कोरियामा तामाङ साहित्यकारहरुसँग अन्तरक्रिया गरेर ल्होछार मनाए


आखे !
ओइ आखे,
एलान् काला छानसे भ्रिबा दोङरापरी
तिल्दा आम्राङनी ङाइ एला लि?
तिल्दा आस्याप्नी एसे राप्पा एला स्वाभिमानला ज्योमोगाङ?
आखे !
(बाजे
आई बाजे
तिम्रै रगतले लेखेको ईतिहाँसमा
किन देखिएन तिम्रै तस्विर ?
किन भेटिएन तिमी उभिएको स्वभिमानको अग्लो पर्वत ?)
शुक्रबार नेपाल तामाङ संघ दक्षिण कोरियाले आयोजना गरेको ‘लेखनमा हाम्रो जीवन’ शीर्षकको कार्यक्रममा कवि मोक्तान थेबाले प्रस्तुत गरेको ‘छार्गे दारेम’ भन्ने कविताको अंश हो यो । कोरियामा चिसो घटेको छैन न त कोरोनाको संक्रमण नै । त्यसैले यहाँको सरकारले पाँच जना भन्दा बढि मानिस भेटघाट गर्न नपाईने नियम लागु गरेका छ । कोरियामा पनि नयाँ साल अर्थात सलनालको विदा छ । यस्तै समयमा परेको सोनाम ल्होछार मनाउन संघले जुम मार्फत तामाङ साहित्य र जीवनका बारेमा छलफल ग¥यो ।
नेपालबाट तामाङ भाषामा कलम चलाउने साहित्यकारहरुले आफ्ना अनुभव सुनाए । ‘हाम्रो भाषामा लेख्दै गए भाषाको विकासमा सहयोग त हुन्छ नै । हामीले हाम्रो आफ्नै जीवन कथा नयाँ पुस्तालाई सुनाउन पनि सक्छौ ।’ थेवाले भने । ‘नेपाली भाषालाई मूलधार नभनेर जुन भाषामा लेख्यो त्यही नै मुलधार हुने उनले सुनाए । ‘हामी तामाङमा लेख्छौं भने त्यही हो मूलधार । त्यसैले हाम्रो कथा कति छन् कति छन सुनाउनलाई । लेख्नलाई ।’ पाठकका हिसाबले नेपाली भाषामा धेरै भए पनि तामाङ भाषामा लेख्नुको मज्जा अर्कै हुने सुनाए ।
तामाङ भाषामा पुस्तक निस्किएको एक शताब्दी भन्दा बढि भए पनि अहिले पनि पाठक र लेखक दुबैको कमि भएको तामाङ भाषामा गजल संग्रह निकालेकी गजलकार सिर्जना गोलेलाई लाग्छ । घरयासी कामकाजले पनि महिला लेखकलाई समस्या पार्ने रहेछ ।
तामाङ विम्ब र मिथहरुलाई नेपाली साहित्यले लामो समय अघि देखि प्रस्तुत गरेका भए पनि जुन रुपमा आउनु पर्ने त्यो आउन नसकेको कवियत्री विना थिङको भनाई छ । ‘नेपालका चर्चित पुस्तकहरुमै तामाङ गन्हाउँदै आयो, भारि बोक्ने जाती भनेको छ । अहिलेको पुस्ताले खुबै पढेको किताब उर्गेनको घोडामा प्रयोग भएको हाम्रो मिथ ठीक छ कि छैन अझै वहस हुनु पर्ने हो ।’ उनले थपिन । ‘हाम्रा कथा लेखिन धेरै बाँकी छन् । यो हाम्रो समुदायको लागि मात्र होइन । सिंगो देशकै लागि प्रयोग हुन सक्ने साहित्यको क्षेत्र हो ।’ उनले वाचन गरेको कवितामा पनि किराँत मिथको प्रयोग भएको सुनाइन ।

‘चोङसामा उभिएकी मेच्याङ’
एउटा तमोर तल तल बगिरहेको छ,
अर्को तमोर मेरो हृदयमा बगिरहेको छ।
भूगोलको पूर्वी फेरो समाएर
भर्खरै आइपुगेको हुँ तिम्रो वस्तीमा
वस्तीमा ओहोर दोहोर गर्नेहरूको अनुहार दुब्लो छ।
मानौं, उहिल्यै लुछेर लगेको छ, मांसपेशी
मानौं, यत्रतत्र छ, हाडहरूको साम्राज्य ।

