Advertisement
SKIP THIS

तमू धीं दक्षिण कोरियाको नवौं केन्द्रीय अधिवेशन आउँदो एप्रिल ११ मा हुने


बोम्जन गुरुङ, सउल कोरिया

२९ मार्च २०२१

दक्षिण कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय जातीय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक नवौं केन्द्रीय अधिवेशन हुने भएको छ । वर्तमान कोरोना कोभिड-१९ को महामारी र जोखिमलाई मध्यनजर गर्दै आउँदो ११ एप्रिल २०२१ को दिनलाई मिति तय गर्दै भर्चुअल जूम मार्फत उक्त अधिवेशन हुने भएको हो ।

संस्थाको विधानत: केही समय अगाडी नै अधिवेशन सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाको कारण भर्चुअल जूम मार्फत आसन्न नवौं केन्द्रीय अधिवेशनका लागि संस्थाका संरक्षक भिम गुरुङ (पर्वत) संयोजक रहने गरि बिपिन कुमार गुरुङ, खोम प्रसाद गुरुङ, श्रीराम गुरुङ र बोम्जन गुरुङ सहित ५ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको र अधिवेशनको सम्पूर्ण तयारी भईरहेको केन्द्रीय अध्यक्ष जीत गुरुङले जानकारी दिए ।

सन् १९९९ मा स्थापना भएको तमु धीं दक्षिण कोरियाले संस्थाले विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तमु (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्परा लगायतको जगेर्ना गर्ने पवित्र कार्यमा यस संस्थाले महत्वपूर्ण टेवा पुर्याईरहेको छ । कोरियामै आफ्नो दुई शाखा विस्तार र विकास गर्दै विगत लामो समयदेखि तमू धीं सेल्टर पनि संचालनमा ल्याई सेवा प्रदान गरिरहेको संस्थाको महासचिव लेसन गुरुङले स्पष्ट पारे ।

तमू धीं दक्षिण कोरियाको ऐतिहासिक आसन्न नवौं केन्द्रीय अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण संस्था सम्बद्ध शुभचिन्तक र कोरियावासी तमू दाजुभाई तथा दिदिबहिनीहरुलाई गरिमामय सहभागिताका लागि तमू धीं दक्षिण कोरियाले अनुरोध गर्दै हार्दिक निमन्त्रणा गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • कोरियामा नेपाली शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • टियस राईको नेतृत्वमा खोटाङ सेवा समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...