तामाङ पर्यटन व्यवसायीहरु एकैठाउँमा, ‘तामाङ रिमठिम पर्यटन संजाल’को गठन
काठमाडौं । पर्यटन क्षेत्रमा सक्रिय तामाङ व्यवसायीहरु एकै ठाउँमा उभिएका छन् । व्यवसायीहरुले बुधबार स्वयम्भूस्थित तामाङ कुदापमा भएको भेला मार्फत “तामाङ रिमठिम पर्यटन संजाल” नामक संस्था समेत गठन गरेको छ ।
वरिष्ठ पर्यटन व्यवसायी कर्ण बहादुर तामाङको संयोजकत्वमा बसेको भेलाले सवै पर्यटन व्यवसायीहरुलाई समेट्ने उद्देश्यले ‘रिमठिम नेपाल’को नाम परिवर्तन गरि नयाँ नामकरण गरिएको हो । साथै उक्त भेलाले १५ सदस्यीय तदर्थ कार्यसमिति समेत चयन गरिएको छ ।
संजालको अध्यक्षमा अम्बर बम्जन तामाङ, उपाध्यक्षमा सरीता लामा, महासचिवमा छेटुप लामा, सचिवमा नरध्वज तामाङ र कोषाध्यक्षमा रितु ग्याम्दान तामाङ चयन भएको छ ।
सञ्जालको सदस्यहरुमा कुमार लामा, रबिदास दोङ, बिजय तामाङ थोकर, वसन्त कुमार तामाङ, दोर्जे तामाङ, दावा वाङ्दी तामाङ, बुद्ध सिं तामाङ, उर्के तामाङ, हिमाल तामाङ, प्रेम लामा तामाङ रहेकाछन् ।
त्यस्तै सञ्जालको संरक्षकमा प्रथम कान्छो सगरमाथा आरोही शम्भु तामाङ रहेका छन् भने सल्लाहकारमा तिलक ब. लामा, कर्ण लामा, सन्तबिर लामा, भिम ब. तामाङ, हरिमान लामा, कर्ण ब. तामाङ, पाल्देन तामाङ, फुलकुमार लामा, लाप्साङ लामा रहेका छन् ।
साथै चाँडै नैं संस्थालाई औपचारिक रुपमा सरकारी निकायहरुमा दर्ता गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ । संजालले तामाङ पर्यटन व्यवसायीहरुको एकतालाई जोड दिदै आफ्नो व्यवसायीक हकहित र व्यवसायीकरणमा आवस्यक कार्यहरूगर्ने जनाएको छ ।