Advertisement
SKIP THIS

इञ्जाद्धारा तीन पत्रकार पुरस्कृत


नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल ९इञ्जा०द्वारा स्थापित एक लाख रुपिंया राशीको सामुदायिक पत्रकारिता पुरस्कार ९२०२०० कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी दोलखा सम्वाददाता मन्दिरा थापालाई प्रदान गरिने भएको छ ।

इन्जाको आह्वान अनुरुप प्राप्त निवेदनहरुमध्येवाट निर्णायक मण्डलले पत्रकारत्रय सिंह, गौतम र थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । अमेरिकाको भर्जिनिया निवासी पूर्वसञ्चारकर्मी तथा सामाजिक अभियन्ता सुनिता खत्रीले इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारको प्रायोजन गर्दै आएकी छिन् ।
वसन्तलाई कान्तिपुर दैनिकमा प्रकाशित साइपालका एकै गाऊका ३०० दृष्टिविहीनहरुको रिपोर्टिङ ुसाइपालको अध्यारो संसारु र सो समाचार प्रकाशित भएपछि समाचार प्रभावकै कारण आंखाको शल्यक्रिया भइ आंखा देख्नसक्ने भएको फलोअप रिपोर्टिङ ुफर्कियो साइपालमा खुसीु का लागि सो पुरस्कार प्रदान गरिएको हो ।

रुपन्देहीकी नीरा गौतमले सेतोपाटीमा प्रकाशित ुगर्भमा नै मारिन्छन् छोरीु शीर्षक समाचारका लागि सो पुरस्कार प्राप्त गरेकी हुन् ।

दोलखाकी मन्दिरा थापालाई नेपाल टेलिभिजनमा प्रसारित ुलकडाउनका समयमा समेत दोलखामा ८ जना महिला तथा वालवालिकामाथि वलात्कार भएकोु रिपोर्टका लागि सो पुरस्कार प्रदान गरिएको हो ।

इञ्जाले यसअघि नै खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गर्ने सार्वजनिक गरिसकेको छ भने यो वर्षको उत्कृष्ट साहित्यिक कृति पुरस्कार पत्रकार तथा साहित्कार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति ुकोटेश्वरको केटोु लाई प्रदान गर्ने प्रदान गर्ने घोषणा यसअघि नै सार्वजनिक भइसकेको छ ।
इञ्जाले यी तिनै विधाका पुरस्कारहरु आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गर्ने भएको छ ।

अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जा संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा नेटवर्क हो । दुइ वर्ष अगाडि गठन भएको यो सञ्जालको एशिया, युरोप र अमेरिकामा आफ्नो महादेशीय कमिटी गठन भइसकेको छ भने अष्ट्रेलिया र अफ्रिकामा पनि महादेशीय कमिटी विस्तार हुने क्रममा रहेको छ । संसारका धेरै मुलुकहरुमा राष्ट्रिय कमिटी विस्तार भइसकेको इञ्जाले संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एउटै सञ्जालमा जोड्ने, उनीहरुको व्यवसायिक क्षमतामा अभिवृद्धि गर्ने र संकटमा परेका वेला पत्रकारहरुलाई सहयोग पुर्याउने उदेश्य लिएको छ ।

स्थापनाको छोटो समयमा नै इञ्जाले व्लड क्यान्सरवाट पीडित पत्रकार कमल पौडेलको उपचारमा सहयोग पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गरेको थियो । कोरोना महामारीका समयमा आर्थिक समस्या भोगिरहेका नेपालका ८० जना पत्रकारहरुलाई इञ्जाले गत दशैं अगाडि फेलिसिप प्रदान गरेको थियो जसले समस्यामा परेका पत्रकारको आर्थिक संकट केही हदसम्म टार्न सहयोग पुगेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...