ओएनएफ कोरियाको क्षेत्रिय संगठन थेजन कमिटीमा नयाँ नेतृत्व
दक्षिण कोरीयामा प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) को क्षेत्रीय कमिटी थेजनको रिक्त रहेको पदमा नयाँ नेतृत्व चयन गरिएको छ । गत आइतबार सम्पन्न दोस्रो अधिवेशनले थेजन कमिटीको अध्यक्षमा जीवन पौडेल र सचिवमा भरत कुवँर चयन गरेको हो । पूर्व अध्यक्ष सचिन कार्की कोरियाको बसाई अवधि सकेर नेपाल फर्किएपछि पद रिक्त रहेको थियो ।
त्यसैगरी सदस्यहरुमा १७ जना थप गरिएको छ । जसमा आशिष गुरूङ , जनरदन पनित्त , गंगाराम पौडेल , नेत्र लम्साल, वीर चन्द्र कुलुङ राई ,अजय राई ,लक्ष्मी लामा, दीपक चेम्जोङ्ग ,मनिकला लिम्बु, किरण पौडेल, निरजन बुढा खत्री, गोविन बस्याल, सुर्यमान पौडेल, ढक बहादुर उचै ठकुरी, केदार न्यौपाने र विर बहादुर राइलाई थप गर्ने निणर्य गरेको छ ।
कार्यक्रम प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरीयाका केन्द्रीय अध्यक्ष सृजना नेपालीको प्रमुख अतिथ्य र केन्द्रीय कमिटी सदस्य तथा थेजन क्षेत्रीय कमिटी इन्चार्ज मदन कृष्ण भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा मञ्चका केन्द्रिय अध्यक्ष सृजना नेपाली, केन्द्रीय सदस्य मदन कृष्ण भुजेल र नवनियुक्त अध्यक्ष जिबन पौडेल लगायतले नेपाल कमुनिष्ट पाटी बारे सर्वोच्च अदालतले गरेको तत्कालिन फैसलाले मुलुकलाइ निकासको दिसामा लैजान सहयोग गर्ने भन्दै निर्णयलाई स्वागत समेत गरे ।