Advertisement
SKIP THIS

सुर्खेत समाज दक्षिण कोरियाको सेल्टर सञ्चालनमा समस्यामा परेका नेपालीहरु लाभाविन्त हुने


बोम्जन गुरुङ, सउल कोरिया
३१ मार्च २०२१

सुर्खेत घर भई विभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका सन् २०१३ मा स्थापित सुर्खेतीहरुको क्षेत्रीय संस्था सुर्खेत समाज दक्षिण कोरियाले कर्णाली प्रदेशको एक मात्र रेष्टुरेन्ट माइती घरसँगै आवास गृह (सेल्टर) सञ्चालनमा ल्याएको छ ।

संस्थाका सल्लाहकार संयोजक आशाराम ढुङ्गाना, सल्लाहकार तुलस कुमार गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन सहित रिवन काटेर विधिवत् रुपमा उक्त आवास गृह (सेल्टर) को समुद्घाटन गरेका थिए । सो आवास गृहबाट विशेष गरी छनान, फेन्थेक, आसान लगायतमा आसपासको क्षेत्रमा काम छोडेर नयाँ कामको खोजीमा रहेका सम्पूर्ण नेपाली दाजुभाईहरुले लाभ लिन सकिने र समस्यामा परेर बस्ने ठाउँको अभाव भएकाहरुलाई मध्यनजर गर्दै आवास गृह (सेल्टर) सञ्चालनमा ल्याईएको संस्थाका अध्यक्ष बखत थापाले फोनिज कोरियालाई जानकारी दिए ।

यसअघि सुर्खेतका विभिन्न अग्निपिडित, बाढीपिडित, विभिन्न जटिल रोगले ग्रस्त बिरामीहरुलाई सहयोग गर्दै कोरियास्थित विभिन्न संघ-संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको र नियमित क्रियाकलाप अन्तर्गत यसपटक आवास गृह (सेल्टर) अवधारणा सहित सामाजिक सेवामा संस्था अझ कटिबद्ध रहेको संस्थाका सचिव शिव पौडेलले प्रष्टयाए । संस्थाले सामाजिक क्रियाकलापमा आफ्नो दायरा फराकिलो बनाउँदै आएको परिप्रेक्ष्यमा आवास गृह (सेल्टर) स्थापनामा खुशी एवं शुभकामना व्यक्त गर्दै आशाराम ढुङ्गाना, तुलस कुमार गुरुङ लगायतले संस्थाप्रतिको धारणा राखेका थिए ।

कोरोनाको महामारीको कारण कोरिया आउन रोकिएका सुर्खेती लगायत समस्त नेपालीहरु छिट्टै कोरिया आउने प्रक्रिया सुरु हुने र आफूहरु पनि स्वागत गर्न आतुर रहेको र कुरा समेत कार्यक्रममा उपस्थित वक्ताहरुले बताएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...