Advertisement
SKIP THIS

कोरियामा नेपाली भाषा र कलासम्बन्धी कक्षा शुरु


दक्षिण कोरियामा नेपाली भाषा र कला सिकाउने उद्येश्यले एनआरएनए कोरियाले साप्ताहिक कक्षा संचालन गरेको छ । आइतबार एक कार्यक्रम गरी कक्षा शुरुवात गरिएको हो । मदर टइ० स्याटरडे स्कुल नामक सो कक्षामा नेपाली सिक्न चाहने कोरियन बालबलिकाहरु पनि सहभागी हुन सक्ने छन् ।

सउलमा संचालित सो कक्षा निशुल्क रहने छ । कोरियन स्वायमसेवीहरुको साथमा नेपाली प्रशिक्षकद्धारा नेपाली भाषा सिकाइने छ । साथै नेपाली कला र संस्कृती बारे नेपालको सांस्कृतीक संस्थानबाट अडियो र भिडियो मार्फत अध्ययन गराइने एनआरएनए अध्यक्ष यज्ञराज सुवेदीले जानकारी गराए ।

कोरियामा पहिलो पटक संचालनमा आएको यस्ता कक्षा संचालनले कोरियनसंग विवाहगरी बासोबास गरेको नेपालीहरुको बालबालिका र कोरियामा लामो समयदेखि अध्ययन तथा व्यवसाय जस्ता विभिन्न सिलसिलामा रहेका नेपालीहरुको बालबालिकालाई नेपाल कला र संस्कृती सिक्न उपयोगी हुने एनआरएन कोरियाका पूर्व अध्यक्ष लक्ष्मी गुरुइ०ले बताइन । कोरियामा दोस्रो पुस्ताको बृद्धी संगै यस्ता कक्षाको आवश्यक्तालाई मध्य नजर गरी अध्यन अनुसन्धान गर्दै आएपनि बल्ल कक्षा संचालनमा आएको छ ।

कोरिया स्थीत नेपाली राजदूताबासका कार्यबाहक राजदूत राम सिंह थापाको प्रमुख आतिथ्यमा सम्पन्न कक्षा उद्घाटन कार्यक्रममा जुम मार्फत नेपालबाट सांस्कृतीक संस्थानका महाप्रबन्धक अशोक राई, एनआरएनए केन्द्रका अध्यक्ष कुमारपन्त, एनआरएनए आइसीसी सदस्य डा.देवि बहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...