बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा विदुर शर्मा
दक्षिण कोरियामा रहेका बाग्लुइ०गेहरुको संस्था बाग्लुङ समाज दक्षिण कोरियाको आइतबार सम्पन्न नवौं अधिवेशनले विदुर शर्मालाई अध्यक्षमा चयन गरेको छ ।
कोरोना प्रकोपका बाबजुद सउलमा भेला भई सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा भुमिराज भुसाल र उपाध्यक्षमा सुदिप श्रेष्ठ, सोम ढकाल र मनोज थापालाई चयन गरेको छ । त्यसैगरी राजु नेपाली सचिव, दुर्गा गुरुङ कोषाध्यक्ष र रेशम शर्मालाई सहकोषाध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी नवनिर्वाचित कार्यसमितिको सदस्यहरुमा , अमृत वाग्ले, विशाल थापा , दिल बलामी, रञ्जु पौडेल, रोमा के सी, केशव आचार्य, डम्मर के सी, जनक पन्त, प्रेम कार्की र सुमन गाहा मगर रहेका छन् । यसैपालीको अधिवेशनमा विधानलाई संशोधन गरी जिल्लका विभिन्न क्षेत्रीय प्रतिनिधीलाई समेटेर २५ सदस्यीय कार्यसमिती बनाउने निर्णय गरिएको छ । जसमा महिला संयोजक तथा सहसचिव र नपुग सदस्यहरु कार्यसमितिले पछि चयन गरिने नव निर्वाचित अध्यक्ष दिवुर शर्माले जानकारी दिए ।
जुम भर्चुयल मार्फत अन्तराष्ट्रिय बागलुइ० समितिको सहभागितामा समपन्न सअधिवेशनमा २०१९ सालमा सम्पन्न जम्मा ६ वटा भलिबल खेलमध्ये पाँच खेल जित्न सफल बागलुइ० खेलाडी टिमलाई बधाईस्वरुप सम्मान गिएको थियो । साथै मगर संघ कोरिया र लोक दोहोरी संघका वर्तमान नेतृत्व गर्ने बागलुइ०बासी र संस्थालाई विषेश सहयोग गरी नेपाल फर्कनलाग्नु भएकाहरुलाई पनि सम्मान गरिएको थियो ।