अनेसास कोरियाले मुक्तक मेला गरी प्रणय दिवस मनाए
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरीयाले फेब्रवरी १४ तारिख प्रणय दिवसको अवसरमा अनलाईन मुक्तक मेला गरी मनाए ।
जुम प्रविधिको भर्चुअल माध्यमबाट सम्पन्न सो कार्यक्रममा अमेरिका, बेलायत, क्यानाडा, जापान, नेपाल र कोरियाका स्रष्टाहरूले विशेष वाचकको रूपमा आआफ्ना प्रेमिल मुक्तकहरू वाचन गरेका थिए। मुक्तक प्रतिष्ठानका पूर्व अध्यक्ष रामचन्द्र शर्मा अतिथि रहनु भएको सो कार्यक्रममा सकुन ज्ञवाली,सुनिल संगम, युवराज भण्डारी, के। बि पारखी, अमृत भट्टराई, रेहित सैजु ु विकल्पु, भोजराज घोडासैनी, सुशील अर्याल , ह्यारी बोण्ड , निर्दोष शिव, प्रचण्ड सापकोटा , आरपी सङम र दीपकराज बञाडे रहनु भएको थियो।
अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली मुक्तकको विकास र विस्तारमा ईंटा थप्ने नेपाल मुक्तक प्रतिष्ठानका पूर्व अध्यक्ष रामचन्द्र शर्माले बताए । देशविदेशका प्रखर मुक्तकिला मनहरूका प्रेमिल मुक्तक वाचनले कार्यक्रममा ऊर्जा थपेको थियो । कार्यक्रममा उपस्थित स्रष्टाहरूलाई सम्मानपत्र उपलब्ध गराएको छ ।