Advertisement
SKIP THIS

तामाङ पर्वतीय पर्यटन व्यवसायीहरुको भेला सम्पन्न


काठमाडौं । पर्वतीय पर्यटनलाई पेशा बनाएका तामाङ पर्यटन ब्यवसायीहरुको भेला सम्पन्न भएको छ । शुक्रबार (चैत्र ६) स्वयम्भू बिजेश्वरीस्थित तामाङ कुदापमा उक्त भेला सम्पन्न भएको हो ।

तामाङ रिमठिम नामक संस्थाको आयोजनामा भएको भेलामा उनीहरुले आफ्नो पेशागत हकहित र संरक्षणका लागि के कस्तो सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रियात्मक छल्फल गरेको थियो । साथै सामुहिक हितका कार्यहरुमा अझै सशक्तरुपमा एकढिक्का भएर अगाडी बढ्न सबैले प्रतिबद्धता जनाए ।

`तामाङ टुरिजम नेटवर्क´ का संस्थापक सदस्य नरध्वज तामाङ `क्षितिज´का अनुसार तामाङ समुदायको निकै ठुलो सङ्ख्या यो पेशामा आबद्ध रहँदै आएका छन् । ‘आधिकारिक तथ्याङ्क थपघट होला तर करिब १८०-२०० को सङ्ख्यामा तामाङ ब्यवसायीहरु यो क्षेत्रमा आवद्ध रहेको छ ।’ तामाङले बताए । नेपालको पदयात्रा पर्यटनमा शुरूवाती र योगदानको हिसाबले तामाङ समुदाय शेर्पापछिको दोस्रो स्थानमा रहेको उनको दाबी छ ।

भेलामा टानको बर्तमान महासचिव सरिता लामा, Dancing with the Star बिजेता सुमि मोक्तान, एन एम ए को अध्यक्ष शन्तबिर तामाङ लगायत अन्य धेरै अग्रज र पछिल्लो पुस्ताका ब्यवसायीको उपस्तिथि थियो । कार्यक्रममा सबैभन्दा पहिलोचोटि कम उमेरमा सगरमाथा आरोहण गरि बिश्व रेकर्ड कायम राख्न सफल कीर्तिमानी आरोही शम्भु तामाङको समेत सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...