Advertisement
SKIP THIS

दक्षिण कोरियाको आन्सान सहरमा पहिलोपटक नेपाली पुस्तकालय खोलियो ।


गुरुदत्त न्यौपाने/सउल कोरिया
कोरियामा क्रियाशिल नेपालीहरुको संस्था सनातन, साहित्य, सङ्गीत, साधना समूह ‘‘पाँच स’’द्वारा कोरियन पर्व सलनालको अवसरमा कोरियाको आनसान शहरमा नेपाली पुस्तकालयको उद्घाटन गरिएको छ ।
दक्षिण कोरियाको व्यस्त सहर आनसान स्टेसनबाट नजिकै कोरोना मैत्रीपूर्ण बातावरणमा एक कार्यक्रमका बीच पुस्तकालय उद्घाटन गरिएको छ। दक्षिण कोरियामा व्यावसायिक रुपमा सोल्टी रेस्टुरेन्ट सन्चालन गर्दै आउनुभएका व्यावसायी तथा सामाजिक व्याक्तित्व श्याम खडकाको विशेष पहलमा पाँच ‘स’ दक्षिण कोरियाले कोरियामै पहिलोपटक नेपाली पुस्तकालय खोलिएको संस्थाका अध्यक्ष प्रेमराज अधिकारीले बताउनुभयो । पुस्तकालय उदघाटनमा प्रमुख अतिथि प्रवासी श्रमिक मन्च एमटियु अध्यक्ष उदय राई,विशेष अतिथि सोल्टी होटलका संचालक श्याम खडका,संस्थाका प्रमुख संरक्षक एकराज दाहाल,स्याङ्गजा परिवार दक्षिण कोरियाका सचिव माधव अर्याल,गोरखा परिवार दक्षिण कोरियाका पूर्व अध्यक्ष विष्णु थापा,संस्थाका निवर्तमान उपाध्यक्ष महेश कोईराला लगायत दर्जनौँ दिग्गज व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
संस्थाका उपाध्यक्ष गुरुदत्त न्यौपानेले स्वागत मन्तव्यद्वारा सम्पूर्ण अतिथिजनलाई स्वागत गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि उदय राईले पुस्तकालय खोल्ने काम विल्कुलै नौलो र राम्रो काम थालनी भएको र आगामी दिनमा पुस्तकालयलाई आफू तथा एमटियुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सस्थाका सल्लाहकार तथा सोल्टी होटलका संन्चालक श्याम खडकाले पुस्तकालय कोरियामा आफूले पहिलेदेखि नै खोल्न इच्छुक रहेको र पाँच स ले यस्तो अवधारणा लगेपछि झन उत्साहित भएर आफू लागिपरेको बताउनुभयो । पुस्तकालयको महत्व र भावी योजनाका विषयमा प्रकाश पार्दै उहाँले आफू आनसानमा हुँदासम्म पुस्तकालय बन्द हुन नदिने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा पुस्तकालयको भावी योजना र यसलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने विषयमा संस्थाको कोषाध्यक्ष नरेश मेहताज्यूले प्रकाश पार्नुभएको थियो । उहाँले अहिले सुरुवाती चरणमा कोरियामा भएका नेपालीहरुबाट पुस्तक सङ्कलन गरिए तापनि आगामी दिनमा नेपालबाट समेत पुस्तक ल्याई पुस्तकालयलाई कोरियाभरि विस्तार गर्ने तथा लाईव्रेरी कार्डको व्यवस्था गरी उपलब्ध पुस्तक नेपालीहरुमाझ पुर्याउन समेत अनलाईन अफलाईन मार्फत व्यवस्था गरिने जानकारी दिनुभयो ।
साथै कार्यक्रममा पाँच स का प्रमुख संरक्षक एकराज दाहाल,निवर्तमान उपाध्यक्ष महेश कोईरालाले पुस्तक र पुस्तकालयको महत्वको विषयमा प्रकाश पार्नुभएको थियो । पाँच स दक्षिण कोरियाको विगत देखिको यात्राका विषयमा प्रकास पार्दै सस्थाका अध्यक्ष प्रेमराज अधिकारीले आगामी दिनमा थप राम्रा काम हरु गर्ने प्रतिबद्दता व्यक्त गर्दै कार्यक्रमको अन्त्य गर्नुभएको थियो भने कार्यक्रम सन्चालन संस्थाका महासचिव श्याम अर्यालले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...