तामाङ समुदायका विभिन्न सामाजिक संस्कारलाई लिएर लेख्ने कविहरु पनि बढि रहेको कवियत्री तथा पत्रकार सन्चु ब्लोनले सुनाईन । अहिले चार वटा तामाङ भाषाको साहित्यलाई सहयोग गर्ने संस्था छ । सबैले कुनै न कुनै रुपमा मौखिक रुपमा पुस्तातरण हुँदै आएको तामाङ समुदायका कथालाई पुस्तकको रुपमा लैजादै गरेको छ । यसमा अझै लाग्नु पर्ने अबस्था भने छ ।
झन्डै तीन घन्टा चलेको कार्यक्रममा तामाङ समुदायका कविहरु सन्तलाल तामाङ, गोकुल थोकर, अमिर योञ्जनले पनि आफ्ना कविता वाचन गरेका थिए । कार्यक्रमको अन्तिम तिर तामाङ संस्कारमा सधै चाहिने आइरक (रक्सि) को बारेमा कवियत्री सजना गोलेले कविता सुनाईन ।

आइरक (रक्सी)

मेरो सभ्यताको चिनारी
मेरो संस्कारको पहिचान
मेरो पुर्खाको रगत जस्तै
मेरो म्हेमे(हजुरबा)को पसिना जस्तै
अनि,
मेरो माम(हजुरआमा)को पिरो आँसु जस्तै
यी सबै सबै एउटै हुन्
रक्सी अर्थात आइरक
बनाएकै हो मेरो म्हेमेले
सुनकोशीको आधी
दर्बुङ(घैला) पानी बोकी
बसालेकै हो आँगनीमा
मेरो ममले
चिसो मुढाहरु जोडेर
पीरो धुवाँसँगै
सभ्यता चिनाउन
रिमठिम बसाउन
कोदोको तीनपाने आइरक ।

कोरियामै रहेका कवि गोकुल थोकरले पनि तामाङ समाजको एउटा सांस्कृतिक पक्ष फाबरे गीतको विम्बलाई प्रस्तुत गरेको कविता सुनाए । तामाङ समुदायमा खुबै गाइने यो गीत आजकाल विस्तारै गाउन छाडिदै गएको पक्षलाई प्रस्तुत गरे ।

फाबरे गीत

बा गाउँथे
आफ्नो जवानी लयमा मिलाएर
दोस्तीहरु सुनिरहन्थे सिम्बूको जात्रा नसकुन्जेल
कुर्थे अर्को बर्षको जात्रा ।

केही समय पछि
बजारमा नयाँ मेसिन निस्कियो
बा भन्दा राम्रो गाउने बाजा सहित ।
बाका दोस्तीहरु
बालाई छाडेर
मेसिन किन्न निस्किए
त्यस पछि बा सिम्बूको जात्रा कहिले कही मात्रै जाने भए ।

हाम्रो जमानामा ईन्टरनेट आयो
हामी खोजी रह्यो बाका
फाबरे गीतहरु युट्युव भरि । ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नुवाकाेट समाज दक्षिण काेरियाले मानसिक स्वास्थ्य राेकथामका बारेमा कार्यक्रम गर्ने
  • कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा मृगौला पिडित प्रेम बहादुर थापालाई सहयोग
  • कोरियामा “निर्मल गुरुङ बचाउ अभियान” शुरु, आर्थिक सहयोगको आव्हान
  • लिभर सिरोसिस बिरामी आशिष थापाले पाए स्याङ्जा परिवारबाट सवा छ लाख रुपैया आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    एमटियुले कोरियाको प्रवासी श्रमिकका अधिकार बारे अनलाईन शैक्षिक कार्यक्रम गर्ने

    दक्षिण कोरियाका प्रवासी श्रमिक युनियन (एमटियु) ले कोरियामा रहेका प्रवासी श्रमिकहरुको हक अधिकार बारे जानकारी गराउने उद्देश्यले आगामी शनिबार कोरियन समय अनुसार बेलुका ८. ३० बजे  जुम मार्फत अनलाईन शैक्षिक कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रममा  प्रवासी ...

    सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

    दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...