दिदीबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङ एसोशिएशनको उत्कृष्ठ समाजसेवी पुरस्कारबाट सम्मानित
२९ चैत्र २०७७, पोखरा ।
अल नेपाल होमियोप्याथिक एसोशिएसनको १० औं केन्द्रीय महाधिवेशन गत चैत्र २७ गते पोखरामा सम्पन्न भएको छ । सोही कार्यक्रमको अवसरमा संजिवनी दिदीबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङ एसोशिएशनको उत्कृष्ठ समाजसेवी पुरस्कारबाट सम्मानित भएकी छिन् । विभिन्न संघ संस्थामा आबद्ध रहेकी गुरुङ सामाजिक अभियन्ताको रुपमा परिचित गुरुङ पर्वत जिल्लाको महाशिला गाउँपालिका -५ लामे घर भई हाल उनी पोखरा निवासी हुन् ।
संजीवनी दिदीबहिनी केन्द्रका संस्थापक अध्यक्ष तथा तमु धीं नेपालको विदेश विभाग प्रमुख समेत रहेकी बिना गुरुङले DR: CHRISTIAN FRIEDRICH SAMUEL HAHNEMANN उत्कृष्ट सामाजिक सेवा सम्मानबाट सम्मानित भएसँगै विभिन्न संघ संस्थामा आबद्ध रहेकी अझ सामाजिक सेवामा उर्जा र प्रेरणा मिलेको बताईन् ।
सो समारोहका प्रमुख अतिथि सामाजिक विकास मन्त्री नरदेवी पुन, पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसी र होमियोप्याथिक एशोसियसनका अध्यक्ष डा. कृष्ण सुवेदी लगायतले गुरुङलाई सम्मान पत्र प्रदान सहित दोसल्ला र माला लगाएर सम्मान गरेका हुन् ।