Advertisement
SKIP THIS

खाडी पुगेका नेपालीहरुको कथा बेथाको कृति “सनैया” सार्वजनिक


खाडी मुलुकमा पुगेका नेपालीहरूको कथा बेथालाई समेटिएर तयार पारिएको कृति ‘सनैया’ सार्वजनिक भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको सिद्धिचरण हलमा भएको एक कार्यक्रम बिच सार्वजनिक भएको उक्त किताबको कान्तिपुरकर्मी होम कार्कीद्वारा लेखिएको हो ।

उक्त पुस्तकमा वैदेशिक रोजगारीका क्रममा अरब पुगेका नेपालीहरुले मरुभूमिको तातो गाममा भोगेका कथा बेथालाई उनिएको छ । पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।

डेढ दशकदेखि परिवारबाट बिछोडिएका पात्रको कथा लेखक कार्कीले नै पत्रीकामा छपाएका थिए । उक्त कथा छापिए पछि स्वदेश फर्किएका बुटवलका यमनाथ चापागाईं र उनकी पत्नी खिमकलाद्वारा नै “सनैया” किताब सार्बजनिक गराएका हुन् ।

पत्रकार कार्की कान्तिपुर दैनिकको कतार ब्युरो प्रमुखका रूपमा दोहामा चार वर्ष थिए । त्यही बेला कतार, साउदी, यूएई, बहराइन, ओमन र कुवेतमा स्थलगत रिपोर्टिङका सिलसिलामा बटुलेका कथा पुस्तकमा समेटिएका छन् ।

पुस्तक बारे समाजशास्त्री एवं श्रमविज्ञ गणेश गुरुङ भन्छन् ‘कार्कीले २८ वर्षको उमेरमा पत्रकारका रूपमा कतार पुगेर आफ्नै उमेरका श्रमिकका कथा लेखेका छन्,’ । उनले थपे ‘काल्पनिक भन्दा पनि तथ्य तथ्यांकसहितको कथा दिएर उनले तत्कालीन समयको वास्तविकता उजागर गरेका छन् ।’ पुस्तकमा १ सय १८ वटा तथ्यमा आधारित तथ्यांक रहेको गुरुङले बताए ।

पुस्तकमा नेपाली नागरिक वैदेशिक रोजगारीमा जाँदा, अरबमा बस्दा र फिर्दाको त्रासदी पुर्ण कथा रहेको श्रमिक अधिकारका पक्षमा आवाज उठाउँदै आइरहेकी सांसद बिन्दा पाण्डेले बताइन् । ‘नेपाल सरकारले युवालाई रोजगारीमा पठाउँदा उसको क्षमता, ज्ञान, सीपअनुसारको पेसामा पठाउन नसक्नु कमजोरी हो,’ उनले भनिन्, ‘नेपालमा एउटा पेसा भनिन्छ, अरब पुगेपछि जे पायो त्यही काममा लगाइँदा अनाहकमै ज्यान गुमेर बाकसमा युवाका शव फर्काइएका छन् । सयौं कोमामा छन् ।’

पूर्वसचिव पूर्णचन्द्र भट्टराईले पुस्तकमा वैदेशिक रोजगारीको पुर्ण विवरण रहेको बताए । ‘सबैभन्दा पहिले सन् १९८७ मा कतार पुगेकादेखि भर्खरै खाडी मुलुक पुगेकाहरूको दु:खसुख समेटिएको छ,’ उनले भने, ‘राज्यको भूमिका कमजोर हुनु र कतिपय अवस्थामा वैदेशिक रोजगारीमा गएका नागरिकले दायित्व पूरा नगर्दा समस्या जेलिएको छ ।’ उनले नेपालीले खाडीमा सस्तो पाखुरी बेच्नुपरेको बाध्यता किताबमा पाएको बताए ।

लेखक कार्कीले कतार बसेर नेपालीका कथा लेख्दा कुनै पनि बेला देश निकालामा परिने मनस्थितिमा पुगेको स्मरण गर्दै पुस्तकमा आफूले देखे, भोगेका नेपालीको यथार्थ कथा र बेथा समेटेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...