Advertisement
SKIP THIS

प्रदेश तिन एकता समाज दक्षिण कोरियाको अधिवेशनको तयारी पुरा, प्रमुख अतिथिमा मुख्य मन्त्री


प्रदेश नम्बर तिन (बागमती) एकता समाज दक्षिण कोरियाको दोस्रो अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । साथै आगामी मार्च ७ मा हुन लागेको उक्त अधिवेशनमा बागमती प्रदेशका मुख्य मन्त्री डोरमनी पौडेल प्रमुख अतिथिको रुपमा सहभागी हुने जानकारी समाजका अध्यक्ष किशोर ब्लोन नियोगले दिएको छ ।

एकता समाज दक्षिण कोरियामा रहेका बाग्मती प्रदेश अन्तर्गतका संस्थाहरूको छाता संस्था हो । समाजले स्थापना काल देखि नै प्रदेश अन्तर्गतका क्षेत्रीय संगठनहरुको सहकार्यमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

कार्यक्रम जुम भर्चुअल माध्यम मार्फत हुनेछ । अधिवेशनमा कोरियामा रहेका दशवटा जिल्ला संस्थाहरूबाट प्रतिनिधिहरु पठाउने जनाएको छ । यसै दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति पाउनेछ ।

समाज “देश विकासमा हाम्रो योगदान, एकताको सुत्रमा समृद्धिको उठान” भन्ने मुल नाराका साथ स्थापना भएको हो । “संस्थाले अधिबेशन समारोहमा संस्थाको आफ्नै वेबसाइटको समुद्घाटन गर्ने र लगानीको वातावरण बारे पनि बृहत छलफल गर्ने छ ।” अध्यक्ष ब्लोनले बताए ।

आयोजक कमिटीले सम्पुर्ण सदस्यहरुलाई कार्य विभाजन गरि अधिवेशनको तयारी पूरा गरेको छ । प्रतिनिधि व्यवस्थापन, पत्राचार, प्रचार प्रसार, अतिथि व्यवस्थापन, निर्वाचन मण्डल, प्राविधिक व्यवस्थापन लगायतका कार्यहरु विभागीय टोली गठन गरिएको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...