कोरियाको एक शहरमा ८४ जना विदेशी कामदारमा कोरोना संक्रमण पुष्टी
दक्षिण कोरियाको ख्यांगीदो प्रान्तको दोइ०दुछन शहरमा दुई दिन भित्र ८८ जनामा कोरोना संक्रण पुष्टी भएको कोरियन संचामाध्यमले जनाएको छ । जसमा ८४ जना विदेशी कामदार छन् भने ४ जना कोरियन रहेका छन् ।
गत महिनाको २८ तारिख उनीहरुको कोरोना जाँज गरिएको थियो । जसमा मंगलबार ७९ जनामा पुष्टी भएको हो । यो शहर वरीपरी ३ हजार ९ सय विदेशी रहेका छन् । यी मध्ये ५०९ जनाले गत महिनाको २८ तारिख टेष्ट गराएका थिए । कोरोना संक्रमणको पुष्टी भएकाहरुलाई महामारीको अनुसन्धान गरिरहेको छ । पुष्टी भएकाहरुलाई हाल उनीहरुकै कोठामा रखिएको छ । उनीहरुको निश्चित निवास र आवगमन स्थानको पहिचान गरी किटनाशक सुद्धिकरण गरेपछि क्रमशः व्यवस्थीत गरिने योजना रहेका छ ।
रोजगार तथा श्रम मन्त्रालयले विदेशी कामदार रहेको कार्यलयहरुमा पुर्ण निरिक्षण गर्ने घोषणा गरेको छ । करिब १० हजार निमार्ण स्थलमा निरिक्षण गर्ने योजना बनाउको छ । पाँच जना भन्दा बढी बसेको पाइएमा नियम उल्लघन गरेकोमा जरिमाना लगाउने तयारी पनि गरेको छ ।
गत महिनाको १८ तारिख नै स्थानिय सरकारले स्थानिय चर्च र विदेशी कमुनिटीहरुलाई कोरोना टेष्ट गर्न सुझाव दिएका थिए । यस शहर नजिकै रहेका यजु, पोछन र इछन तिरका विदेशीहरुलाई पनि कडा निगरानीमा राखिने भएका छन् । संक्रमित विदेशी कामदारहरु कुन कुन देशका हुन भन्ने समाचारमा उल्लेख गरिएको छैन् ।