तामाङ संघ कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रवि लामा : संघ अब घेदुङको प्रवास शाखा हुने


नेपाल तामाङ संघ दक्षिण कोरियाको आइतबार १० औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रवि लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले नेपाल तामाङ संघ, दक्षिण कोरियालाई तामाङ समुदायको पुरानो संस्था नेपाल तामाङ घेदुङको प्रवास शाखाको रुपमा अघि वढाउने निर्णय पनि गरेको छ । अधिवेशनले नयाँ विधान पारित गरेसँगै संघको नाम परिवर्तन भएर नेपाल तामाङ घेदुङ दक्षिण कोरिया हुने भएको छ ।
त्यस्तै दक्षिण कोरियाको ख्याङसान क्षेत्रमा रहेको तामाङ समाज ख्याङसान बुसान पनि घेदुङ कोरियाको शाखाको रुपमा रहने भएको छ । ‘यो निर्णयसँगै दक्षिण कोरियामा रहेका सबै तामाङ समुदाय एउटै छाता संगठनमा रहने भएको छ । यो हाम्रो लागि पनि ऐतिहासिक दिन हो । कोरिया लगाएत विश्व भरिकै तामाङ समुदायलाई सकारात्मक सन्देश हुन सक्छ ।’ घेदुङको नवनिर्वाचित अध्यक्ष रवि लामाले भने ।
संघको अधिवेशनलाई नेपाल तामाङ घेदुङ केन्द्रका अध्यक्ष मोहन गोले, अन्तराष्ट्रिय तामाङ परिषदको बरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाली राजदुतावास सउलकी श्रम काउन्सलर रमा भट्टराई, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष युगेल टेन्डुप शेर्पा, गैर आवासीय नेपाली संघ अध्यक्ष यज्ञराज सुवेदी, नेपाली सम्पर्क समितीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ शुभकामना व्यक्त गरेका थिए । त्यस्तै तमु धिँ दक्षिण कोरिया अध्यक्ष जित गुरुङ, नेपाल मगर संघ दक्षिण कोरिया अध्यक्ष टेक पुन, किराँत याख्थुङ्चुम्लुङ दक्षिण कोरिया अध्यक्ष मिराक लिम्बू लगाएतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
विदेशमा तामाङ समुदायको लागि काम गर्ने संस्थाहरु तामाङ समाज जापानकी अध्यक्ष रुबिना तामाङ, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले पनि अधिवेशनमा आफ्नो भनाई राखेका थिए ।
कोरोनाको कारण जुम मार्फत भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा राजकुमार स्याङ्तान, उपाध्यक्षमा राम ब्लोन तामाङ, महासचिवमा शुभराज भोम्जन, सचिवमा प्रिति लामा वाइबा र वि.वि. स्याङ्तान चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा सुरेश थोकर, सहकोषाध्यक्षमा युनिका माम्बा तामाङ रहेका छन् । त्यसै गरी सदस्यहरुमा दावा फिन्जु तामाङ, ताराबहादुर तामाङ, पूर्णबहादुर तामाङ, सुवास पाख्रिन रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...