आदिवासी जनजाति साहित्यकार महासंघको कोरिया तदर्थ समिति गठन
विश्वभरी छरिएर रहेका नेपाली आदिवासी जनजाति मुलका साहित्यीक सर्जकहरुलाई समेटेर आदिवासी जनजाति साहित्यकार महासंघ, तदर्थ अन्तराष्ट्रिय समिति, दक्षिण कोरिया गठान गरिएको छ । आइतबार आदिवासी जनजाति साहित्यकार महासंघ नेपालका संयोजक सहित्यकार राजन मुकारुइ०को उपस्थितीमा सम्पन्न जुम भेलाले समितिको घोषणा गरिएको हो ।
नेपालको आदिवासी जनजाति सहित्यकारहरुको साझा संस्थाकोरुपमा रहेको सो समितिले आदिवासी जनजातिको इतिहासलाई उजागर गर्दै भाषा, कला, सौन्दर्य र मौलिक दर्शनलाई संरक्षण र सम्बर्धन गरी आफ्नो मुल्य र मान्यतालाई स्थापित गर्ने उद्देश्य लिएको छ ।
समितिमा निम्न अनुसार प्रतिनिधिहरु रहेका छन् ।
संयोजक – पराजित पोमु
सहसंयोजक – मञ्जु गुरुङ
सहसंयोजक – गोकुल थोकर
सचिव – शकुन आँसु
सहसचिव – सोनाम दोङ्बा ह्योल्मो
सहसचिव – एईडेन छन्त्याल
कोषाध्यक्ष – समीप खेम पुन
सदस्य – बाला थुलुङ
सदस्य – सेसेफुङ् शेर्मा
सदस्य – उत्तम खजुम
सदस्य – दिलिप बान्तावा
सदस्य – सुष्मा रानाहँमा
सदस्य – सुनिल दिप्त राई
सदस्य – सर्जन सुब्बा
सदस्य – राधुङ छा
सदस्य – गनिन्द्र बिवश
सदस्य – दिपा मेवाहाङ राई