्त थापा र बन्द सत्रमा निर्वाचन मण्डल संयोजक कुमार थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

सोही अवसर पारेर नवौं कार्यसमिति सदस्य र दशौं कार्यसमिति महिला विभाग संयोजकको रुपमा रहेर सफलतापूर्वक कार्यभार सम्हाल्नुभएका जीवन कुमारी गुरुङ कोरियाको बसाई बिट मार्दै नेपाल जानुहुने भएकोले उहाँको सम्मान तथा विदाई कार्यक्रम समेत जोडिएको थियो । अधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर एघारौं अधिवेशन सफल पार्नको निमित्त भर्चुअल जूममा उपस्थित जनाउनुहुने संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा स्याङ्जा परिवार केन्द्रीय कार्य समितिले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...