Advertisement
SKIP THIS

कोरियामा सुर्खेत निवासी एक युवाको अचानक मृत्यु


सुर्खेत चौकुने गाउपालिका वडा नं ४ निवासी गगन रावलको मंगलबार सुतेकै अवस्थामा अचानक मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्ष बखत थापाले जानकारी दिए । मृतक रावल ख्यांगीदो प्रान्तको यशु स्थित एक सिसा कम्पनीमा कार्यरत थिए ।

ठूलो आवाज आएपछि अचानक विउझिएका संगै सुतेका साथीले रावललाई बेहोस अवस्थामा देखेपछि अस्पताल पुराउदा मृत घोषणा गरिएको थियो । इपिएस मार्फत कोरिया आएका मृतक रावल ४ वर्ष १० महिना कार्यकाल सकेर आगामी अप्रिल १० तारिख नेपाल जाने तयारीमा थिए । उनी पुन सोही कम्पनीमा आउने योजनामा रहेका थिए ।

सोही कम्पनीमा ११ जना जति नेपाली कार्यरत भएपनि हाल २ जना मात्रै रहेका थिए । नेपालबाट संगै आएका दुवै जना हाल संगै नेपाल फर्कने तयारीमा थिए । संगै बस्ने साथीका अनुसार सोझा र मिलनसार रावलले सोही दिन कम्पनीकै पार्टीमा गएपनि कहिलै नलिने गरेकाले नशा लिएका थिएन्न । २६ वर्षिय रावल परिवारका एक्ला छोरा थिए ।

मृत्यु भएको अवस्था हेर्दा हृदयघातको आशंका लागेपनि अस्पतालको आधिकारीक पोष्टमार्ट रिपोर्ट नआएसम्म अनुमान मात्र गर्न सकिने समाजका अध्यक्ष थापाले बताए । हाल उनको शब स्थानिय अस्पतालमा राखिएको छ । उनको शब नेपाल पठाउन धेरै खर्च लाग्ने भएकाले सुर्खेत समाज दक्षिण कोरियाले मृतकको नाममा आर्थिक संकलन अभियान शुरु गरेको जानकारी गराउदै कोरियाबासी सम्पूर्ण नेपालीहरुमा सहयोगको अपिल गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...