तमू धीं कोरियाको नवौं केन्द्रीय अधिवेशन एप्रिल ११ मा हुने, उम्मेद्धारी दर्ता शुरु
बोम्जन गुरुङ
दक्षिण कोरिया स्थित गुरुङ (तमू०) हरुको संस्था तमू धीं दक्षिण कोरियाको नवौं केन्द्रीय अधिवेशन आगामी एप्रिर ११ तारिखे हुने भएको छ । वर्तमान कोरोना कोभिड(१९ को महामारी र जोखिमलाई मध्यनजर गर्दै सो दिन भर्चुअल जूम मार्फत उक्त अधिवेशन हुने भएको हो ।
संस्थाको विधान अनुसार केही समय अगाडी नै अधिवेशन सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाको कारण ढिलाई भएको अध्यक्ष जित गुरुइ०ले स्पष्ट पारे । नयाँ कार्यसमिती चयनको लागि संस्थाका रक्षक भिम गुरुङ (पर्वत) संयोजक रहने गरि बिपिन कुमार गुरुङ, खोम प्रसाद गुरुङ, श्रीराम गुरुङ र बोम्जन गुरुङ सहित ५ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ । इच्छुक उम्मेद्धारले तोकिएको शुल्क तिरी आफ्नो उम्मेद्धारी दिने अन्तिम मिती एप्रिल ७ तारिखसम्म तोकिएको छ ।
सन् १९९९ मा स्थापना भएको तमु धीं कोरियाले विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तमु (गुरुङ) जातिको मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्परा लगायतको जगेर्ना गर्ने कार्यमा संस्थाले महत्वपूर्ण टेवा पुर्याईरहेको छ । कोरियामै आफ्नो दुई शाखा विस्तार र विकास गर्दै विगत लामो समयदेखि तमू धीं सेल्टर पनि संचालनमा ल्याई सेवा प्रदान गरिरहेको संस्थाको महासचिव लेसन गुरुङले स्पष्ट पारे ।
तमू धीं दक्षिण कोरियाको आसन्न नवौं केन्द्रीय अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण संस्था सम्बद्ध शुभचिन्तक र कोरियावासी तमू दाजुभाई तथा दिदिबहिनीहरुलाई सहभागिताका लागि तमू धीं दक्षिण कोरियाले अनुरोध गर्दै हार्दिक निमन्त्रणा गरेको छ ।