एनआरएन कोरियाका सदस्यहरुलाई नेपालबाट डक्टरद्धारा निशुल्क स्वास्थ्य परामर्श
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) दक्षिण कोरियाका सदस्यहरुले नेपाली डक्टरहरुद्धारा निशुल्क स्वास्थ्य परामर्श लिन सकिने भएका छन् । धुलिखेल अस्पतालको चिकित्सकहरुद्धारा यही शनिबारदेखि जुम मार्फत अनलाईन परामर्श लिन सकिने एनआरएन कोरियाले जनाएको छ ।
कोरियाबाट यो सेवा लिनको लागि एनआरएनएले तयार पारेको गुगल फर्म भर्नु पर्ने छ । एनआरएन कोरिया र काठमाण्डौ युनिभरसिटी अस्पतालको अन्तरगत रहेको धुलिखेल अस्पतालवीच सम्झौता गरी सो सेवा संचालनमा आउन लागेको हो । सम्बन्धीत रोगका चिकित्सकहरुसंग स्वास्थ्य परामर्श लिन सकिने छ ।
हाललाई परिक्षणको रुपमा एक महिनाको लागि यो सेवा उपलब्ध गराउने सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ ।
यसैगरी एनआरएनए कोरियाले दक्षिण कोरियाको दोस्रो ठूलो शहर भुसान स्थित हाड जोर्नी सम्बन्धी भुसान सेन्ट्रल अस्पतालसंग सम्झौता गरी उपचारमा ३० प्रतिशत सम्मको छुट लिन सकिने व्यवस्था गरेका छन् ।