तमू धीं कोरियाको नवौं अधिवेशन सम्पन्न, लेसन गुरुङको अध्यक्षतामा कार्यसमिति चयन


बोम्जन गुरुङ, सउल कोरिया

११ अप्रिल २०२१

कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय जातीय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक नवौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । वर्तमान कोरोना कोभिड-१९ को महामारी र जोखिमलाई मध्यनजर गर्दै भर्चुअल जूम मार्फत लेसन गुरुङ अध्यक्ष रहने गरि १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष जीत गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष तथा अन्तर्राष्ट्रिय तमू परिषदका संयोजक रेशम गुरुङले तमूहरुको एकताले मात्र समग्र तमूहरुको जातीय एजेन्डाले सार्थकता पाउनेमा जोड दिएका थिए । संसारभर छरिएर रहेका गुरुङहरुले आस्था राख्ने गरेका विभिन्न गुरुङ संस्थाभित्र आफ्नो जातीय पहिचान र अस्तित्व हुनुपर्ने धारणा अघि सारेका थिए । उहाँले तमू एकताका लागि विगतदेखि वर्तमानसम्मका सबै खाले प्रयास र गतिविधिहरु उल्लेख गर्दै तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद र तमू धीं नेपाल विच एकता हुने प्रक्रिया तीव्र रुपमा अघि बढिरहेको सन्दर्भ सहित तमू धीं कोरिया लगायत सबैबाट समर्थन र ऐक्याबद्धता जनाउन अनुरोध पनि गरेका थिए ।

विशेष अतिथिहरु नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया अध्यक्ष युगेल टेन्डुप शेर्पा, नेपाली सम्पर्क समिति दक्षिण कोरिया (NCC) अध्यक्ष श्री प्रसाद श्रेष्ठ, संस्थाका संरक्षक तथा नवौं केन्द्रीय अधिवेशन निर्वाचन संयोजक भिम गुरुङ (पर्वत), एनआरएनए आईसिसी सदस्य लक्ष्मी गुरुङ, एनआरएनए मानार्थ सदस्य जुनु गुरुङ, गोर्खाली रेडियो १०६ मेघाहर्जका स्टेसन म्यानेजर खिमा गुरुङ, तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद उपाध्यक्ष आर.बी. गुरुङ, तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद सुनसरी जिल्ला कार्यसमितिका कोषाध्यक्ष टंक कुमारी गुरुङ, तमू धीं दक्षिण कोरिया थेगु शाखा अध्यक्ष हर्क गुरुङ,तमू धीं दक्षिण कोरिया ख्यङ्गसाङ्गनाम्दो अध्यक्ष अनिश गुरुङ लगायत एवं सल्लाहकारहरु, अतिथिको रुपमा रहेका कोरियास्थित अन्य जातीय, क्षेत्रीय संस्थाका अध्यक्षहरु तथा संस्थाका अग्रज व्यक्तित्वहरुले तमू धींको कार्य र क्रियाशिलताको प्रशंसा गर्दै सहकार्य र समन्वयमा सदा तत्पर रहने र संस्थाप्रति आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

वक्ताहरुले विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्परा लगायतको जगेर्ना गर्ने पवित्र कार्यमा यस संस्थाले महत्वपूर्ण टेवा पुर्याईरहेको सन्दर्भ उल्लेख गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका बरिष्ठ उपाध्यक्ष इन्द्रराज गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उद्घाटन सत्रको कार्यक्रममा संस्थाको प्रगति विवरण सहित आठौं कार्यसमितिको सम्पूर्ण गतिविधिहरु बूँदागत रुपमा कार्यसमिति महासचिव लेसन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रुपा गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए । दोश्रो चरणको बन्द सत्र अन्तर्गत संस्थाका संरक्षक भिम गुरुङ (पर्वत)को संयोजकत्वमा बनेको बिपिन कुमार गुरुङ, खोम प्रसाद गुरुङ, श्रीराम गुरुङ र बोम्जन गुरुङ लगायतको निर्वाचन समितिले १७ सदस्यीय (६ पदपूर्ति बाँकी) उक्त नयाँ कार्य समिति गठन गरेको हो । जस अन्तर्गत अध्यक्षमा लेसन गुरुङ, वरिष्ठ उपाध्यक्ष रुपा गुरुङ, उपाध्यक्ष तेज बहादुर गुरुङ, सचिव तुरन बहादुर गुरुङ, सचिव सवनम गुरुङ, कोषाध्यक्ष नरेन्द्र गुरुङ, सह-कोषाध्यक्ष दुर्गा गुरुङ तथा सदस्यहरुमा अमृत गुरुङ, होम गुरुङ, रेशम गुरुङ र प्रदिप गुरुङ आदि रहेका छन् ।

उद्घाटन सत्रमा संस्थाका केन्द्रीय महासचिव लेसन गुरुङ र बन्द सत्रमा निर्वाचन समिति सदस्य श्रीराम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । सोही अवसर पारेर संस्थाको साँस्कृतिक विभाग सह-संयोजकको रुपमा रहेर सफलतापूर्वक कार्यभार सम्हाल्नुभएका गायक, मोडेल र कुशल नृत्यकार पुरन गुरुङ कोरियाको बसाई बिट मार्दै नेपाल जानुहुने भएकोले उहाँको सम्मान तथा विदाई कार्यक्रम समेत जोडिएको थियो ।अधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर नवौं केन्द्रीय अधिवेशन सफल पार्नको निमित्त भर्चुअल जूममा उपस्थित जनाउनुहुने संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा तमू धीं केन्द्रीय कार्य समितिले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...