अन्तराष्ट्रिय चलचित्र अवार्ड गोल्डेन ग्लोबलमा कोरियन चलचित्र मिनारीले उत्कृष्ठ विदेशी भाषी चलचित्रको पुरस्कार थापे
अमेरिकामा सोमबार सम्पन्न गोल्डेन ग्लोबल अवार्डमा कोरियाली भाषी चलचित्र मिनारीले उत्कृष्ठ विदेषी भाषी चलचित्रको अवार्ड थाप्न सफल भए । मिनारीले डेनमार्क, इटली, फ्रान्स र ग्वाटेमालाको चलचित्रलाई उछिन्दै पुरस्कार हात पारेका थिए ।
यो चलचित्रलाई आगामी ओस्कार अवार्डको दाबेदारको रुपमा हेरिन थालेको छ ।
यो चलचित्र अमेरिकामा रहेका कोरियनहरुले निमार्ण गरेका कोरियाली भाषी चलचित्र हुन । त्यसैले हलिउड फरेञ्ज प्रेस एसोसियसन ले चलचित्र मिनारीलाई नोमिनेशन गरेकोमा विवादमा पनि तानिएका छन् ।
चलचित्र मिनारी अमेरिकामा रहेका लि इसाक चुइ०को लेखन तथा निर्देशन रहेको छ । चलचित्रले ८० को ताका अमेरिकामा संघरत कोरियनहरुको कथालाई समेटेको छ । गत वर्ष ओस्कार अवार्डको इतिहासमै पहिलो पटक कोरियाली चलचित्र प्यासाइटले उत्कृष्ठ विदेशी भाषी चलचित्रको पुरस्कार थापेका थिए । चलचित्र मिनारीले पनि अन्य विभिन्न चलचित्र पुरस्कारहरु थाप्दै चर्चा बटुल्दै गरेकाले आगामी ओस्कारको लागि पनि दावेदारको रुपमा लिन थालिएको छ ।